
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
३राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
४सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
५एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
६चुनावी मैदानमा विप्लव
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, २९ पुस । तामाको तार बेचेर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालिन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौँका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमालका विरुद्ध आयोगले मंगलबार जनही १३ लाख ९३ हजार ६ सय तीन रुपैयाँ तीन पैसा बिगो र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
उनीहरूले ९०० मिटर तामाको तार बेचेर खाएको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगको छानबिनमा पनि उनीहरू दोषी देखिएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार, केन्द्रको स्टोरबाट ९२० मिटरभन्दा बढी तामाको तार हराएको घटनामा योजनाबद्ध ढंगले हिनामिना गरेको पाइएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । हिनामिना भएको तारको मूल्य १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबर रहेको छ ।
आयोगको अनुसन्धानका क्रममा पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्ट स्टोरबाट ७० एमएम स्क्वायरको १७४ मिटर र १२० एमएम स्क्वायरको ७४६ मिटर पीभीसी तार हराएको पाइएको थियो । स्टोर प्रमुखले २०८०/०१/०५ मा यसबारे निवेदन दिएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिनले तारहरू योजनाबद्ध रूपमा कम्पाउन्ड बाहिर लगिएको र मेसिन उपकरणको प्रयोग भएको निष्कर्ष निकालेको छ । हेम्जा सबस्टेशनबाट माग भएका सामग्रीहरूको रेकर्ड जाँच्दा पनि अनियमितता फेला परेको थियो ।
आर्थिक वर्ष ०८०/०८१ को जिन्सी निरीक्षण प्रतिवेदनमा सामान नभेटिएको भनी उल्लेख गरिएको, छानबिन कमिटीले पेश गरेको प्रतिवेदनमा २१ फागुन ०७९ मा गेटपास नंम्बर २९४ बाट २८ मिटर तार खर्च काटी ठेकेदारले लगेको तर पछि उक्त परिमाणको तार मौखिक निर्देशनको आधारमा स्टोर फिर्ता गरिएको, उक्त स्टोर फिर्ता परिमाणको तार पनि नभेटिएको, हराएको तारहरूको परिमाण धेरै भएको हुँदा कम्पाउण्ड बाहिर लैजान मेशिन उपकरणहरुको प्रयोग भएको हुनुपर्ने अवस्था रहेकोले योजनाबद्ध तवरबाट काम भएको छानबिनबाट देखिएको थियो ।
७० एमएको तारको मूल्य दुई लाख ६७१ रुपैयाँ २५ पैसा र १२० एमएमको तारको मुल्य ११ लाख ९२ हजार ९३१ रुपैयाँ ७८ पैसा गरी कुल १३ लाख ९३ हजार ६०३ रुपैयाँ परिमाणको तारहरू हराएको भन्नेसमेत व्यहोराको प्रतिवेदन देखिएपछि छानबिन कमिटीले बिगो असुलउपर गर्न सिफारिस गरेको थियो ।
आयोगका प्रवक्ता ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानबाट केन्द्र प्रमुख राजीव कुमार सिंह, स्टोर प्रमुख लोक प्रसाद काफ्ले तथा सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमालको मिलेमतोमा बदनियतपूर्ण ढंगले सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिएको छ । यसले नेपाल विद्युत प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी पु¥याएको छ ।“
आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर भएको आयोगले जनाएको छ । आयोगले उनीहरूसँग १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो असुल गर्नुपर्ने माग गरेको छ । साथै, दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना तथा दफा २२ बमोजिम मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार, यो घटना आर्थिक वर्ष २०७९/८० मा भएको थियो र स्टक लेजर तथा छानबिन प्रतिवेदनबाट प्रमाणित भएको छ । नेपाल विद्युत प्राधिकरणको आर्थिक प्रशासन विनियमावली र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत काम भएको ठहर गरिएको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने