
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, ३० भदौ । “राष्ट्रिय दैनिक’’को झुटो दाबी गर्दै वर्षौंदेखि विज्ञापनदातालाई ठग्दै आएको समाधान दैनिकले डन न्यूज डटकमको भिडियो चोरेर प्रकाशन गरेको विषयलाई तोडमरोड गरी गलत आरोप लगाउँदै रोदन गरेको छ। एमालेका नेता पृथ्वीसुब्बा गुरुङको संरक्षकत्वमा सञ्चालित यस दैनिकले आफ्ना कालाकर्तुत र ठगीधन्दाको बारेमा यस अघि प्रकाशित समाचारको जवाफ दिन नसकिरहेको अवस्थामा प्रतिशोध साँध्ने उद्देश्यले गलत आक्षेप लगाइएको हो ।
पोखरा–९, नयाँबजारमा रहेको समाधान दैनिकले जेन–जी आन्दोलनको तोडफोड र आगजनीको भिडियो डन न्यूजबाट बिना अनुमति चोरेर आफ्नो फेसबुक पेजमा राखेको छ । नेता विन्दुकुमार थापासँग सम्बन्धित उक्त भिडियो बिना अनुमति चोरेर राखेकोमा डन न्यूजका सम्पादक राजेन्द्र अधिकारीले आपत्ति जनाएका थिए । तर, समाधानले यसअघि प्रकाशित समाचारबाट आफ्नो ठगीधन्दा उदांगो भएको रिस साँध्न ‘अपराधीको अनुहार देखाएर भिडियो राख्ने अभियान सुरु गरेकोमा राजेन्द्र अधिकारी (डन न्यूज)ले धम्की दिएको’ भन्दै गम्भिर र झुटो प्रचार गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते दिउँसो ४:०६ बजे कास्की जिल्ला अदालत र वडा प्रहरी कार्यालय बैदामबाहिर खिचिएको भिडियो समाधान दैनिकले बिना अनुमति चोरेर राखेपछि विवाद चर्किएको हो ।
नेकपा एमालेको मुखपत्रका रूपमा चिनिने समाधानको ठगीधन्दा डन न्यूजले यसअघि प्रेस काउन्सिल नेपालको प्रमाणसहित पर्दाफास गरेको थियो। २०८२ असार २९ मा “पत्रकारिताको आवरणमा समाधान दैनिकको ठगी धन्दा’’ असार ३१ मा “एमाले नेता पृथ्वीसुब्बा गुरुङको कालो साम्राज्य’’ र साउन ११ मा “समाधान र ढोरपाटन पत्रिका ‘राष्ट्रिय दैनिक’ होइनन्“ शीर्षकमा समाचार प्रकाशित भएका थिए । यी समाचारलाई समाधानले आजसम्म पनि खण्डन गर्न सकेको छैन ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएको तोडफोड र आगजनीको भिडियो डन न्यूजले फिल्डबाटै खिचेर आफ्नो फेसबुक र टिकटकमा राखेको थियो। आन्दोलनका यस्ता दृश्यहरु अधिकांश मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वस्फूर्त राखेको विषयमा समाधानले ‘धम्की दिइयो’ भन्दै हास्यास्पद आरोप लगाएको डन न्यूजका सम्पादक अधिकारी बताउँछन्।
समाधानले आफ्नो ठगीधन्दा बचाउन जेन–जी आन्दोलनको संवेदनशिल विषयलाई तोडमोड गरी नकारात्मक सन्देश जाने गरी सम्पादक अधिकारीलाई बदनाम गराउन खोजेकोप्रति डन न्यूजले घोर भर्त्सना गरेको छ । आगामी दिनमा समाधान दैनिकका ठगीधन्दा र गलत हर्कतहरु यसैंगरी सप्रमाण समाचार निरन्तर उजागर गरिरहने प्रतिवद्धता डन न्यूजले व्यक्त गरेको छ ।
प्रेस काउन्सिल नेपाल, पत्रकारिताको स्वतन्त्रता र मर्यादा कायम राख्ने स्वायत्त निकायले समाधान दैनिक आर्थिक वर्ष २०६९/७० देखि हालसम्म ‘राष्ट्रिय’ स्तरको मान्यता नदिएको स्पष्ट गरिसकेको छ। प्रेस काउन्सिलका अनुसार, पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड, २०७५ बमोजिम यो दैनिक कहिल्यै राष्ट्रिय स्तरमा वर्गीकृत भएको छैन ।
डन न्यूजको खोजमूलक समाचारपछि ढोरपाटन दैनिक र पोखरा हटलाइनले ‘राष्ट्रिय’ हटाएर ‘दैनिक’ मात्र लेख्न थालेका छन्, तर समाधानले ठगीधन्दा जोगाउन गैरकानुनी रूपमा ‘राष्ट्रिय’ लेखिरहेको छ।
तर, समाधान दैनिकले बषौंदेखि राष्ट्रिय दैनिक भनेर ठगि मात्र गरेन, समाचार सप्रमाण आउँदा पनि गलत रूपमा “गण्डकी प्रदेशको एकमात्र राष्ट्रिय दैनिक” भन्दै साउन ४ गते विज्ञापन नैं प्रकाशित गरेको थियो। यो दाबी प्रेस काउन्सिलको मापदण्डविपरीत छ र आचारसंहिता उल्लंघनमा पर्छ। डन न्यूजको खोजमूलक समाचारपछि ढोरपाटन दैनिक र पोखरा हटलाइनले ‘राष्ट्रिय’ हटाएर ‘दैनिक’ मात्र लेख्न थालेका छन्, तर समाधानले ठगीधन्दा जोगाउन गैरकानुनी रूपमा ‘राष्ट्रिय’ लेखिरहेको छ।

आधिकारिक स्रोत: प्रेस काउन्सिल नेपाल
समाधान मिडिया प्रा.लि., पोखराबाट सञ्चालित यो दैनिकका अध्यक्ष उमानाथ बराल र सञ्चालकहरू विप्लव पौडेल र रामकृष्ण ज्ञवाली छन्। यस विषयमा प्रेस काउन्सिल नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ।

प्रेस काउन्सिल नेपालका सदस्य तथा समाधान दैनिकका सम्पादक केशवशरण लामिछाने र समाधान न्यूजडटकमका सम्पादक भरत कोइराला ।


*सच्याईएको: भूलवश समाधान दैनिकको कार्यालय रहेको भवन देव नकर्मीको हुनुपर्नेमा अन्यथा भएकोले हटाईएको छ । -सम्पादक
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की