
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २ पुस । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २१औँ लेखनाथ महोत्सव बिहीबार (३ पुस) देखि सुरु हुँदैछ। १४ पुससम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिकी संयोजक जानुका पराजुली अधिकारीले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ नारासहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइन्। जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायको प्रबद्र्धन गर्दै विषम आर्थिक अवस्थामा खस्किएको व्यवसायी र उपभोक्ताको मनोबल उकास्ने तथा स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य महोत्सवको रहेको उनको भनाइ छ।
महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्दै ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको अधिकारीले बताइन्।
महोत्सवका विशेष आकर्षणहरूमा जलपरी प्रदर्शन, कृषि–पर्यटन–उद्योग विषयक टक शो, टिकटक तथा आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिदूत गौतम बुद्धको प्रतिमा प्रदर्शनी, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी ¥याली तथा सांस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोक दोहोरी, युवा लक्षित पप तथा सुगम सङ्गीत कन्सर्ट रहनेछन्।
यसबाहेक औद्योगिक तथा व्यापारिक प्रदर्शनी, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरीपालन, कफी, बिउबिजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवा सम्बन्धी स्टलहरू रहनेछन्। महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामूलक तथा सूचनामूलक गरी कुल ३३५ स्टल रहने आयोजकले जनाएको छ।
महोत्सव अवलोकनका लागि करिब २ लाख ५० हजार दर्शक आउने र करिब ९ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी, ८५ लाख खर्च र १० लाख रुपैयाँ बचत हुने अनुमान प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले बताए।
नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र विभिन्न संघ–संस्थाको सहयोग रहनेछ।
गृहलक्ष्मी ग्यास कम्पनीको मुख्य प्रायोजनमा आयोजना हुने महोत्सवका सहप्रायोजकमा बिएलसी ग्रुप (नर्भिक हस्पिटल), पशुपति बिस्कुट र हेटौंडा डेरी छन्।
टिकट दर विद्यार्थीलाई ५०, साधारण प्रवेशका लागि १०० र कन्सर्टका लागि २०० रुपैयाँ तोकिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौला लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले गरेका थिए।