
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
३घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
४आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
५रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
६आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
७पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
८सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
९युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
१०महान्यायाधिवक्ताको विवादास्पद निर्णय
११नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
पोखरा, ३१ असोज । प्रधानमन्त्री सुशीला कार्कीले पोखराका आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेकी कार्कीले बिहीबार सचिव डा. विकास देवकोटासहितको टोलीसँग छलफल गरी नर्सहरूको न्यूनतम तलब र सुविधा सरकारी मापदण्डअनुसार लागू गर्न जोड दिएकी हुन्।
पोखराको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजका नर्सहरू न्यूनतम तलबको माग राख्दै आन्दोलनमा छन्। सचिव देवकोटाले मन्त्रालयको अवस्था र समस्याबारे जानकारी दिँदै असोज २४ गते सबै स्वास्थ्य संस्थालाई पाँचबुँदे निर्देशन जारी गरिएको बताए। उक्त निर्देशनमा स्वास्थ्यकर्मीको तलब र सुविधा सरकारी सरह हुनुपर्ने, अतिरिक्त समयको भत्ता, नियुक्तिपत्र, अनुभव पत्र र बैंकमार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था गर्नुपर्ने उल्लेख छ। मन्त्रालयले २०८१ मंसिर २७ को निर्णय तत्काल कार्यान्वयन गर्न पनि भनेको छ।
प्रधानमन्त्री कार्कीले स्वास्थ्यकर्मीको २४सै घण्टा खटिने संवेदनशील जिम्मेवारीलाई ध्यान दिँदै जीवन निर्वाह हुने गरी तलब–सुविधा दिनुपर्ने बताइन्। “नर्सलाई सरकारी सरह तलब दिइयो भने विदेश पलायन रोकिन्छ,” उनले भनिन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निजी स्वास्थ्य संस्थाले सरकारी नीति पालना गर्नुपर्ने र निर्णय कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
नर्सिङ संघको निवेदनपछि मन्त्रालयले निजी स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र कास्कीको सिडिओ कार्यालयमार्फत पनि समस्या समाधानको प्रयास भइरहेको छ।
निजी मेडिकल कलेजहरूले भने सरकारले तोकेको न्यूनतम तलब (पाँचौं तहको ३५ हजार) दिन तयार नभई श्रम ऐनअनुसार १९,५०० रुपैयाँ मात्र दिने अडान राखेका छन्। नर्सहरूको आन्दोलनले मणिपाल र गण्डकी मेडिकल कलेजमा बिरामी भर्ना रोकिँदा सेवाग्राही मर्कामा परेका छन्। मन्त्रालयले आफ्नो निर्णयबाट पछि नहट्ने र छलफलका लागि निजी संस्थालाई आह्वान गरेको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर