
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस समितिले क्याम्पस प्रशासन र केही प्राध्यापकहरूले गरेको स्वेच्छाचारी व्यवहार, ठगी र अनियमितताको विरोधमा कडा कदम चाल्ने चेतावनी दिएको छ।
पोखरा, २४ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस समितिले क्याम्पसमा लामो समयदेखि भइरहेको शैक्षिक, प्रशासनिक र आर्थिक अनियमितताप्रति गम्भीर आपत्ति जनाएको छ। संगठनले क्याम्पस प्रशासन र केही प्राध्यापकहरूले गरेको स्वेच्छाचारी व्यवहार, ठगी र अनियमितताको विरोधमा कडा कदम चाल्ने चेतावनी दिएको छ।
संगठनका अनुसार, विन्दुवासिनी संस्कृत विद्यापीठमा केही प्राध्यापकहरूले नियमविपरीत दैनिक हाजिरी नगरी तलब लिने गरेको, विश्वविद्यालयको नियम उल्लंघन गर्दै मनपरी गर्ने गरेको र शैक्षिक वातावरणलाई खलल पुर्याउने गतिविधिमा संलग्न रहेको पाइएको छ। नेपाल संस्कृत विश्वविद्यालयको नियमअनुसार सबै प्राध्यापकहरू क्याम्पसमा उपस्थित हुनुपर्ने प्रावधान भए पनि यहाँ त्यसको उल्लंघन भएको संगठनको दाबी छ।
क्याम्पसको आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुलीमाथि विद्यार्थी कल्याणकारी कोष र नेपाल सरकारबाट प्राप्त छात्रवृत्तिको रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ।
यसैगरी, क्याम्पसको आर्थिक शाखा प्रमुख दुर्गारमण पराजुलीमाथि विद्यार्थी कल्याणकारी कोष र नेपाल सरकारबाट प्राप्त छात्रवृत्तिको रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ। पराजुलीले आन्तरिक लेखापरीक्षणलाई प्रभावमा पारेर वर्षौंदेखि आर्थिक अनियमितता गरेको र हिसाबकिताब सार्वजनिक गर्न आनाकानी गरेको संगठनले जनाएको छ। संगठनले पारदर्शिता र हिसाबकिताब खोज्दा आर्थिक शाखा प्रमुख पराजुलीले अटेर गर्दै सहप्राध्यापक आनन्द रिजाल र डा. काशीनाथ कँडेललाई सोध्नु भन्दैं पन्छिने गरेको आरोप संगठनले लगाएको छ ।
अखिल (क्रान्तिकारी) ले यस्ता अनियमितता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिँदै विद्यार्थी कल्याणकारी कोष र छात्रवृत्तिको हिसाब तत्काल सार्वजनिक गर्न माग गरेको छ। यदि माग पूरा नभए कानुनी उपचारका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने संगठनका इञ्चार्ज दामोदर संजेलले बताएका छन्।
संगठनले शैक्षिक क्षेत्रको विकृति र विसंगतिविरुद्ध सधैं अग्रमोर्चामा रहेर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। क्याम्पसमा सुशासन र पारदर्शिता कायम गर्न आफूहरू निरन्तर खटिरहने संजेलको भनाइ छ।

१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई