
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
३स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
४कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
५उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
९कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
पोखरा, २२ भदौं । नेपालमा जेनजी पुस्ताले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध सशक्त र प्रभावकारी अभियान सुरु गरेको छ। विशेषगरी टिकटकमा नेताहरू, उच्च पदस्थ कर्मचारीहरू र तिनका सन्तानको विलासितापूर्ण जीवनशैलीमाथि प्रश्न उठाउँदै यो पुस्ताले भ्रष्टाचारको गहिरो जालो उजागर गर्ने प्रयास गरिरहेको छ। यो अभियानले नेपालका शीर्षस्थ नेता, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रहरी प्रमुखदेखि निजामती कर्मचारीसम्मका सन्तानको सम्पत्ति र जीवनशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
केही दिनयता स्वस्फूर्त रूपमा सुरु भएको यो अभियानले सामाजिक सञ्जालमा ठूलो हलचल ल्याएको छ। जेनजी पुस्ताले भ्रष्टाचारले सीमा नाघेको भन्दै तीव्र आक्रोश व्यक्त गरिरहेको छ। यो अभियान केवल नेताहरूका सन्तानमाथि मात्र केन्द्रित छैन, बरु आफ्नै अभिभावकको सम्पत्ति र जीवनशैलीमाथि प्रश्न उठाउन पनि युवाहरूलाई प्रेरित गरिरहेको छ। यदि यो अभियानले यही गति पकड्यो भने भ्रष्टाचारमा लिप्त व्यक्तिहरूको भव्य महल र विलासितापूर्ण जीवनशैलीमाथि प्रश्न चिन्ह उठ्ने मात्र होइन, उनीहरूको साम्राज्यमा भूकम्प नै आउने निश्चित छ।
पछिल्लो समय नेपाली कांग्रेसका सभापति तथा पाँचपटकका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको जीवनशैली र सम्पत्तिमाथि जेनजी पुस्ताले कडा प्रश्न उठाएको छ। सामाजिक सञ्जालमा उनको तस्बिर र उनको नाममा जोडिएका जग्गा, होटललगायतका सम्पत्तिको आम्दानीको स्रोत खोजी गर्दै युवाहरूले नैतिक दबाब सिर्जना गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उनकी छोरी गंगा र नातिनीको महँगा ब्रान्डका सामान प्रयोग गर्ने विलासितापूर्ण जीवनशैलीमाथि पनि प्रश्नको तीर तेर्सिएको छ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि यो अभियानको निशानामा परेका छन्। नीतिगत भ्रष्टाचारको संरक्षण, भ्रष्टाचारीलाई कानुनी उन्मुक्ति दिने र आफ्ना दलका नेताहरूको अपराधलाई ढाकछोप गर्ने आरोपमा जेनजी पुस्ताले उनको खरो आलोचना गरेको छ। त्यस्तै, युनिभर्सल पिस फेडरेसन नेपालका नाममा धर्म परिवर्तन र मानव तस्करीको धन्दा चलाएको आरोप लागेका नेता एकनाथ ढकालमाथि पनि युवाहरूले गम्भीर प्रश्न उठाएका छन्।
यो जेन जी पुस्ता भनेर सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवतीलाई बुझ्ने गरिन्छ ।
यस्तै, नेकपा एमालेका विवादास्पद नेता महेश बस्नेत र उनकी छोरीको जीवनशैलीमाथि पनि जेनजी पुस्ताको नजर परेको छ। अपहरण, गुन्डागर्दी र बलात्कारजस्ता गम्भीर आरोपमा मुछिएका बस्नेतले राष्ट्रिय युवा संघको आडमा अपराधलाई संरक्षण गरेको र त्यसबाट करोडौँ कमाएर विलासितापूर्ण जीवन बिताएको भन्दै युवाहरूले उनलाई कठघरामा उभ्याएका छन्। प्रहरी प्रशासनले उनलाई कारबाही गर्न नसकेको अवस्थामा यो अभियानले थप दबाब सिर्जना गरेको छ।
यो अभियानले देशभरका लाखौँ व्यक्तिहरूलाई, जो राजनीतिक पहुँच र कानुनको दुरुपयोग गरी देश लुटिरहेका छन्, त्रसित बनाएको छ। जेनजी पुस्ताले यो अभियानलाई निरन्तरता दिने हो भने भ्रष्टाचारीहरूको मनमा त्रास र उनीहरूको साम्राज्यमा भूकम्प ल्याउने निश्चित छ।
यस अभियानका सञ्चालकहरूले आगामी सोमबार काठमाडौंको माइतीघर र बानेश्वरस्थित संसद भवन अगाडि भ्रष्टाचारविरुद्ध प्रदर्शनको आह्वान गरेका छन्। उपत्यका बाहिरका जिल्लाहरूमा पनि सोही दिन प्रमुख जिल्ला अधिकारी कार्यालय अगाडि प्रदर्शनको तयारी भइरहेको छ। भ्रष्टाचारका कारण आफ्नो भविष्य खोसिएको ठान्ने जेनजी पुस्ताले यो अभियानलाई सडकसम्म ल्याएर थप सशक्त बनाउने तयारी गरेको छ।
यो अभियानले भ्रष्टाचारीलाई त्रसित बनाउनुका साथै उनीहरूका सन्तानलाई सचेत गराएको छ। हरेक टोलटोलबाट भ्रष्टाचार र ठगीको जीवनशैलीमाथि प्रश्न उठाउने यो अभियानले नयाँ पुस्तालाई भ्रष्टाचारविरुद्ध एकजुट हुन प्रेरित गरेको छ। यदि यो अभियानले निरन्तरता पायो भने भ्रष्टाचारमा लिप्त व्यक्तिहरू र तिनका सन्तानले गम्भीर रूपमा सोच्नुपर्ने अवस्था आउने निश्चित छ। यो अभियानले नेपालमा सुशासन र पारदर्शिताको नयाँ युगको ढोका खोल्ने सम्भावना बोकेको छ। यो जेन जी पुस्ता भनेर सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवतीलाई बुझ्ने गरिन्छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ