
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
पोखरा, २३ भदौं । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक महिला नेतृ जानुका पराजुली अधिकारीको नेतृत्वमा रहेको प्यानलले १५औं महाधिवेशनमा कार्यसमितिको पदाधिकारी र सम्पूर्ण सदस्यहरूमा ‘क्लिन स्विप’ गर्दै नयाँ इतिहास रचेको छ ।
संघको १५औं महाधिवेशनअन्तर्गत आइतबार राति सम्पन्न मतगणनामा जानुकाले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतको फराकिलो अन्तरले पराजित गर्दै आगामी दुई वर्षका लागि नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गरेकी छन्। कुल २०१९ मतदातामध्ये १८८१ मत खसेकोमा जानुकाले ९९६ मत प्राप्त गरिन्, जबकि ओझाले ८३३ मतमा चित्त बुझाउनुपर्यो।

लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपटक इतिहास रच्दैं अध्यक्ष पदमा सिङ्गो प्यानलसहित विजयी भएकी महिला नेतृ जानुका पराजुली अधिकारी ।
पदाधिकारीमा जानुका प्यानलको वर्चस्व
वरिष्ठ उपाध्यक्षः गोपीचन्द्र बास्तोलाले ९६६ मतसहित उपेन्द्रराज सुवेदी (राजु) लाई ११३ मतले पराजित गरे।
प्रथम उपाध्यक्षः विक्रम कर्माचार्यले ११५० मत ल्याउँदै मेनुका श्रेष्ठ (६७४ मत) लाई फराकिलो अन्तरले हराए।
द्वितीय उपाध्यक्षः ध्रुवबाबु भट्टराई (आईडी) ले १२१८ मतसहित धीरजकुमार श्रेष्ठ (६०३ मत) लाई पराजित गरे।
महासचिवः भरतराज ओझाले ९५५ मत प्राप्त गर्दै जीवन तिवारी (८७६ मत) लाई झिनो मतान्तरले पछि पारे।
उपमहासचिवः गंगाकुमारी मल्लले १०६६ मत ल्याउँदै लक्ष्मीप्रसाद ढुंगाना (एलपी) (७६६ मत) लाई हराइन्।
कोषाध्यक्षः हरि बस्ताकोटीले १०२७ मतसहित टीकाराम सापकोटा (७७८ मत) लाई पराजित गरे।
संस्थागत सदस्यः वीरभद्र कँडेल निर्विरोध निर्वाचित।
एसोसियट सदस्यः दयाराज भण्डारी जानुका प्यानलबाट निर्वाचित।
सदस्यहरूमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी
लेखनाथ उद्योग बाणिज्य संघको आगामी कार्यकालको लागी निर्बाचित कार्यसमितिको खुला सदस्यहरुमा पनि जानुका प्यानलका उमेदवारहरु नै विजयी भएका छन। कार्यसमितिको सदस्यमा १६ जनाले उमेदवारी दिएकोमा ८ जना निर्बाचित हुने ब्यबस्था अनुरुप जानुका प्यानलबाट उमेदवारहरु मध्ये सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) ले १ हजार ३६, बिरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर निर्बाचित भएका छन।
अन्य सदस्यहरुमा दिपक अधिकारीले ९ सय ६०, प्रभा कुमारी पौडेल लामिछानेले ९ सय ४४ मत पाएर निर्बाचित भए भने कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी दुबैले ८ सय ८३ र प्राप्त गरेर कार्यसमितिको खुला सदस्यमा बिजयी बनेका छन। यसैगरी कार्यसमितिको दुईजना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एवम् गङ्गा सापकोटा परियारले ९ सय १० मत पाएर बिजयी भएका छन ।
राजेन्द्र प्यानलका सदस्यहरु, कसको कति मत ?
राजेन्द्रको प्यानलबाट उमेदवारी दिएका सदस्यका उमेदवारहरु मध्ये भीमप्रसाद सुवेदी (सन्तोष) ले ५ सय ११, घनश्याम ढुंगानाले ६ सय ८८, किशोर अधिकारीले ७ सय १५, कृष्णप्रसाद सुवेदीले ८ सय ५७, नवराज पौडेलले ८ सय ७८, सन्तोष हमालले ५ सय, सुरेन्द्र गुरुङले ७ सय ११ र शिबराज अधिकारीले ६ सय २७ मत पाएका थिए। यसैगरी महिला सदस्यका उमेद्वारहरु सपना सुबेदीले ९ सय ७ र लक्ष्मी ठाकुर सुनारले ३ सय ६६ मत मात्र प्राप्त गरेकी थिईन महिला सदस्य सपना ३ मतको अन्तरले पराजित हुन् पुगेकी छन।
जानुका पराजुली अधिकारीले २०७२ मा आमा समूह तथा संघसंस्था परिचालन समितिको संयोजकको रूपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालेकी थिइन्। २०७४–७६ मा महिला सदस्य, २०७६–७८ मा कोषाध्यक्ष (निर्विरोध), त्यसपछि उपमहासचिव र २०८० मा महासचिवको रूपमा निर्वाचित हुँदै उनले संघको इतिहासमा पहिलो महिला महासचिव बन्ने कीर्तिमान बनाएकी थिइन्। अब, उनको नेतृत्वमा सम्पूर्ण प्यानलको विजयले महिला नेतृत्वको सशक्तिकरणमा नयाँ आयाम थपेको छ।
जानुका प्यानललाई नेपाली काँग्रेस र माओवादी केन्द्रको समर्थन थियो, भने राजेन्द्र ओझालाई एमाले, राप्रपा र रास्वपाले साथ दिएका थिए। शुक्रबारदेखि सुरु भएको २९औं साधारणसभा तथा १५औं महाधिवेशनमा १९ सदस्यीय कार्यसमितिका लागि ३७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
यो जितले लेखनाथ उद्योग वाणिज्य संघमा मात्र नभई समग्र नेपाली समाजमा महिला नेतृत्वको सम्भावनालाई उजागर गरेको छ। जानुका र उनको टिमको यो ऐतिहासिक विजयले आगामी दिनमा थप सशक्त र समावेशी नेतृत्वको ढोका खोलेको छ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ