
१जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
३मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
४सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
५कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
६गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
७जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
८कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
९२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१०गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
११कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१२उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा, १५ कार्तिक । मुस्ताङको ‘हिडन भ्याली’ आसपासमा वर्षा र हिमपातका कारण फसेका तीन बेलायती महिला पर्यटकसहित १५ जनाको टोलीलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरी शुक्रबार जोमसोम ल्याएको छ।
नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले धौलागिरि हिमालको आधारक्षेत्र हुँदै मुस्ताङ प्रवेश गर्ने क्रममा सोमबारदेखि थासाङ गाउँपालिका–१ को टुकुचे हिमाल नजिकै फसेका उनीहरूलाई उद्धार गरेको हो। समुद्र सतहबाट ५,१०० मिटर उचाइको ‘हिडन भ्याली’ क्षेत्रमा अलपत्र परेका उनीहरूलाई ४,९०० मिटरको बतासेडाँडाबाट तीन दिनको अथक प्रयासपछि उद्धार गरिएको थियो।
टोलीमा बेलायती पर्यटक मारी रिपी, क्याथरिन विल्सन र इस्माइली जेन तथा हिमालय ट्रेड एन्ड एक्स्पिडिसन ट्राभल एजेन्सीका गाइड र सहयोगी दीर्घलाल लामा, निमाराज लामा, मानध्वज लामा, नवीन लामा, टासी शेर्पा, छिरिङ तामाङ, निमा लामा, काइँला तामाङ, बुद्धराज तामाङ, सोनम तामाङ, कान्छामान तामाङ र दोर्जे तामाङ गरी १२ जना थिए।
हेलिकोप्टर उद्धारको योजना मौसम खराबीले असफल भएपछि सेनाको टोलीले स्थलमार्गबाटै उद्धार गरेको हो। क्षेत्रमा पाँच फिटभन्दा बढी हिउँ जमेको र निरन्तर हिमपात भइरहेकाले उद्धार जटिल बनेको थियो। उद्धारपछि साधारण स्वास्थ्य जाँच गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गैरसैनिक पथप्रदर्शकको संयुक्त टोलीले उनीहरूलाई जोमसोम पु¥याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की