
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
३स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
४कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
५उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
९कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
१२पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
पोखरा, १८ भदौं । लेखनाथ उद्योग वाणिज्य संघको २९ वर्षे इतिहासमा पहिलोपटक एक सशक्त महिला नेतृ, जानुका पराजुली अधिकारी, सिङ्गो प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएकी छन्।
भदौ २० र २१ गते हुने संघको १५औँ अधिवेशनले नयाँ इतिहास रच्ने तयारी गरेको छ। यो निर्वाचन केवल नेतृत्व चयन मात्र होइन, लैङ्गिक समानता, समावेशीता र व्यवसायीहरूको हकहितका लागि सशक्त कदम हो। जानुका पराजुली को हुन् त? उनको यो सशक्त यात्रा कसरी सम्भव भयो? उनको प्रेरणादायी जीवनयात्रा र नेतृत्वको दृष्टिकोणलाई यहाँ संक्षिप्तमा उजागर गर्ने प्रयास गरिएको छ ।
जानुकाको बाल्यकालदेखि नेतृत्वसम्मको यात्रा :
कास्की जिल्लाको साविक थुम्की गाविस, वडा नं. २, फल्याङकोटमा पिता सूर्यबहादुर पराजुली र माता सीतादेवी पराजुलीको माइली छोरीको रूपमा जन्मिएकी जानुका पराजुलीले सानै उमेरदेखि नेतृत्वको बीज रोपेकी थिइन्। जटेश्वर निमावि, फल्याङकोटमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्दा उनले जुनियर रेडक्रस सर्कलको अध्यक्षको भूमिका निर्वाह गरिन्। विद्यालयमा पहिलोपटक महिला र पुरुषका लागि शौचालय निर्माणमा उनको योगदान उल्लेखनीय थियो। तत्कालीन प्रअ तीर्थराज न्यौपाने भन्छन्, ‘जानुका सानैदेखि नेतृत्व लिन सक्ने र सामाजिक कार्यमा सक्रिय थिइन्।’
माध्यमिक तहको अध्ययनका लागि घरबाट २ घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यताले उनलाई हेटौँडा, साइलो बाबाको घरमा पठाइयो। कक्षा १० मा अध्ययनरत रहँदा कास्कीको रुपाकोट गाविस, वडा नं. ५, धरमडाँडाका सूर्यबहादुर अधिकारीसँग सानो उमेरमा उनको विवाह भयो। विवाहपछि पनि उनले आर्थिक चूनौंतीसँग जुध्दैं आफ्नो पढाइलाई निरन्तरता दिइन्। पोखराको विन्धवासिनी मावि, बाटुलेचौरबाट उच्च माध्यमिक तह पूरा गरिन् र पहिलो सन्तान सुजना अधिकारीको जन्मपछि पनि स्वअध्ययनमार्फत पढाइलाई अगाडि बढाइन्। स्नातक तहको अन्तिम वर्षमा दोस्रो सन्तान सुजित अधिकारीको जन्म भयो। दुई सन्तानको लालनपालन, घरायसी जिम्मेवारी र अध्ययनलाई सन्तुलन गर्दै उनले पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर तह र कानुन विषयमा एलएलबी पूरा गरिन्।
जानुका भन्छिन्, ‘श्रीमान् विदेशमा हुनुहुन्थ्यो, दुई सन्तानको स्याहारसँगै पढाइलाई निरन्तरता दिनु निकै चुनौतीपूर्ण थियो। बिहान खाना बनाएर, छोराछोरीलाई स्कूल पुर्याउँदा समय निकाल्नै गाह्रो हुन्थ्यो। तर, पढ्ने सपनालाई कसैले रोक्न सक्दैनथ्यो।’ कम्मरमा पछेउरा बाँधेर, इयरफोनमा कलेजबाट ल्याएको अडियो रेकर्ड पुनः सुन्दै भाँडा माझ्ने, कपडा धुने र घर सफा गर्दै उनले आफ्नो पढाइ पूरा गरिन्। उनको यो सङ्घर्षले उनलाई समाजमा प्रेरणाको स्रोत बनाएको छ।
लेखनाथका व्यवसायीहरूले यो ऐतिहासिक अवसरमा जानुका र उनको सशक्त टिमलाई साथ दिँदै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ। उनको नेतृत्वले सङ्घलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।
सामाजिक अभियान र उद्यमशीलता :
जानुका एक गृहिणी, सामाजिक अभियान्ता, विद्यार्थी र व्यवसायीको रूपमा बहुआयामिक भूमिका निर्वाह गर्ने प्रेरणादायी व्यक्तित्व हुन्। उनले पोखराको बुढीबजारमा होराइजन कटेज एण्ड रेस्टुरेन्ट स्थापना गरी व्यवसायीको रूपमा कदम राखिन्। उनको नेतृत्वमा यो व्यवसायले स्थानीय समुदायमा रोजगारी सिर्जना गरेको छ। साथै, उनले उद्यमशीलता विकास सहजकर्ता, सहकारी प्रशिक्षक, मेलमिलाप सहजकर्ता र सामाजिक परिचालकको भूमिका निर्वाह गरिन्। समाजमा पछाडि परेका वर्गलाई कानुनी सचेतना र न्याय दिलाउने उनको अभियानले धेरैलाई प्रेरित गरेको छ।
उनको कोमल हृदय र तीक्ष्ण बुद्धिले समाजका कमजोर वर्गको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको छ। कविता, गीत र कथा लेखनमा समेत पोख्त जानुका हरेक मञ्चमा आफ्नो विचार र प्रस्तुति प्रभावकारी ढङ्गले राख्न सक्छिन्। उनले समाजमा लैङ्गिक समानता र समावेशीताको वकालत गर्दै पछाडि परेका वर्गको उत्थानमा निरन्तर काम गरिरहेकी छन्।
लेखनाथ उद्योग वाणिज्य संघमा योगदान :
जानुका पराजुलीले लेखनाथ उद्योग वाणिज्य संघमा विभिन्न भूमिकामा रहेर उल्लेखनीय योगदान पु¥याएकी छन्। वि.सं. २०७२ मा आमा समूह तथा सङ्घ–संस्था परिचालन समितिको संयोजकको रूपमा उनले प्रभावकारी कार्यसम्पादन गरिन्। २०७४–७६ मा महिला सदस्यको रूपमा कार्यसमितिमा निर्वाचित भएर तालिम समितिको संयोजकको भूमिका निर्वाह गरिन्। उनले सिपमूलक, नेतृत्व विकास र लेखा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरी सङ्घका सदस्यहरूको क्षमता अभिवृद्धि गरिन्।
२०७६–७८ मा कोषाध्यक्षको रूपमा निर्विरोध निर्वाचित भएर उनले सङ्घको आर्थिक प्रशासन नियमावली निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलिन्। आर्थिक पारदर्शिता र मितव्ययितालाई जोड दिँदै उनले सङ्घको वित्तीय व्यवस्थापनलाई सुदृढ बनाइन्। २०७८–८० मा उपमहासचिवको रूपमा उनले सदस्यता विस्तार र सिपमूलक तालिम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरिन्। १४औँ अधिवेशनमा महासचिव बनेर उनले सङ्घको इतिहासमा पहिलो महिला पदाधिकारीको कीर्तिमान रचिन्।
अध्यक्षका लागि जानुकाको सशक्त दावेदारी :
लेखनाथ उद्योग वाणिज्य संघको १५औँ अधिवेशनमा जानुका पराजुलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनको प्यानलमा अनुभव, युवा जोश र समावेशीताको सन्तुलन छ। उनको टिममा वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गङ्गा मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटी छन्। खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी छन्। एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल तथा महिला सदस्यमा शर्मिला श्रेष्ठ र गङ्गा परियारले उम्मेदवारी दिएका छन्।
जानुका भन्छिन्, “यो उम्मेदवारी केवल नेतृत्व चयन मात्र होइन, यो महिला सशक्तीकरण, लैङ्गिक समानता र व्यवसायीहरूको हितका लागि नयाँ जोशको प्रतीक हो।” उनको टिमले लेखनाथलाई पर्यटकीय हब बनाउने, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, बेगनास तालको तालबाराही मन्दिरको प्रचार गर्ने, कृषि क्षेत्रमा ब्रान्डिङ र बजारीकरणमा जोड दिने, दमकल सुविधा विस्तार गर्ने, कोसेलीघर स्थापना गरी महिलाको उत्पादनलाई बजारीकरण गर्ने र सिपमूलक तालिम सञ्चालन गर्ने योजना अघि सारेको छ।
प्रेरणादायी व्यक्तित्व र पारिवारिक समर्थन :
जानुकाका तीन दिदीबहिनीमध्ये जेठी दिदी शान्ता पराजुली स्थायी शिक्षक छिन् भने कान्छी बहिनी मानकुमारी पराजुली (नम्रता) पोखरा विश्वविद्यालयमा उपप्राध्यापक छिन्। उनका दाजु श्याम पराजुली र भाइ सुदिप पराजुली नेपाली सेनामा छन्। माता सीतादेवी भन्छिन्, ‘हाम्रा तीन छोरीहरू समाजमा उदाहरणीय बनेका छन्। विगतका दुख बिर्सन्छु, जब उनीहरूको सफलता देख्छु।’
नयाँ इतिहास रच्ने अवसर :
जानुका पराजुलीको उम्मेदवारीले लेखनाथ उद्योग वाणिज्य संघमा नयाँ युगको सुरुवात गर्ने सम्भावना बोकेको छ। उनको २३ बुँदे प्रतिबद्धताले व्यवसायीहरूको हित, पर्यटन प्रवद्र्धन र समावेशी विकासमा जोड दिएको छ। ‘इमानदारी, पारदर्शिता र लगनशीलता आजको आवश्यकता हो,’ भन्दै उनले सम्पूर्ण उद्योगी–व्यवसायीहरूलाई आफ्नो टिमलाई मत दिएर विजयी बनाउन अनुरोध गरेकी छन्।
लेखनाथका व्यवसायीहरूले यो ऐतिहासिक अवसरमा जानुका र उनको सशक्त टिमलाई साथ दिँदै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ। उनको नेतृत्वले सङ्घलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ