
१मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
२पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
३मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
४ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
७राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
८मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
९ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
१०आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
११कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१२सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१२आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
पोखरा, १७ कात्तिक । जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी कार्यालयहरू पुनर्स्थापना र सवारीसाधन अभावको चुनौतीबीच पोखराको वडा प्रहरी कार्यालय बैदामले तिहारको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल खरिद गरेको छ। यसले शान्ति–सुरक्षा कायम गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले कास्कीसहित देशभरका २७ वटा प्रहरी कार्यालयमा आगजनी गरेका थिए। प्रहरीका मोटरसाइकल तथा गाडीहरू जलाइएका थिए भने झन्डै दुई दर्जन हातहतियार लुटिएका थिए। यसले प्रहरीलाई गस्ती तथा शान्ति–सुरक्षा कायम गर्न सवारीसाधनको गम्भीर अभाव सिर्जना भएको थियो।
यस्तो प्रतिकूल परिस्थितिमा वडा प्रहरी कार्यालय बैदामले कात्तिक ३ गते लक्ष्मीपूजाको अवसरमा कार्यालय परिसरमा देउसी–भैलो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रहरी कर्मचारीहरूले नाचगानसमेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमबाट २ लाख २१ हजार ५१४ रुपैयाँ संकलन भएको थियो। कार्यालयले थप केही रकम जुटाएर कुल २ लाख २४ हजार ९७० रुपैयाँमा एक थान मोटरसाइकल खरिद गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

देउसी भैलोमा नाच्दैं जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीसहित सुरक्षाकर्मीहरु ।
सोमबार जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, एसपी कार्की, पोखराका व्यवसायी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिलगायतको सहभागिता थियो।
“देउसी–भैलोबाट संकलित रकम तत्कालै कार्यालय प्रयोजन र शान्ति–सुरक्षाका लागि उपयोग गर्न सकिने भएकाले मोटरसाइकल खरिद गरेका हौं,” डिएसपी बस्नेतले भने।

वडा प्रहरी कार्यालय बैदाममा डीएसपी नमराज भट्टराईसहित सुरक्षाकर्मीहरु देउसीभैलो खेल्दैं ।
थप सहयोगको अपिल
प्रहरी कार्यालयहरूको पुनर्निर्माण, सवारीसाधन व्यवस्थापन र हातहतियार सुरक्षाका लागि विभिन्न सामाजिक संघ–संस्था, क्लब, व्यवसायी तथा दाताहरूसमक्ष सहयोगको अपिल गरिएको छ। “जनताको साथ र सहयोगले मात्र प्रहरीले प्रभावकारी रूपमा शान्ति–सुरक्षा कायम गर्न सक्छ,” प्रहरीले जनाएको छ।

१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष