
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
सरकार वादी मुद्दामा सम्पत्ति शुद्धीकरण फिर्ता लिन नमिल्ने व्यवस्था छ, जसलाई बेवास्ता गरियो । नेपाली कांग्रेसको विवादमा ध्यान तानिएको मौकामा यो निर्णय गोप्य रूपमा गरिएको पुष्टि गर्छ ।
पोखरा, १ माघ । सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा बोकेर सत्तामा आएको सुशीला कार्की नेतृत्वको सरकारले चार महिनामै आफ्नै नियुक्त महान्यायाधिवक्ता सविता भण्डारीमार्फत विवादास्पद निर्णयहरूको शृंखला थपेको छ । नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता बनेकी भण्डारीले आफ्नो कार्यकालमा तीन प्रमुख घटनामा गरेको निर्णयले फौजदारी न्याय प्रणालीमाथि नै प्रश्न उठाएको छ ।
यी निर्णयहरूबाट आफ्नै कम्पनी, नाबालिग बलात्कारका अभियुक्त र सहकारी ठगीमा मुछिएका रवि लामिछाने जस्ता पहुँचवालालाई संरक्षण दिएको देखिन्छ । प्रधानमन्त्री कार्कीको मौनताले यी निर्णयहरूमा उनको पनि संलग्नता रहेको आशंका उब्जाएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको बलमा सत्ता परिवर्तन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले चुनावी सरकारको नेतृत्व सम्हालेकी थिइन् । कम्तीमा ६ महिनाको अवधिमा सुशासन र जवाफदेही सरकारको नमुना देखाउने अपेक्षा थियो । तर, भण्डारीको नियुक्तिपछि भएका निर्णयहरूले यो अपेक्षालाई चुनौती दिएका छन् । भण्डारीले पदको दुरुपयोग गर्दै गरेको ’ह्याट्रिक’ ले नेपालको न्यायिक प्रणालीमा गम्भीर विचलन ल्याएको विश्लेषकहरू बताउँछन् ।
अमेरिका र नेपालको दोहोरो नागरिकता तथा दोहोरो राहदानी प्रयोग गरेको विषयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको पालामा महान्यायाधिवक्ता कार्यालयले उन्मुक्ति दिने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन छ ।
रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता भण्डारीले निर्णायक हस्तक्षेप गरेकी छन् । उनले लामिछानेको निवेदनका आधारमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र संशोधन गर्न सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइन् ।
मंगलबार महान्यायाधिवक्ता भण्डारीले कास्की, रूपन्देही, काठमाडौं र पर्साका जिल्ला सरकारी वकिललाई यो निर्देशन दिएकी हुन् । निर्देशनअनुसार अब यी सरकारी वकिलहरूले लामिछाने विरुद्धका अभियोगपत्रबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर हटाउन जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

रवि लामिछाने (एआईबाट बनाईएको तस्विर)
यसअघिका विवादास्पद निर्णयको पुनरावृत्ति ?
यो निर्णयले रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा ठूलो राहत दिने देखिन्छ । यसअघि पनि उनलाई उन्मुक्ति दिने प्रयास भएको थियो । अमेरिका र नेपालको दोहोरो नागरिकता तथा दोहोरो राहदानी प्रयोग गरेको विषयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारको पालामा महान्यायाधिवक्ता कार्यालयले उन्मुक्ति दिने निर्णय गरेको थियो । त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन छ ।
पहिलो : आफ्नै लगानीको संस्थालाई ‘क्लिन चिट’ (डिम्ब तस्करी प्रकरण)
भण्डारीको कार्यकालको सुरुवातमै स्वार्थको द्वन्द्व जोडिएको घटना हो यो । काठमाडौंस्थित ’होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिक’ ले विपन्न किशोरीहरूको डिम्ब अवैध रूपमा संकलन गरी तस्करी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । यो क्लिनिकमा भण्डारीको २३ प्रतिशत सेयर छ र उनी निर्देशक पनि हुन् । क्लिनिककी अर्की लगानीकर्ता उनको आफन्त हुन् भने उनकी छोरी त्यहाँ कार्यरत छिन् ।
सीआईबीले मुद्दा चलाउन पर्याप्त प्रमाण फेला पारेको थियो । तर, असोज ३१ गते भण्डारीले आफ्नै संस्थाविरुद्ध ’मुद्दा नचलाउने’ निर्णय गरिन् । यसले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उनलाई साधारण सदस्यबाट निलम्बन गरेको छ । यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ र मुद्दा विचाराधीन छ । यो घटनाले महान्यायाधिवक्ताको पदलाई व्यक्तिगत स्वार्थसँग जोडेको स्पष्ट छ ।
दोस्रो : नाबालिग बलात्कारका अभियुक्तलाई उन्मुक्ति (सुशील चटौत प्रकरण)
यो निर्णयले न्यायिक प्रणालीको नैतिकतामाथि प्रश्न उठाएको छ । व्यापारी सुशील चटौतलाई १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले १८ वर्ष कैद सजाय सुनाएको थियो । तर, उच्च अदालतले सफाइ दियो । पीडित परिवारलाई प्रलोभन र दबाब दिएर ’होस्टाइल’ (बयान फेर्न लगाइएको) बनाइएको प्रमाणित भएको थियो ।
यस्तो अवस्थामा उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपर्ने थियो । तर, भण्डारीले पुनरावेदन नगर्ने निर्णय गरिन्, जसले नाबालिग बलात्कार जस्तो गम्भीर अपराधको सर्वोच्चबाट पुनरावलोकन हुने बाटो नै बन्द भयो । अभियुक्तका बाबु र नेपाली कांग्रेस नेता उमेश श्रेष्ठबीच व्यापारिक साझेदारी रहेको खुलेको छ । यसले राजनीतिक प्रभावमा यो निर्णय भएको आशंका छ ।
ग्यालेक्सी टेलिभिजन (गोर्खा मिडिया नेटवर्क प्रा.लि.)को शेयर लिएर सञ्चालक बनेका रवि पाँच सहकारीको रकम अपचलनमा संलग्न देखिएका थिए । गृहमन्त्री हुँदा नै उनले अनुसन्धान रोक्न प्रयास गरेका थिए ।
तेस्रो : रवि लामिछानेको ’संगठित अपराध’ अभियोग हटाउने निर्णय
सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वअध्यक्ष रवि लामिछानेलाई संरक्षण दिने यो निर्णय सबैभन्दा विवादास्पद छ । ग्यालेक्सी टेलिभिजन (गोर्खा मिडिया नेटवर्क प्रा.लि.)को शेयर लिएर सञ्चालक बनेका रवि पाँच सहकारीको रकम अपचलनमा संलग्न देखिएका थिए । गृहमन्त्री हुँदा नै उनले अनुसन्धान रोक्न प्रयास गरेका थिए ।
सत्ताबाट प्रतिपक्षी भएपछि संसदीय छानबिन समिति बनेको थियो, जसले उनको संलग्नता पुष्टि गरेपछि कास्कीसहित पाँच जिल्लामा मुद्दा दायर भयो । मुद्दामा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका तीन अभियोग लागेका थिए ।
जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा रविले प्रधानमन्त्री कार्कीसँग निकट पात्रहरू (बालेन शाह र सुधन गुरुङ)को सेटिङमामा दुई गम्भीर अभियोग हटाउने प्रयास गरे । अन्ततः भण्डारीले बुधवार ‘पीडितको बचत फिर्ता’ लाई आधार देखाएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग अभियोग पत्रबाट हटाउने निर्णय गरिन् । तर, अन्य अभियुक्तहरू (जस्तै जीवी राई) माथि यी अभियोग कायम नै छन्, जसले असमान व्यवहार देखाउँछ ।
भण्डारीको निर्णयका ६ मुख्य तर्क र तिनको विश्लेषण
महान्यायाधिवक्ता कार्यालयको आधिकारिक वेबसाइटमा राखिएको निर्णयमा भण्डारीले निम्न तर्कहरू दिएकी छिन्, तर यीमा कुतर्क बढी देखिन्छ:
१. संसदीय समितिको प्रतिवेदन : संसदीय छानबिन समिति, २०८१ को प्रतिवेदनमा रविको प्रत्यक्ष संलग्नता नदेखिएको दाबी । तर, समितिले रकम गोर्खा मिडियामा आएपछि मात्र रविको भूमिका देखेको उल्लेख छ, जसले ठगीको प्रक्रियालाई नजरअन्दाज गरेको छ ।
२. मिलापत्रमा बाधा : सहकारी ऐनको दफा १३१ अनुसार ठगीमा मिलापत्र सम्भव छ, तर संगठित अपराध र सम्पत्ति शुद्धीकरण लागेमा मिल्दैन । यसलाई आधार बनाएर दुई अभियोग हटाइयो । तर, यो पीडितको न्यायलाई राजनीतिक स्वार्थसँग जोड्ने माध्यम मात्र हो ।
३. न्यायमा सहजता : यी अभियोग कायम रहँदा पीडितको रकम फिर्ता पाउने ढोका बन्द हुने तर्क । तर, राज्यको कर्तव्य पीडितलाई न्याय दिनु हो, अभियुक्तलाई संरक्षण दिनु होइन । न्यून आयका बचतकर्ताको कठिनाईलाई आधार बनाउनु नैतिक रूपमा कमजोर छ ।
४. पीडितलाई मर्का : सजाय भएमा बिगो रकम राज्यलाई जफत हुने सम्भावना । तर, यो तर्कले अपराधलाई कमजोर बनाउँछ र पीडितको दीर्घकालीन न्यायलाई बेवास्ता गर्छ ।
५. सम्पत्ति व्यवस्थापन : संगठित अपराध हटेमा मात्र सम्पत्ति बेचेर रकम फिर्ता सम्भव । तर, यो अन्य अभियुक्तहरूका लागि लागू नहुनुले निर्णयको पक्षपात देखाउँछ ।
६. जाहेरीकर्ताको घोषणा : सुप्रिम सहकारीका जाहेरवाला नारायण बहादुर पहराईले रविविरुद्ध जाहेरी नदिएको स्वघोषणा । तर, यो प्रहरीको कागजात फरक पारिएको दाबी हो, जसलाई प्रमाणित गर्नुपर्छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार अभियोग पत्र संशोधन सम्भव छ, तर यसलाई दुरुपयोग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण र संगठित अपराध स्वतन्त्र अभियोग नभई ठगीसँग जोडिएका थप कसुर हुन् । संगठित अपराध ऐनमा आपराधिक समूहसँग मिलेर गम्भीर अपराध गरेमा यो लाग्छ । रविको मामलामा जीवी राईसँगको मिलेमतो स्पष्ट छ । तर, भण्डारीको निर्णयले यी अभियोग हटाएर रविलाई मुक्त गराउन खोजेको छ, जसमा अन्य जिल्लाहरूमा पनि सोही अनुसार अभियोग कायम गर्न सुझाव दिइएको छ ।
असमान निर्णय र राजनीतिक प्रभाव
यो निर्णयमा मुख्य तर्क पीडितको मेलमिलाप हो, तर रविका सहअभियुक्तहरू (जीवी राई आदि) माथि यी अभियोग कायम रहँदा उनीहरूको मेलमिलाप कसरी सम्भव हुन्छ ? मुद्दा फिर्ता कार्यविधि अनुसार एकै मुद्दामा सबै प्रतिवादीको मुद्दा फिर्ता लिनुपर्छ, तर रविको मात्र हटाउनु कानुनी असमानता हो । सरकार वादी मुद्दामा सम्पत्ति शुद्धीकरण फिर्ता लिन नमिल्ने व्यवस्था छ, जसलाई बेवास्ता गरियो । नेपाली कांग्रेसको विवादमा ध्यान तानिएको मौकामा यो निर्णय गोप्य रूपमा गरिएको पुष्टि गर्छ ।
यी तीन घटनाले महान्यायाधिवक्ताको भूमिकालाई सरकारको कानुनी सल्लाहकारभन्दा पहुँचवालाको संरक्षक बनाएको छ । आफ्नो स्वार्थ, राजनीतिक पहुँच र सत्ता समीकरणको प्रभावले नेपालको फौजदारी न्यायमा विचलन ल्याएको छ । प्रधानमन्त्री कार्कीको मौनताले यो सरकारको सुशासन प्रतिबद्धतामाथि नै प्रश्न उठाएको छ । यो प्रकरणले भ्रष्टाचार नियन्त्रणको नारा मात्र सतही रहेको प्रमाणित गरेको छ ।न्यायिक स्वतन्त्रता र समानताको रक्षाका लागि नागरिक समाज र संसदबाट छानबिनको माग उठ्नु आवश्यक छ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन