
१मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
१२५३ मृतकका परिवारलाई ८ करोड राहत
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा, १४ कार्तिक । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ को ३५औँ वार्षिक प्रतिवेदन पेश गरेको छ।
आयोगका पोखरा कार्यालय प्रमुख डा. नारायणप्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम शुक्रबार प्रदेश प्रमुख भट्टसमक्ष प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले भ्रष्टाचार नियन्त्रण र सुशासन आम नागरिकको प्रमुख चाहना रहेको उल्लेख गर्दै आयोगलाई थप सक्षम र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले भने, “आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रणका काम चुनौतीपूर्ण छन्। मुलुकमा सुशासन प्रणाली स्थापना गर्न आयोग थप क्रियाशील रहने विश्वास मैले लिएको छु।”
राज्य संयन्त्रको तल्लोदेखि माथिल्लो तहसम्मका कर्मचारी तथा जिम्मेवार व्यक्तिहरूको नैतिक आचरण शुद्ध र कार्यप्रति उत्तरदायित्वपूर्ण हुनुपर्नेमा प्रदेश प्रमुखले भट्टले जोड दिए । “हामी जुनसुकै पद र जिम्मेवारीमा रहे पनि राष्ट्रहितलाई केन्द्रमा राखेर काम गरेमा सुशासन स्वतः स्थापित हुन्छ। यसका लागि आफ्नो अख्तियारी दुरुपयोग नगरी इमान्दारीपूर्वक लाग्नुपर्छ,” प्रदेश प्रमुख भट्टको भनाई थियो ।
आयोगका कार्यालय प्रमुख डा. रेग्मीले संवैधानिक दायित्वअनुरूप सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले गरेको भ्रष्टाचार तथा अख्तियार दुरुपयोगसम्बन्धी उजुरीहरूको प्रारम्भिक छानबिन, विस्तृत अनुसन्धान, विशेष अदालतमा आरोपपत्र दायर तथा सर्वोच्च अदालतमा पुनरावेदनलगायतका कार्य निरन्तर भइरहेको जानकारी दिए ।
आयोगको संवैधानिक जिम्मेवारीलाई प्रभावकारी बनाउन आर्थिक वर्ष २०८१÷८२ मा पाँचौँ रणनीतिक योजना तर्जुमा गरी उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत सुदृढीकरणका रणनीति, कार्यनीति तथा क्रियाकलापहरू अघि सारिएको उनले बताए ।
आर्थिक वर्ष २०८१/८२ मा पोखरा कार्यालयमा दर्ता भएका १,२०१ उजुरी र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १५९ उजुरी गरी कुल १,३६० उजुरीमध्ये १,१७९ उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भइसकेका छन्। विस्तृत अनुसन्धानतर्फ १०१ उजुरी मात्र बाँकी रहेको डा. रेग्मीले जानकारी दिए ।
देशभरको तुलनामा गण्डकी प्रदेशमा उजुरी संख्या सबैभन्दा कम रहे पनि स्थानीय तहमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा बढी उजुरी दर्ता भएको उनले बताए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की