
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
वालिङ । आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो ।
नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराएको भीरकोट नगरपालिकाका कृषि समिति संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र क्षेत्रीले बताउनुभयो ।
“आलु उत्पादनका दृष्टिले भीरकोट उर्वरभूमि पनि हो, निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेटक्षेत्र निर्धारण गरेर काम थालेका छौँ” संयोजक क्षेत्रीले भन्नुभयो, “पकेट क्षेत्रमा रहेका किसानले सामूहिक वा व्यक्तिगतरूपमा आलु लगाउने कार्य अहिले भइरहेको छ ।”
नगरपालिकाले १२ वटा आलु पकेट क्षेत्रका किसानलाई २० टन आलुको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको संयोजक क्षेत्रीले बताउनुभयो । किसानले उत्पादन गरेको बिउ आलु तथा खानका लागि उत्पादन गरिएको आलुको बिक्री वितरणको समस्या भएमा त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिने संयोजक क्षेत्रीले बताउनुभयो ।
नगरपालिकाले किसानलाई ‘जनकदेव’ र ‘कार्डिनल’ जातका आलुको बिउ अनुदानमा वितरण गरेको हो । “आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्न सक्नुहुनेछ”, संयोजक क्षेत्रीले भन्नुभयो, “इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ प्राप्त गर्न सक्नेछन् ।”
भीरकोट ५ को पकान फाँटमा बिउका लागि मात्रै करिब ३५ रोपनी क्षेत्रफलमा समूहमार्फत आलु लगाइएको किसान रामकृष्ण अर्यालले बताउनुभयो । सोही ठाउँमा व्यक्तिगत र सामूहिकरूपमा आलु लगाउनका लागि पाँच वटा पकेट क्षेत्र रहेका छन् । करिब २०० किसानले सामूहिक र व्यक्तिगतरूपमा २१८ रोपनी क्षेत्रफलमा आलुखेती गरेको किसान अर्यालले बताउनुभयो ।
“अहिले सबै किसान खेतमा आलु लगाउनमै व्यस्त हुनुहुन्छ”, किसान अर्यालले भन्नुभयो, “यहाँ शुद्ध बिउ आलु र खानका लागि छुट्टाछुट्टै पकेट क्षेत्रमा आलु लगाइएको छ ।” यस क्षेत्रमा आलु धेरै मात्रामा उत्पादन हुने भएकाले आलु खनेपछि ‘आलु महोत्सव’ गर्ने र त्यहीँबाट आलुको खरिद बिक्री गर्ने व्यवस्था मिलाउने किसान अर्यालको भनाइ छ ।
भीरकोट–२ को दहफाँटमा पनि २८ रोपनी क्षेत्रफलमा सामूहिक र व्यक्तिगतरूपमा आलुखेती थालिएको छ । दहफाँटमा ९० किसानले २४ क्विन्टल आलु लगाउने भएका छन् । आलु उत्पादन भएपछि सक्नेजति बिक्री वितरण गर्ने र नसकेको नगरपालिकाले बिक्री वितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको दहफाँटका आलु खेतीमा संलग्न किसान मीनबहादुर अधिकारीले बताउनुभयो ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन