
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, २२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको मुद्दा आइतबार विशेष अदालतमा् दायर गरे पनि थप तीन छुट्टाछुट्टै विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।
अख्तियारले हाल दायर गरेको मुद्दामा ८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ, जुन लागत अनावश्यक रूपमा बढाइएको शीर्षकमा मात्रै सीमित छ । तर विमानस्थल निर्माणका अन्य गम्भीर अनियमितताका तीन फाइलमा भने छुट्टै अनुसन्धान भइरहेको आयोगले विशेष अदालतलाई पठाएको विवरणमा उल्लेख गरेको छ ।
अनुसन्धान बाँकी रहेका तीन मुख्य विषय:
१. चिनियाँ ठेकेदार कम्पनीलाई दिइएको कर छुट
ठेक्का सम्झौतामा कर तिर्ने पूर्ण दायित्व ठेकेदार कम्पनीको हुने स्पष्ट उल्लेख भए पनि विभिन्न सरकारको पालामा चिनियाँ कम्पनी ऋब्ःऋ लाई कर छुट दिइएको थियो । सार्वजनिक लेखा समितिको प्रतिवेदनअनुसार यो छुट रकम करिब २ अर्ब २० करोड रुपैयाँ छ । लेखा समितिले यसलाई “सरासर भ्रष्टाचार” भनेको थियो । अख्तियारले यो विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको छ ।
२. छिनेडाँडा–रिट्ठेपानी डाँडा कटानमा भएको ३२ करोड अनियमितता
सम्झौताअनुसार विमानस्थल अगाडिको अवरोध हटाउने र डाँडा कटान गर्ने सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठेकेदारलाई नै ३२ करोड २ लाख रुपैयाँ अतिरिक्त भुक्तानी दिएको थियो । लेखा समितिले यो भुक्तानीलाई “सिधै भ्रष्टाचारजन्य काम” भनेको थियो । अख्तियारले यो विषयमा पनि छुट्टै अनुसन्धान गरिरहेको छ ।
३. परामर्शदाता नियुक्तिमा अनियमितता
ठेक्का सम्झौतामा परामर्शदाता नियुक्तिको खर्च ठेकेदार कम्पनीले नै बेहोर्नुपर्ने प्रावधान थियो । तर प्राधिकरणले आफ्नै बजेटबाट छुट्टै परामर्शदाता नियुक्त गरी करोडौँ रुपैयाँ खर्च गरेको थियो । यो कार्य पनि लेखा समितिले अनियमितता तथा भ्रष्टाचारको श्रेणीमा राखेको थियो । अख्तियारले यसमा पनि छुट्टै अनुसन्धान अघि बढाएको जनाएको छ ।
अख्तियारले विशेष अदालतमा पठाएको लिखित जानकारीमा भनेको छ, ‘प्रस्तुत मुद्दाका फरक–फरक प्रकृतिका, फरक–फरक समयका र फरक–फरक निर्णयकर्ता संलग्न यी विषयहरूमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान भइरहेको छ ।’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई