News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने

पोखरा, ११ असोज । सरकारले अब तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न इजाजत पत्र अनिवार्य गरेको छ।

यो नियम नेपालका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रमा लागू हुनेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार यो व्यवस्था नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

भदौमा प्रकाशित मालपोत नियमावली (आठौं संशोधन)मा इजाजत पत्रबिना कारोबार गरे २५ लाख जरिवाना वा ६ महिना जेल सजाय हुने उल्लेख छ।

इजाजत पत्र लिँदा पाँच करोडसम्मको कारोबारका लागि पाँच लाख र पाँच करोडभन्दा बढीको कारोबारका लागि दश लाख दस्तुर तिर्नुपर्नेछ।