
१आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
२ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
३सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
४नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
५बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
६करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
७न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
८डा. गोविन्द केसी पुन: आन्दोलनमा
९विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
१०विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
११प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
१२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रदर्शनमा प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाए। आर्थिक अभावका कारण यी मृतक प्रहरीका परिवारले सापटी लिएर अन्तिम संस्कार गर्नुपरेको छ।
मिलन रायको परिवारको पीडा
सिन्धुलीको दुधौली–८ का मिलन रायले सानैमा बाबुआमा गुमाएका थिए। काकाको सहारामा हुर्किएका उनले चार महिनाअघि श्रीमतीलाई जापान पठाउन ऋण लिएका थिए। अहिले परिवारले महिनाको ४० हजार किस्ता तिर्दैछ। काठमाडौंको पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारका लागि प्रहरी कल्याण कोषबाट ४० हजार प्राप्त भए पनि कुल खर्च साढे दुई लाख पुग्यो। यो रकम गाउँघरबाट सापटी लिएर जुटाइएको काका केशव रायले बताए।
उत्तम थापाको परिवारको कथा
दार्चुलाका उत्तम थापाको परिवार पनि आर्थिक संकटमा छ। उनको शव गाउँ लैजान नसकेर पशुपति आर्यघाटमै अन्तिम संस्कार गरियो। प्रहरी कल्याण कोषबाट ४० हजारबाहेक अन्य सहयोग नपाएको परिवारले जनायो। सात महिनाअघि भाइको मृत्यु भएपछि उत्तमकी आमा एक्ली छिन्। उनको जागिरले नै घर चल्थ्यो। अहिले अन्तिम संस्कारको खर्च काकाहरूको सहयोगमा जुटाइएको छ।
अमृत गुरुङको परिवारको अवस्था
कास्कीका अमृत गुरुङको परिवारले पनि सापटी लिएर अन्तिम संस्कार गरेको छ। गुरुङ समुदायको रीतिअनुसार अझै केही संस्कार बाँकी छ। हालसम्म एक लाख खर्च भएको र यो रकम छिमेकीबाट सापटी लिएको उनकी श्रीमती शान्तिले बताइन्। अमृत परिवारका एक्ला छोरा थिए। उनकी आमाको नौ महिनाअघि मृत्यु भएको थियो र परिवारमा अझै ऋणको बोझ छ।
प्रहरी प्रधान कार्यालयले मृतकका परिवारलाई १० लाख सहयोग दिने निर्णय गरे पनि रकम उपलब्ध भएको छैन। मृतकका आफन्तले गृहमन्त्रीलाई भेटेर सहयोगको माग गरेका छन्। जेन–जी आन्दोलनका पीडित परिवार संर्घष समितिका संयोजक कमल सुवेदीले किरिया खर्च तुरुन्तै उपलब्ध गराउनुपर्ने बताए। गृह मन्त्रालयले भने जिल्ला प्रशासनमार्फत सहयोग प्रक्रिया अघि बढाएको जनाएको छ।