
१पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
३स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
४विचौंलिया दिपक भट्ट र शेखर गोल्छाको ठगी धन्दामा कान्तिपुरका मालिक कैलाश सिरोहिया पनि संलग्न
५पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतको तयारी
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७साढे ३ अर्बको ‘इन्साइडर ट्रेडिङ’ प्रकरणः नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ
८पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
९रातो पासपोर्टप्रति नयाँ सांसदहरूको अतिरिक्त मोह : दुरुपयोगको इतिहास दोहोरिने खतरा !
१०कुख्यात विचौंलियासँगको सम्बन्धका कारण सुधनको गृहमन्त्री पद नै चैट
११उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
१२गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
पेखरा, १८ पुस । विज्ञापन बोर्डले पत्रिकाको वर्गीकरणभन्दा माथिल्लो हैसियत दाबी गर्दै सरकारी बोलपत्र सूचना प्रकाशन गर्ने लुम्बिनी प्रदेशका दुई दैनिकमाथि कडा कारबाही गरेको छ । कपिलवस्तुबाट प्रकाशित ‘बुद्ध दर्पण राष्ट्रिय दैनिक’ र भैरहवाबाट प्रकाशित ‘गौतमबुद्ध सन्देश दैनिक’ ले आफूलाई राष्ट्रिय स्तरको पत्रिका भनी प्रस्तुत गर्दै टेन्डर सूचना छापेपछि बोर्डको यो निर्णय आएको हो ।
बोर्डका अनुसार ‘बुद्ध दर्पण’ लाई प्रदेशस्तरीय वर्गीकरण मात्र प्राप्त छ भने ‘गौतमबुद्ध सन्देश’ वर्गीकरण सूचीमा नै दर्ता भएको छैन । यी दुवै पत्रिकाले २०८१ भदौ २ देखि असोज ९ गतेसम्म विभिन्न सरकारी निकाय तथा स्थानीय तहका राष्ट्रिय महत्वका बोलपत्र सूचना प्रकाशित गरेका थिए । सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ मा राष्ट्रिय स्तरका बोलपत्र सूचना राष्ट्रिय दैनिकमा मात्र छाप्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
पोखराबाट पनि यस्तै झुटो दाबी गर्दै ठगी गर्दै आएको समाधान दैनिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूमा केही महिनाअघि परेको उजुरीमाथि छानबिन चलिरहेको छ।
यो प्रावधान उल्लंघन भएको उजुरी २०८१ असोज ६ गते बोर्डमा दर्ता भएको थियो । उजुरीउपर छानबिनपछि २०८२ मंसिर ३ गते बसेको बोर्ड बैठकले कारबाहीको निर्णय गरेको हो । बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नभएको हैसियत देखाएर विज्ञापन तथा सूचना लिनु सार्वजनिक खरिद प्रक्रिया र विज्ञापन चक्रको गम्भीर उल्लंघन हो । यस्तो कार्यले सरकारी सूचनाको विश्वसनीयतामा नै आघात पुग्छ ।”
कारबाहीको स्वरूप फरक–फरक छ । ‘गौतमबुद्ध सन्देश दैनिक’ लाई २०८२ पुस १० गतेदेखि माघ ९ गतेसम्म पूर्ण ३० दिन सरकारी तथा सार्वजनिक निकायका कुनै पनि विज्ञापन, सूचना वा सुविधा प्रकाशन तथा प्रसारण गर्न रोक लगाइएको छ । सोही अवधिमा पत्रिकाको बोर्डमा नवीकरण प्रक्रिया पनि स्थगित रहनेछ ।
अर्कोतर्फ ‘बुद्ध दर्पण राष्ट्रिय दैनिक’ लाई २०८३ असार मसान्तसम्म बोर्डबाट वितरित लोककल्याणकारी विज्ञापन उपलब्ध नगराउने तथा सोही अवधिसम्म नवीकरण प्रक्रिया रोक्का राख्ने सजाय तोकिएको छ ।
विज्ञापन (नियमन गर्ने) ऐन, नियमावली तथा विज्ञापन उत्पादन, वितरण र प्रकाशनसम्बन्धी आचारसंहिताको प्रावधान उल्लंघन गरेको ठहर गर्दै बोर्डले यस्ता कार्य भविष्यमा दोहोरिए थप कडा कारबाही हुने चेतावनी पनि दिएको छ । यस घटनाले पत्रपत्रिकाको वर्गीकरण प्रणालीको कडा पालना र सरकारी सूचना प्रकाशनमा पारदर्शिता कायम गर्नुपर्ने विषयमा थप बहस सिर्जना गरेको छ ।
पोखराबाट पनि यस्तै झुटो दाबी गर्दै ठगी गर्दै आएको समाधान दैनिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूमा केही महिनाअघि परेको उजुरीमाथि छानबिन चलिरहेको छ।

१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा