
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०अफवाह नफैलाउन प्रहरीको आग्रह
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
सिन्धुली, ९ पुस । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या परिवारका सदस्यहरूले नै गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गत आइतबार अपराह्न साढे ४ बजे भएको घटनामा सासू, ससुरा र नन्दले सुशीलालाई घरको भान्साकोठामा थुनेर शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए। सुरुमा परिवारले यो आत्मदाह भएको प्रचार गरेका थिए।
प्रहरीले पक्राउ गरेका नन्द ३५ वर्षीया मीना बम्जनले प्रारम्भिक बयानमा पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेकी छिन्। सासू ६० वर्षीया मायाँरानी बम्जन पनि पक्राउ परेकी छिन् भने आगो लगाउने क्रममा आफैं घाइते भएका ससुरा ६५ वर्षीय दुर्गामान बम्जन अस्पतालमा प्रहरी निगरानीमा उपचाररत छन्। सुशीलाका पति सूर्यबहादुर बम्जन वैदेशिक रोजगारीमा कोरिया रहेका र हत्या योजनामा उनको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ।
घटनास्थलबाट दुई बोतल पेट्रोल, लाइटर र बाँसको भाटामा बेरेको राँको (पुल्ठो) बरामद भएको छ। हत्या गर्नुअघि परिवारले घरको मूल गेट भित्रबाट ताला लगाएका थिए, जसले गर्दा हारगुहार सुनेर आएका छिमेकीहरू समयमा भित्र छिर्न सकेनन्। पछि साँचो झारेपछि गेट खोलिए पनि सुशीलाको घटनास्थलमै मृत्यु भइसकेको थियो।
सुशीलामाथि लामो समयदेखि घरेलु हिंसा हुँदै आएको थियो। करिब ६–७ वर्षदेखि सासू, ससुरा र नन्दबाट शारीरिक तथा मानसिक यातना, खान–लगाउन नदिने, मोबाइल प्रयोग गर्न नदिने र घर छोड्न दबाब दिँदै आएका थिए। पछिल्लो दुई महिनायता नन्द मीनाले मार्ने धम्की दिँदै आएकी थिइन् र घटनाको एक घण्टा अघि मात्र सुशीलाले आफन्तलाई फोन गरेर यो कुरा जानकारी गराएकी थिइन्।
सुशीलाका तीन साना छोराछोरी (सात वर्षअगाडि तिम्ल्याहा जन्मिएका) घटना हुँदा ट्युसन पढ्न गएका थिए। सुशीलाले नै उनीहरूलाई ट्युसन पुर्याएर घर फर्किएकी थिइन्। हत्यापछि बालबालिकाहरू हाल मामाघरमा छन्।
मृतकका बुवा प्रेमबहादुर घिसिङले सोमबार किटानी जाहेरी दिएपछि मीना र मायाँरानी पक्राउ परेका हुन्। मुद्दा कर्तव्य ज्यान शीर्षकमा दर्ता भई जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। मंगलबार नेपाल महिला संघलगायतका संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न सबैलाई कडा कारबाही र निष्पक्ष अनुसन्धानको माग गरेका छन्।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट