
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
पोखरा, १५ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको छ।
यो पक्राउ बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनविरुद्ध एक अर्ब रुपैयाँभन्दा बढी कर्जा अपचलन तथा ठगी मुद्दा चलिरहेकै क्रममा भएको हो। सिआइबी स्रोतका अनुसार सोही मुद्दाको अनुसन्धान विस्तार गर्दै जाँदा वर्तमान उच्च अधिकारीहरू पनि तानिएका हुन्।
महत्वपूर्ण कुरा के छ भने यो पक्राउ नेपाल राष्ट्र बैंकको उजुरी वा निर्देशनमा भएको होइन। राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुरूप्रसाद पौडेलले भने, ‘यो प्रकरणमा सिआइबीले आफ्नो अनुसन्धानका क्रममा प्राविधिक सहयोग मागेकाले हामीले सहयोग गरेका हौं, तर उजुरी हामीबाट परेको होइन।’
मुद्दाको मूल जरो : प्रभु म्यानेजमेन्ट प्रालि र सहकारीको एक अर्ब धरौटी
अनुसन्धानको केन्द्रमा प्रभु म्यानेजमेन्ट प्रालि छ। यो कम्पनी प्रभु समूहकै लगानीमा खुलेको हो र प्रभु मनी ट्रान्सफरको “सुपर एजेन्ट” का रूपमा काम गर्छ। देशभरका करिब ५ हजार सहकारीमार्फत रेमिट्यान्स वितरण गर्ने यो कम्पनीले ती सहकारीसँग धरौटीबापत झन्डै एक अर्ब रुपैयाँ रकम राखेको थियो। सहकारीहरू डुबेपछि यो रकम फिर्ता भएन। पीडित सहकारीहरूले ठगीको जाहेरी दिए।
जाहेरीकर्तामध्ये प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामा स्वयम् पनि छिन्। उनले पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनविरुद्ध एक अर्बभन्दा बढी ठगीको जाहेरी दिएकी थिइन्। सिआइबीले कुसुम लामासँग लामो सोधपुछ गरेपछि भट्टचन पक्राउ परेका थिए। अब सोही अनुसन्धानले बैंकका वर्तमान सिइओसहित तीन उच्च अधिकारीलाई पनि छोएको छ।
राष्ट्र बैंकले २०७७/७८ मै कारबाही गरेको थियो :
राष्ट्र बैंकको रेकर्डअनुसार आर्थिक वर्ष २०७७/७८ मै प्रभु बैंकले आफ्नै सञ्चालक तथा नजसको १० प्रतिशतभन्दा बढी सेयर रहेको प्रभु म्यानेजमेन्ट प्रालिलाई नियमविपरीत कर्जा दिएको पाइएको थियो। त्यतिबेला सिइओ अशोक शेरचन र अध्यक्ष देवीप्रकाश भट्टचनसहितलाई स्पष्टीकरणसहित कारबाही र सचेत गराइएको थियो।
राष्ट्र बैंकको एकीकृत निर्देशन–२०७७ को दफा ४३ मा स्पष्ट लेखिएको छ : ‘सञ्चालक वा निजको एकाघर परिवारका सदस्यले १० प्रतिशतभन्दा बढी सेयर लिएको कम्पनीलाई बैंकले कर्जा दिन पाउँदैन।’ प्रभु म्यानेजमेन्टमा त्यतिबेला भट्टचन र दक्ष पौडेल (प्रभु बैंकका पूर्वसञ्चालक) को उल्लेख्य लगानी थियो।
अहिलेको पक्राउ किन ?
सिआइबी स्रोतका अनुसार सहकारीको धरौटी रकम प्रभु म्यानेजमेन्टबाट बैंकतर्फ ‘डाइभर्ट’ भएको र त्यसमा बैंकका उच्च अधिकारीहरूको संलग्नता देखिएपछि पक्राउ गर्नुपरेको हो। कर्जा अपचलन, नियमविपरीत लगानी, सहकारीको रकम दुरुपयोगजस्ता गम्भीर आरोपहरू अनुसन्धानको दायरामा छन्।
बैंकले आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाएको छैन भने पक्राउ परेका तीनैजना अधिकारीलाई सिआइबीले १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ।
यो प्रकरणले एकातिर सहकारी पीडितहरूको अर्बौं रकम डुब्ने खतरा देखाएको छ भने अर्कोतिर बैंकिङ क्षेत्रमा सुशासन र नियमनको गम्भीर प्रश्न उठाएको छ। अनुसन्धानले थप कुन-कुन तहसम्म पुग्छ, त्यो हेर्न बाँकी छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?