
१जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि मुछिए
२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
३समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
४संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
५‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
६लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
७बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
८आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
९अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१०राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
११राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, १७ भदौ । पोखरा महानगरपालिका वडा नं. ३३, भरतपोखरीस्थित बाघमारामा शुभतारा युवा क्लबको आयोजनामा बाघमारा महोत्सव हुने भएको छ। आगामी भदौ १९ देखि ३० गतेसम्म सञ्चालन हुने यो महोत्सवले स्थानीय कला, संस्कृति, र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य र तयारीबारे जानकारी दिइएको थियो।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष देबेन्द्र सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा सचिव स्वागत भुसालले सञ्चालन गरेका थिए भने सदस्य पुकार कार्कीले महोत्सवको उद्देश्यबारे प्रष्ट पारेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष रामचन्द्र अधिकारीले महोत्सवले भरतपोखरीको सांस्कृतिक सम्पदा, स्थानीय भाषा, गीत, नृत्य, परम्परा, र हस्तकलाको संरक्षण र प्रवद्र्धन गर्ने बताए। उनले यो महोत्सवले विभिन्न समुदाय र जनजातिहरूबीच एकता, सहकार्य, र आपसी समझदारी अभिवृद्धि गर्नुका साथै स्थानीय उत्पादन, हस्तकला, परिकार, र पर्यटनलाई बजारसँग जोडेर आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
वडाध्यक्ष अधिकारीले भने, “यो महोत्सवले खेलकुद, मनोरञ्जन, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, र वातावरण संरक्षणजस्ता विकासका क्षेत्रमा युवाहरूलाई संगठित गरी सहजीकरणको भूमिका खेल्नेछ।” उनले महोत्सवलाई सांस्कृतिक, सामाजिक, आर्थिक, र शैक्षिक दृष्टिकोणले समृद्ध बनाउन आयोजकलाई सुझाव दिए।
महोत्सवमा १४५ स्टल रहने र तीमध्ये ७० भन्दा बढी स्टल बुकिङ भइसकेको क्लबका अध्यक्ष सापकोटाले जानकारी दिए। स्टलहरूमा फेन्सी, गार्मेन्ट, भाँडाकुँडा, कृषि, बैंक तथा वित्तीय सेवा र रेस्टुरेन्टसम्बन्धी प्रदर्शनी हुने छन्। बालबालिकाका लागि बालउद्यान, रत्यौली, र विद्यालयस्तरीय नृत्य प्रतियोगिताजस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिनेछ।
पत्रकार सम्मेलनमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, निवर्तमान अध्यक्ष कविराज खनाल, स्थापनाकालीन अध्यक्ष भीमपाणि बराल, नेपाल टेलिभिजनका संवाददाता परशुराम शर्मा, पुष्प दाहाल, रेडियो सराङ्गकोटका कमल पौडेल, नेशनल एफएमका सन्दिप पौडेल, र रामशरण नेपालीलगायतका पत्रकारहरूले महोत्सवको उद्देश्य र प्रभावबारे जिज्ञासा राखेका थिए। जवाफमा अध्यक्ष सापकोटाले सांस्कृतिक संरक्षण, सामाजिक एकता, आर्थिक प्रवर्धन, पर्यटन आकर्षण, र शैक्षिक चेतना अभिवृद्धिका लागि महोत्सव आयोजना गरिएको बताउँदै सञ्चारमाध्यमको सहयोगको अपेक्षा गरे।
शुभतारा युवा क्लब २०७० सालमा स्थापना भएको सामाजिक, सांस्कृतिक, र युवा चेतना प्रवद्र्धनमा सक्रिय संस्था हो। स्थापनाकालदेखि नै यो क्लबले स्थानीय समाजको विकास, कला, संस्कृति, खेलकुद, र युवा प्रतिभा प्रवद्र्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ। यसअघि २०६९ सालमा बरेली युवा क्लबले भरतपोखरी हुँडीकोट महोत्सव आयोजना गरेको थियो।
आयोजकका अनुसार महोत्सव सम्पन्न गर्न करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बाघमारा महोत्सवले स्थानीय समुदायलाई एकताबद्ध बनाउन, पर्यटन प्रवद्र्धन गर्न, र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म