
१उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
३सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
४कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
५गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
६जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
७कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
८२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
९गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१२अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
मुस्ताङ, १४ कात्तिक । मुस्ताङ र मनाङ जोड्ने उच्च हिमाली पदमार्ग सरिबुङ पासमा हिँडेका तीन विदेशी पर्यटकसहित १४ जना पदयात्री मङ्गलबारदेखि सम्पर्कविहीन भएका छन्। भारी हिमपातका कारण उनीहरूको अवस्था अज्ञात रहेको छ।
सम्पर्कविहीन हुनेमा तीन जना अष्ट्रियन नागरिक र ११ जना नेपाली पथप्रदर्शक छन्। उनीहरू लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास पार गरी मनाङको फुगाउँ निस्कने क्रममा थिए। समुन्द्री सतहदेखि करिब ६ हजार मिटर उचाइमा अवस्थित यो पास तिब्बतसँगको सीमावर्ती क्षेत्रमा पर्छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार बिहीबार साँझ मात्रै उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त भएको हो। “भारी हिमपातले पदमार्ग अवरुद्ध भएको र सञ्चार सञ्जाल पूर्ण रूपमा विच्छेद भएकाले सम्पर्क टुटेको अनुमान छ,” प्रजिअ भुसालले भने।
जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन टोली दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ। “धर्मशालामा खाद्यान्न, बसोबास र अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था छ, त्यसैले उहाँहरूलाई तत्काल जोखिम नहुनसक्छ,” प्रजिअ भुसालले बताए।
हिमालयन एडभेन्चर ट्राभल कम्पनीमार्फत पदयात्रामा निस्किएको यो टोली दुई साता अघि काठमाडौँबाट प्रस्थान गरेको थियो। कम्पनीका व्यवस्थापक दीपक मैनालीका अनुसार अक्टोबर २६ मा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ लागेपछि उनीहरूको सम्पर्क टुटेको हो।
“आज बिहान मात्रै पथप्रदर्शकमध्ये एकजनाले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र कमजोर सिग्नलका कारण स्पष्ट कुराकानी हुन सकेन,” मैनालीले भने। उनले फोनको स्थान ट्रयाकिङ गरेर उद्धार गर्न गृह मन्त्रालयसँग अनुरोध गरिएको बताए। “स्थान पत्ता लागेमा तत्काल हेलिकप्टर उद्धारको तयारी छ,” उनले थपे।
सम्पर्कविहीन टोली सरिबुङ पास पार गरी मनाङको फुगाउँ हुँदै चामे पुग्ने योजना थियो। जिल्ला प्रशासन र ट्रेकिङ कम्पनीले उद्धार टोली परिचालनको प्रयास जारी राखेका छन्।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की