
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, १८ भदौ । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले कास्की जिल्लास्थित विभिन्न सामुदायिक विद्यालयका ४४ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण गरेको छ ।
आमा सेतुलीमाया शाक्यको १०६ औँ जन्मजयन्ती, पिता सिद्धिरत्न शाक्यको ५२ औँ पुण्यतिथि तथा प्रतिष्ठानको १९ औँ साधारण सभा अवसरमा उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
छात्रवृत्ति प्राप्त गर्नेहरूमा अमरसिंह मावि, कन्या क्याम्पस, महेन्द्र मावि, सिद्धार्थ आधारभूत विद्यालय आर्वा, कुँडहर आधारभूत विद्यालय, कन्या मावि, ज्ञानभूमि मावि, सिर्जना बहिरा मावि, नवप्रभात मावि, बालमन्दिर मावि र सहारा आधारभूत विद्यालयका विद्यार्थीहरू रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. एलियाम्मा जोन, प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बास्तोला, पूर्व अध्यक्षहरू नरेन्द्रमान लालचन, नारायण कार्की, समाजसेवी लक्की कार्की, कलाकार क्षेत्रलाल कायस्थ तथा क्याप्टेन मनबहादुर गुरुङले छात्रवृत्ति वितरण गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि डा. जोनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै जति प्रगति गरे पनि आफ्ना बाबुआमालाई कहिल्यै नभुल्नुपर्ने कुरामा जोड दिइन् । उनले भनिन्, ‘म त भन्छु, सबैको छोरा विश्व शाक्यजस्तो होस्, जसले बाबुआमाको स्मृतिमा कोषको सुरुवात गरेर आज यति धेरै विद्यार्थीले छात्रवृत्ति पाउन सफल भएका छन् ।’
उनले जर्ज जोन सरसँग विवाह गरेर आफू २०१९ सालतिर पोखरा आएको स्मरण गर्दै भनिन्, ‘सेतुलीमाया शाक्य अत्यन्तै सहयोगी र ज्ञानी महिला हुनुहुन्थ्यो ।’
संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक विश्वरत्न शाक्यले १७ भदौमा आमा सेतुलीमाया शाक्यको जन्मजयन्तीका अवसरमा शैक्षिक छात्रवृत्ति वितरण गर्ने गरिएको र त्यसबाहेक संस्थाले पुरस्कारहरू पनि प्रदान गर्दै आइरहेको बताए ।
पूर्व अध्यक्ष नारायण कार्कीले छात्रवृत्तिले विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पार्ने बताए ।
एकल महिला अभियन्ता विष्णु श्रेष्ठले विद्यादान सबैभन्दा ठूलो दान भएको उल्लेख गर्दै मानव भएर मानवोचित व्यवहार गर्नुपर्नेमा जोड दिइन् । छात्रवृत्ति प्राप्त गर्ने छात्र प्रदीप भट्टराईले विद्यार्थीको कर्म र लक्ष्यलाई जोड्ने काम प्रतिष्ठानले गरेको बताए ।
छात्रा सपना गिरीले अघिल्लो वर्ष पनि आफूले छात्रवृत्ति पाएको स्मरण गर्दै छात्रवृत्तिको रकम पढाइमै खर्च गरेको बताइन् ।
उक्त कार्यक्रमपछि दोस्रो सत्रमा सञ्चालित साधारण सभामा प्रतिष्ठानका सचिव इन्द्रकमल मानन्धरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द ताम्राकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र श्रेष्ठले गरेका थिए ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई