
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले राखेको सुनुवाइ हप्ताअघि पनि बिथोलिएको थियो। बिहीबारको कार्यक्रममा विद्यार्थी संगठन र स्थानीयले नाराबाजी गर्दै रोकेका थिए ।
पोखरा, १९ भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई यतिबेला प्रहरीभन्दा स्थानीय गुन्डाको सहाराले आफूलाई सुरक्षित राख्नुपर्ने अवस्थामा पुगेका छन् । बिहीबार पातले छाँगो (डेभिज फल्स)मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम स्थानीय र विद्यार्थी नेताले विथालेपछि नगरप्रहरी र टोले गुन्डाको सुरक्षा घेरामा लुकेर भाग्दैं गरेका मेयर आचार्यको अवस्थाले यो तथ्यलाई थप पुष्टि गरेको छ ।
बिहीबार पातले छाँगो (डेभिज फल्स) मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित हुँदा उनलाई ठेकेदारले भाडामा ल्याएका गुन्डाले घेरा हालेर सुरक्षा दिएका थिए । पोखरामा गुन्डागर्दीमा संलग्न अपराधिक पृष्ठभूमि भएका पात्रहरु पातले छाँगो वरपर खटिएका थिए । जसको कमाण्ड हत्या अभियोगमा जेल बसेर छुटेका चन्द्र गुरुङले सम्हालेका थिए । विवाद चर्किएपछि मेयर आचार्य भाग्नुपर्यो भने कार्यक्रम विथोलिए पछि विरोध गर्ने विद्यार्थी नेता र स्थानीयमाथि खुकुरी प्रहार हुँदा एक जना घाइते भए ।

सेती क्यान्योन प्रालिका अध्यक्ष कर्केनकुमार गुरुङले विरोध गर्ने विद्यार्थी नेताहरु र स्थानीयलाई निशानामा राखेर टोले गुन्डाहरुको परिचालन गर्दा भएको घटनामा हतियारसहित आक्रमणमा संलग्नलाई पक्राउ गर्दै प्रहरी ।
सुनुवाइपछि नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेलमाथि खुकुरी प्रहार हुँदा एकजना घाइते भए । प्रहरीले खुकुरी प्रहार गर्नेहरु मध्ये एकजना बंशसिंह खवासलाई मात्र पक्राउ गरेको छ भने घाइते पौडेलको अस्पतालमा उपचार भइरहेको छ। सेती क्यान्योन प्रालिका अध्यक्ष कर्केनकुमार गुरुङले विद्यार्थी नेताहरु प्रकाश बास्तोला, निर्दोष बिक्रम पौडेल, राजन साउद, कमला परियार, बासुदेव बुढा र स्थानीय युवाहरु शिविर श्रेष्ठ र शिवम् शाही लगायतलाई निशानामा राखेर टोले गुन्डाहरुको परिचालन गरेको आरोप स्थानीयले लगाएका छन् ।

पोखराको छोरेपाटनस्थित डेभिज फल्स नजिकैं विद्यार्थी नेता निर्दोष बिक्रम पौडेल लगायतलाई खुकुरी प्रहार गर्नेहरु मध्ये बंशसिंह खवासलाई प्रहरीले पक्राउ गरेर लैजादैं ।
वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले राखेको सुनुवाइ हप्ताअघि पनि बिथोलिएको थियो। बिहीबारको कार्यक्रममा विद्यार्थी संगठन र स्थानीयले नाराबाजी गर्दै योजना रोक्न माग गरे। विवाद चर्किएपछि मेयर आचार्य जवाफ नदिई भागे। आजको कार्यक्रममा विद्यार्थी नेताहरु प्रकाश बास्तोला, निर्दोष बिक्रम पौडेल, स्थानीय देवीप्रसाद आचार्य लगायतले कडा प्रतिवाद गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम नैं रद्द गरिदिएका थिए । सुनुवाइ रद्द भए पछि खुकुरी प्रहारको घटनाले स्थिति तनावपूर्ण बन्न पुग्यो । प्रहरीका अनुसार, हत्या अभियोगमा जेल बसेर छुटेका चन्द्र गुरुङले गुन्डा परिचालन गरेको खुलासा भएको छ।

पातले छाँगो ठेक्का प्रकरणमा विद्यार्थी नेता र स्थानीयमाथि खुकुरी प्रहार गर्ने युवा बंशसिंह खवास काँग्रेस नेता गगन थापासँग ।
यो विवाद पूर्व मेयर मानबहादुर जिसीको कार्यकालमा सुरु भएको हो। २०७५ फागुनमा सार्वजनिक–निजी साझेदारी ऐन २०७४ अनुसार सेती क्यानोनिङ प्रालिलाई पातले छाँगो क्षेत्र ४० वर्षसम्म भाडामा दिने प्रक्रिया अघि बढ्यो। २०७६ वैशाखमा कम्पनी छनोट भएपछि २०७८ साउन १४ मा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र कम्पनीका कर्केनकुमार गुरुङले सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा वडा नं. १७ को ४,२१५ वर्गमिटर जग्गा र फेवाताल बाँधसम्मको साढे १ किमी पार्दी खोला क्षेत्र समेटिएको छ।

जनताको जवाफ नदिई कार्यक्रमस्थलबाट भाग्दैं मेयर धनराज आचार्य । आजको सार्वजनिक सुनुवाई पनि स्थानीय र विद्यार्थी नेताहरुले विथोलिदिएका छन् ।
कम्पनीले सिसाको पुल, म्यूजिकल फाउन्टेन, बगैंचा, रेष्टुरेन्ट, बाल उद्यानलगायत संरचना निर्माण गर्ने योजना बनाएको छ। कुल ४५ करोड ३१ लाख लगानीको यो आयोजनामा राष्ट्रिय भवनसंहिता पालना गर्नुपर्ने, तर खोला र तालको सेटब्याक मापदण्ड लागू नहुने उल्लेख छ।

पातले छाँगो (डेभिज फल्स), जहाँ बार्षिक आम्दानी अहिले पनि ४ करोड भन्दा बढि हुन्छ तर महानगरले २ करोडमा ठेक्का लगाएको छ । जब कि निजी कम्पनीले अहिले उठाईदैं आएको शुल्क यति धेरै वृद्धि गर्ने निर्णय गरेको छ कि जसले टिकटबाट मात्र बार्षिक आम्दानी १३ करोड भन्दा बढि देखिन्छ । बाँकी त कति हो कति ?
सम्झौताअनुसार कम्पनीले पहिलो ३ वर्ष वार्षिक २ करोड (कुल आम्दानीको ८.५%) र चौथो वर्षदेखि ५% चक्रवृद्धि शुल्क तिर्नेछ। तर, पातले छाँगोको वार्षिक ३ करोडभन्दा बढी आम्दानीलाई ४० वर्षसम्म निजी कम्पनीलाई सुम्पने निर्णयप्रति स्थानीय आक्रोशित छन्। २०३५ देखि छोरेपाटन माविले संरक्षण गरेको यो क्षेत्र गत वर्षदेखि महानगरले सञ्चालन गर्न थालेको हो। महानगरले विद्यालयलाई ३ करोड दिने वाचा गरे पनि स्थानीयले सम्पदा निजीकरणको विरोध गरिरहेका छन्।
स्थानीय र विद्यार्थी संगठनले विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय मूल्यांकनबिना ठेक्का दिएको, प्रतिस्पर्धाविना ४० वर्षको सम्झौता गरेको भन्दै महानगरमाथि ‘सम्पदा लुट’ को आरोप लगाएका छन्। मेयर आचार्यले ३ वैशाख २०८० को कार्यपालिका बैठकमा पूर्व मेयर जिसीको निर्णय सदर गरेर यो विवादित योजनालाई अघि बढाए। अदालतले कम्पनीको पक्षमा फैसला गरेको दाबी गरिए पनि पारदर्शिता र स्थानीय सहभागिताको अभावले महानगरको नियतमाथि शंका बढेको हो ।

४० वर्षका लागि पातले छाँगो भाडामा लिन सेटिङ मिलाउने ठेकेदार कर्केन कुमार गुरुङ । उनले सयौं गुन्डाहरु वरपर राखेर कार्यक्रम स्थलमा आएका थिए ।
पातले छाँगोमा आन्तरिक र भारतीय पर्यटकको चाप रहने गर्छ। सिसाको पुलजस्ता संरचना सकारात्मक भए पनि प्रतिस्पर्धाहीन ठेक्का, पर्यावरणीय जोखिम र आर्थिक चलखेलको आरोपले विवाद चर्किएको छ। मेयर आचार्यको कार्यशैली र गुन्डाको सहाराले सुरक्षा लिनुपर्ने अवस्थाले महानगरको छविमा प्रश्न उठेको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई