
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
पोखरा, ३० भदौ । “राष्ट्रिय दैनिक’’को झुटो दाबी गर्दै वर्षौंदेखि विज्ञापनदातालाई ठग्दै आएको समाधान दैनिकले डन न्यूज डटकमको भिडियो चोरेर प्रकाशन गरेको विषयलाई तोडमरोड गरी गलत आरोप लगाउँदै रोदन गरेको छ। एमालेका नेता पृथ्वीसुब्बा गुरुङको संरक्षकत्वमा सञ्चालित यस दैनिकले आफ्ना कालाकर्तुत र ठगीधन्दाको बारेमा यस अघि प्रकाशित समाचारको जवाफ दिन नसकिरहेको अवस्थामा प्रतिशोध साँध्ने उद्देश्यले गलत आक्षेप लगाइएको हो ।
पोखरा–९, नयाँबजारमा रहेको समाधान दैनिकले जेन–जी आन्दोलनको तोडफोड र आगजनीको भिडियो डन न्यूजबाट बिना अनुमति चोरेर आफ्नो फेसबुक पेजमा राखेको छ । नेता विन्दुकुमार थापासँग सम्बन्धित उक्त भिडियो बिना अनुमति चोरेर राखेकोमा डन न्यूजका सम्पादक राजेन्द्र अधिकारीले आपत्ति जनाएका थिए । तर, समाधानले यसअघि प्रकाशित समाचारबाट आफ्नो ठगीधन्दा उदांगो भएको रिस साँध्न ‘अपराधीको अनुहार देखाएर भिडियो राख्ने अभियान सुरु गरेकोमा राजेन्द्र अधिकारी (डन न्यूज)ले धम्की दिएको’ भन्दै गम्भिर र झुटो प्रचार गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते दिउँसो ४:०६ बजे कास्की जिल्ला अदालत र वडा प्रहरी कार्यालय बैदामबाहिर खिचिएको भिडियो समाधान दैनिकले बिना अनुमति चोरेर राखेपछि विवाद चर्किएको हो ।
नेकपा एमालेको मुखपत्रका रूपमा चिनिने समाधानको ठगीधन्दा डन न्यूजले यसअघि प्रेस काउन्सिल नेपालको प्रमाणसहित पर्दाफास गरेको थियो। २०८२ असार २९ मा “पत्रकारिताको आवरणमा समाधान दैनिकको ठगी धन्दा’’ असार ३१ मा “एमाले नेता पृथ्वीसुब्बा गुरुङको कालो साम्राज्य’’ र साउन ११ मा “समाधान र ढोरपाटन पत्रिका ‘राष्ट्रिय दैनिक’ होइनन्“ शीर्षकमा समाचार प्रकाशित भएका थिए । यी समाचारलाई समाधानले आजसम्म पनि खण्डन गर्न सकेको छैन ।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएको तोडफोड र आगजनीको भिडियो डन न्यूजले फिल्डबाटै खिचेर आफ्नो फेसबुक र टिकटकमा राखेको थियो। आन्दोलनका यस्ता दृश्यहरु अधिकांश मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताले स्वस्फूर्त राखेको विषयमा समाधानले ‘धम्की दिइयो’ भन्दै हास्यास्पद आरोप लगाएको डन न्यूजका सम्पादक अधिकारी बताउँछन्।
समाधानले आफ्नो ठगीधन्दा बचाउन जेन–जी आन्दोलनको संवेदनशिल विषयलाई तोडमोड गरी नकारात्मक सन्देश जाने गरी सम्पादक अधिकारीलाई बदनाम गराउन खोजेकोप्रति डन न्यूजले घोर भर्त्सना गरेको छ । आगामी दिनमा समाधान दैनिकका ठगीधन्दा र गलत हर्कतहरु यसैंगरी सप्रमाण समाचार निरन्तर उजागर गरिरहने प्रतिवद्धता डन न्यूजले व्यक्त गरेको छ ।
प्रेस काउन्सिल नेपाल, पत्रकारिताको स्वतन्त्रता र मर्यादा कायम राख्ने स्वायत्त निकायले समाधान दैनिक आर्थिक वर्ष २०६९/७० देखि हालसम्म ‘राष्ट्रिय’ स्तरको मान्यता नदिएको स्पष्ट गरिसकेको छ। प्रेस काउन्सिलका अनुसार, पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड, २०७५ बमोजिम यो दैनिक कहिल्यै राष्ट्रिय स्तरमा वर्गीकृत भएको छैन ।
डन न्यूजको खोजमूलक समाचारपछि ढोरपाटन दैनिक र पोखरा हटलाइनले ‘राष्ट्रिय’ हटाएर ‘दैनिक’ मात्र लेख्न थालेका छन्, तर समाधानले ठगीधन्दा जोगाउन गैरकानुनी रूपमा ‘राष्ट्रिय’ लेखिरहेको छ।
तर, समाधान दैनिकले बषौंदेखि राष्ट्रिय दैनिक भनेर ठगि मात्र गरेन, समाचार सप्रमाण आउँदा पनि गलत रूपमा “गण्डकी प्रदेशको एकमात्र राष्ट्रिय दैनिक” भन्दै साउन ४ गते विज्ञापन नैं प्रकाशित गरेको थियो। यो दाबी प्रेस काउन्सिलको मापदण्डविपरीत छ र आचारसंहिता उल्लंघनमा पर्छ। डन न्यूजको खोजमूलक समाचारपछि ढोरपाटन दैनिक र पोखरा हटलाइनले ‘राष्ट्रिय’ हटाएर ‘दैनिक’ मात्र लेख्न थालेका छन्, तर समाधानले ठगीधन्दा जोगाउन गैरकानुनी रूपमा ‘राष्ट्रिय’ लेखिरहेको छ।

आधिकारिक स्रोत: प्रेस काउन्सिल नेपाल
समाधान मिडिया प्रा.लि., पोखराबाट सञ्चालित यो दैनिकका अध्यक्ष उमानाथ बराल र सञ्चालकहरू विप्लव पौडेल र रामकृष्ण ज्ञवाली छन्। यस विषयमा प्रेस काउन्सिल नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको छ।

प्रेस काउन्सिल नेपालका सदस्य तथा समाधान दैनिकका सम्पादक केशवशरण लामिछाने र समाधान न्यूजडटकमका सम्पादक भरत कोइराला ।


*सच्याईएको: भूलवश समाधान दैनिकको कार्यालय रहेको भवन देव नकर्मीको हुनुपर्नेमा अन्यथा भएकोले हटाईएको छ । -सम्पादक
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी