
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, १९ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ जाल्पा रोड क्षेत्रमा सञ्चालित विभिन्न खाजा घरहरूमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट ११ जना महिलालाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाएको छ । पक्राउ पर्नेहरूमा एक महिला र तीन पुरुष रहेका छन् ।
प्रहरीका अनुसार, भदौ १७ गते दिउँसो करिब ३ः४५ बजे खाजा घरहरूमा होहल्ला र अनैतिक गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट विशेष टोली खटिएको थियो । सो क्रममा खाजा घर सञ्चालकहरूले अनैतिक क्रियाकलापमा संलग्न रहेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घटनास्थलमा प्रहरीले छापा मार्दा विभिन्न अनियमितता फेला परेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । यसबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, “अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय छ । यो घटनाले समाजमा व्याप्त यस्ता गतिविधिप्रति सतर्कता बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।“
पक्राउ पर्नेहरूमा चितवन जिल्ला घर भई हाल पोखरा महानगरपालिका–८ जाल्पा रोड बस्ने २८ वर्षीया सुनिता तामाङ पहिलो नाममा छन् । उनी खाजा घर सञ्चालनमा मुख्य भूमिका निर्वाह गरेको प्रहरीको दाबी छ । दोस्रोमा तनहुँ जिल्लाको व्यास नगरपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–८ सृजना चोक बस्ने १९ वर्षीय सुवास गुरुङ रहेका छन् । यसैगरी, बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–८ न्यू रोड बस्ने २१ वर्षीय सागर थापा मगर र सोही ठाउँका २१ वर्षीय शंकर थापा पनि पक्राउ परेका छन् । यी दुवै जनाले खाजा घर सञ्चालनमा सहयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने उद्धार गरिएका महिलाहरूको सुरक्षा र पुनस्र्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस घटनाले पर्यटकीय शहर पोखरामा यस्ता अनैतिक क्रियाकलाप बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराएको छ । स्थानीयवासीहरूले प्रहरीको यो कारबाहीलाई स्वागत गर्दै यस्ता गतिविधिविरुद्ध थप कडाइ गर्न माग गरेका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की