
१ओली पक्राउ पछि देशभर एमाले आन्दोलित
२पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
३मिटरब्याज र ठगी धन्दाका नाईके छविलाल सुवेदी पक्राउ
४प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन)को सपथ ग्रहण
५लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
६बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त
७चैते दशैंमा समिभञ्ज्याङमा प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न
८रास्वपा संसदीय दलको नेता बने बालेन्द्र शाह
९पोखराका तीन पत्रकार सम्मानित र पुरस्कृत हुँदैं
१०नवनिर्वाचित सांसदहरूले लिए शपथ
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
९निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
पोखरा, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक भ्रष्टाचार तथा अनियमितताको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आव विशेष अदालतमा मुद्दा दायर गरेको छ । करिब ८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबीसहित दायर गरिएको यो मुद्दामा पाँचजना पूर्वमन्त्री, दशजना पूर्वसचिवसहित कुल ५६ जना उच्चपदस्थ व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादीहरूमा तत्कालीन पर्यटनमन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, पोष्टबहादुर बोगटी (दिवंगत) र पूर्वअर्थमन्त्री रामशरण महत रहेका छन् । बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, सचिवहरू मधुकुमार मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, सहसचिवहरू रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, सुरेश आचार्यलगायत नागरिक उड्डयन प्राधिकरणका दर्जनौं पूर्वउपमहानिर्देशक, निर्देशक, उपनिर्देशक तथा सञ्चालक समिति सदस्यहरू पनि यो मुद्दामा जोडिएका छन् ।
यो प्रकरणको जग प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले २०८२ वैशाखमा बुझाएको प्रतिवेदनले बनाएको थियो । उक्त उपसमितिले विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै ११ वटा प्रमुख शीर्षकमा गम्भीर कैफियत औंल्याएको थियो ।
ती कैफियतहरूमा छिने डाँडा काट्न छुट्टै ३२ करोड भुक्तानी, नाली निर्माण नगरी एक अर्ब २७ करोडभन्दा बढी भुक्तानी, माटो भर्न र थिच्न अर्बौं रकम अनियमितता, बाहिरबाट माटो नल्याई पनि ५५ लाख डलर भुक्तानी, रनवेको उचाइ नै ४१ फिट कम बनाइएको, इन्धन ट्याङ्की निर्माण नभएको, परामर्शदाता नियुक्तिमा २८ लाख डलर अनियमितता, अतिरिक्त काम भन्दै ५२ लाख डलर बढी भुक्तानी र सबैभन्दा ठूलो राजस्व छुटमा दुई अर्ब २० करोड घोटाला मुख्य रहेका छन् ।
चीनको ऋण सहयोगमा बनेको यो राष्ट्रिय गौरवको आयोजना २०७२ चैत ८ मा एक अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौतासहित सुरु भएको थियो । तर निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पोखरा विमानस्थलबाट अझै एउटा पनि व्यवसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
अख्तियारले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नाम पनि छानबिनमा आएको तर उनी दिवंगत भइसकेकाले कारबाहीको दायरामा नल्याएको जनाएको छ । मुद्दा दर्ता प्रक्रियामा रहेको यो प्रकरणले नेपालको ठूला पूर्वाधार आयोजनामा संस्थागत भ्रष्टाचार कति गहिरोसम्म फैलिएको छ भन्ने पुनः पुष्टि गरेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने