
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
पोखरा, १५ कार्तिक । मुस्ताङको ‘हिडन भ्याली’ आसपासमा वर्षा र हिमपातका कारण फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको टोलीलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरी शुक्रबार जोमसोम ल्याएको छ।
नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले धौलागिरि हिमालको आधारक्षेत्र हुँदै मुस्ताङ प्रवेश गर्ने क्रममा सोमबारदेखि थासाङ गाउँपालिका–१ को टुकुचे हिमाल नजिकै फसेका उनीहरूलाई उद्धार गरेको हो। समुद्र सतहबाट ५,१०० मिटर उचाइको ‘हिडन भ्याली’ क्षेत्रमा अलपत्र परेका उनीहरूलाई ४,९०० मिटरको बतासेडाँडाबाट तीन दिनको अथक प्रयासपछि उद्धार गरिएको थियो।
टोलीमा बेलायती पर्यटक मारी रिपी, क्याथरिन विल्सन र इस्माइली जेन तथा हिमालय ट्रेड एन्ड एक्स्पिडिसन ट्राभल एजेन्सीका गाइड र सहयोगी दीर्घलाल लामा, निमाराज लामा, मानध्वज लामा, नवीन लामा, टासी शेर्पा, छिरिङ तामाङ, निमा लामा, काइँला तामाङ, बुद्धराज तामाङ, सोनम तामाङ, कान्छामान तामाङ र दोर्जे तामाङ गरी १२ जना थिए।
हेलिकोप्टर उद्धारको योजना मौसम खराबीले असफल भएपछि सेनाको टोलीले स्थलमार्गबाटै उद्धार गरेको हो। क्षेत्रमा पाँच फिटभन्दा बढी हिउँ जमेको र निरन्तर हिमपात भइरहेकाले उद्धार जटिल बनेको थियो। उद्धारपछि साधारण स्वास्थ्य जाँच गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गैरसैनिक पथप्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई जोमसोम पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष