
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठूलो आर्थिक अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक विदेशी कम्पनीलाई समेत प्रतिवादी बनाएको छ । निर्माणको जिम्मा पाएको चीनको सरकारी कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ लिमिटेडविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
यो मुद्दासँगै पोखरा विमानस्थल प्रकरण अझ जटिल र अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको छ । सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच भएको सम्झौताअनुसार चिनियाँ एक्जिम बैंकको २१६ मिलियन अमेरिकी डलर ऋणमा यो विमानस्थल ‘टर्न–की’ आधारमा निर्माण गरिएको थियो । अर्थात्, डिजाइनदेखि सामग्री खरिद, निर्माण र हस्तान्तरणसम्म सबै जिम्मेवारी चिनियाँ कम्पनीकै थियो ।
सम्झौताअनुसार विमानस्थलको रनवे ४५ मिटर चौडा र २,५०० मिटर लामो हुनुपर्ने थियो भने आधार तयार गर्न निर्माणस्थलबाट करिब ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर फिलिङ गर्नुपर्ने प्रावधान थियो । यसले विमानस्थलको उचाइ पनि केही मिटर बढ्ने र बाढीको जोखिम कम हुने अपेक्षा गरिएको थियो ।
तर, अख्तियारको अनुसन्धानले चिनियाँ कम्पनीले यो महत्वपूर्ण प्रावधानलाई पूरै उल्लंघन गरेको देखाएको छ । कम्पनीले निर्माणस्थलकै कम गुणस्तरको माटो र ग्राभेल प्रयोग गरेर आधार बनायो । यसका लागि उसले ८० लाख अमेरिकी डलर (झन्डै ११ अर्ब नेपाली रुपैयाँ) अतिरिक्त बजेट छुट्याएको देखाए पनि वास्तविक खर्च नगरी सो रकम हिनामिना गरेको आरोप छ ।
यो कामले माटो ओसारपसारमा हुने ठूलो खर्च जोगियो भने राज्यलाई गुणस्तरहीन संरचना बनाएर दीर्घकालीन क्षति पु¥याइयो । थप गम्भीर कुरा त, परामर्शदाताको रूपमा नियुक्त दुवै कम्पनी (चिनियाँ कम्पनीकै भगिनी संस्था आईपीपीआर र प्राधिकरणतर्फको ईआरएमसी) ले सीएएमसीको गलत कामलाई निरन्तर सदर गर्दै आएका थिए ।
अख्तियार स्रोतका अनुसार चिनियाँ कम्पनीले चिनियाँ ऋण परियोजना भएकै कारण खरिद प्रक्रियामा एकलौटी प्रतिस्पर्धा गराएर ठेक्का हत्याएको र त्यसपछि योजनाबद्ध रूपमा गुणस्तर र लागत दुवैमा अनियमितता गरेको पुष्टि भएको छ ।
यसअघि नै पाँच जना पूर्वमन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र ठेकेदारहरूमाथि मुद्दा दायर गर्ने निर्णय गरिसकेको अख्तियारले अब चिनियाँ कम्पनीलाई पनि प्रतिवादी बनाएर यो प्रकरणलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको उदाहरण बनाएको छ ।
विश्लेषकहरूका अनुसार यो कदमले नेपालले चिनियाँ ऋणमा बनेका ठूला परियोजनाहरूको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ भने विदेशी कम्पनीलाई समेत कारबाहीको दायरामा ल्याउन सकिने बलियो सन्देश दिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी