
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २५ भदौं । जेन जी (नयाँ पुस्ता)को भ्रष्टाचारविरुद्धको आन्दोलन दोस्रो दिनमा पोखरामा थप उग्र बनेको छ। । राज्यद्वारा १९ जना युवाहरुको नरसंहारपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले नेताहरुका घर, होटल, शोरुम, सरकारी कार्यालय र प्रहरी चौकीहरुमा व्यापक तोडफोड र आगजनी गरेका छन्।
आन्दोलनकारीहरुले नेपाली काँग्रेसका नेता विन्दुकुमार थापा, नेकपा एमालेका नेता खगराज अधिकारी, राजिव पहारी, प्रकाश केसी (पूर्वमण्डले, हाल एमाले), पोखराका मेयर धनराज आचार्य, एमाले नेता भरत पहारी, तीर्थराज अधिकारी (पोखरा–१७ का पूर्ववडाध्यक्ष), तेजनारायण अधिकारी (एमाले कास्कीका पूर्वउपाध्यक्ष) लगायतका नेताहरुका घरमा तोडफोड र आगजनी गरेका छन्।

जेन जी (नयाँ पुस्ता)ले नेता विन्दुकमार थापाको दाजुभाइको घरमा मंगलबार गरेको आगजनी ।
त्यसैगरी, होटल व्यवसायी जितु गुरुङको बरपिपल रिसोर्ट, मिनबहादुर गुरुङको भाटभटेनी डिपार्टमेन्टल स्टोर (पोखरा न्यूरोड), भरत पहारीको होटल सरोबार, विन्दुकुमार थापाको लेकसाइडस्थित होटल बगैंचा र नयाँबजारको निवास, बतास ग्रुपको गाडी शोरुम, ध्रुव थापाको गाडी शोरुम लगायतमा पनि आगजनी र तोडफोड भएको छ।

जेन जी (नयाँ पुस्ता)ले जिल्ला अदालत कास्कीमा गरेको आगजनी ।
प्रदर्शनकारीहरुले पोखरास्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश सभा, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला अदालत कास्की, गण्डकी प्रदेश प्रमुखको कार्यालय, मालपोत कार्यालय, वन तथा वातावरण मन्त्रालय, राजस्व कार्यालय, कास्की कारागार, उच्च अदालत पोखरा, सडक डिभिजन कार्यालय, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई लगायतका सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन्। त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्की, छोरेपाटनको अस्थायी प्रहरी विट, बगरको प्रहरी चौकी, नदीपुरको अस्थायी प्रहरी विट र डाँडाको नाक प्रहरी चौकीमा पनि व्यापक क्षति पुर्याइएको छ।
जेन जी आन्दोलनका क्रममा पोखरामा विभिन्न व्यवसायी र नेताहरुसँग सम्बन्धित अन्य शोरुम र सम्पत्तिमा पनि तोडफोड र आगजनी भएको छ। नयाँबजार, लेकसाइड, र अन्य प्रमुख व्यापारिक क्षेत्रमा रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोर, पोखराका मेयर धनराज आचार्यको पोखरा इभेन्ट सेन्टर, विभिन्न गाडीका शोरुम र रिसोर्टहरुमा आन्दोलनकारीहरुले आक्रमण गरेका छन्। विशेषगरी, भ्रष्टाचारमा संलग्न भएको आरोप लागेका व्यक्तिहरुका सम्पत्तिहरु निशानामा परेका छन्।

जेन जी (नयाँ पुस्ता)ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पोखरा इभेन्ट सेन्टरमा गरेको आगजनी ।
आन्दोलनको दोस्रो दिन पोखराका अधिकांश सरकारी र निजी सम्पत्तिहरु ध्वस्त भएका छन्। आन्दोलनकारीहरुले भ्रष्टाचार र राज्यको दमनविरुद्धको आक्रोशलाई लक्षित गरी यस्ता कदम चालेको बताएका छन्। यो आन्दोलनले पोखराको सामाजिक, आर्थिक र प्रशासनिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ।

पूर्वमण्डले एवम् हाल नेकपा एमालेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश केसी जसले सुकुम्वासीका नाममा सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर घर बनाएका थिए । त्यसमा जेन जीहरुले आन्दोलनको दोस्रो दिन राति मंगलबार आगजनी गरिदिएका छन् ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर