News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने

पुस १८ गतेदेखि २१ गतेसम्म दैनिक बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटिनेछ !

पोखरा, पुस १७। नेपाल विद्युत् प्राधिकरणले पोखराको कुँडहर सबस्टेसनमा १३२ केभी बसबार मर्मतका लागि चार दिनसम्म बिजुली लाइन काट्ने भएको छ।

प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार पुस १८ गतेदेखि २१ गतेसम्म दैनिक बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटिनेछ। यो अवधिमा कुँडहर सबस्टेसनबाट सञ्चालित सबै फिडरहरू बन्द हुने भएकाले पोखराका कुनै पनि क्षेत्रमा बिजुली नआउने उनले बताए।

मर्मत कार्य सकिएपछि नियमित बिजुली आपूर्ति सुचारु हुने यादवको भनाइ छ।

यसैबीच, प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरा महानगर क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको काम जारी छ। जुलाई २०२६ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको २३ किलोमिटरमध्ये ५६ प्रतिशत काम सकिएको आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिए।

डनन्यूज ट्रेन्डिङ