
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
बैतडी । जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् ।
बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिनुभयो ।
पुर्चौंडी–६ को मुडेलीका ८० घरपरिवार र एक विद्यालयले त्यही मुहानको पानी प्रयोग गर्दै आएका थिए । गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासी सीता साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको छ । त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ ।”
नगरपालिकाको कुवाकोट–सुवालेक सडकखण्ड नजीकै रहेको पानीको मुहानमा गाई मृतावस्थामा भेटिएकाले सडकबाटै फालिएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् । “ गाई फालेर मारेको हुन सक्ने अनुमान गरेका छौँ”, स्थानीयवासी प्रेम साउँदले भन्नुभयो,“पानीको मूहानमा गाई मरेको भेटिएपछि गाउँ र विद्यालयमा खानेपानीको समस्या भएको छ ।”
मुडेलीस्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकालाई खानेपानीको समस्या भएको छ । मरेका गाई पाटन नगरपालिकाबाट पुर्चौंडीकै लक्ष्मण कार्कीर सुरेन्द्र कार्कीले लगेको बुझिएको छ । पाटन नगरपालिकाले छाडा गाईगोरु व्यवस्थापनका लागि प्रतिगाई रु दुई हजार ५०० का दरले ती व्यक्तिको जिम्मा लगाएको र उनीहरुले ताक्लाकोट लग्ने भनेर नगरपालिकाबाट लगेको उपप्रमुख सरस्वती कोलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाटामा कतै नछाड्ने शर्तमा उनीहरुले गाई लगेका हुन् ।”
पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि प्रहरी टोली त्यसतर्फ जाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालयका पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । गाईको हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरी टोली जाँदैछ, अनुसन्धान गछौं, हत्या गरेर फालेको भए कानूनअनुसार कारवाही हुन्छ ।” रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी