
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १२ भदौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको तयारी तीव्र भएको छ। सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार, सेप्टेम्बरबाट उडान सुरु गर्ने योजनासहित अनौपचारिक छलफल भएको छ। औपचारिक प्रक्रिया पूरा भएपछि उडान तालिका पेस हुने अपेक्षा छ। यो उडानले अष्ट्रेलिया आवतजावत गर्ने नेपालीलाई सहज हुने विश्वास छ। सिचुवानले यसअघि २०८० असारमा चार्टर्ड उडानमार्फत पोखरामा सेवा दिएको थियो।
यसैबीच, भूटान एयरलाइन्सले पनि पोखराबाट पारोका लागि सेप्टेम्बर २८ र अक्टोबरमा चार्टर्ड उडानको अनुमति मागेको छ। नियमित उडान सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो रुटमा ‘फिफ्थ फ्रिडम फ्लाइट’ सञ्चालन गर्ने योजना छ। हाल हिमालय एयरलाइन्सले मात्र पोखरामा हप्तामा एक दिन काठमाडौँ–ल्हासा–पोखरा रुटमा नियमित उडान गरिरहेको छ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेज र थाई एयर एसियाले विन्टर सिजनबाट नियमित उडान पुनः सुरु गर्ने तयारी गरेका छन्। थाई एयर एसियाले अक्टोबर २६ बाट हप्तामा दुई उडान गर्ने योजना बनाएको छ। जजिराले यसअघि दुईपटक भैरहवाबाट उडान गरेर स्थगित गरेको थियो। हाल भैरहवामा नेपाल एयरलाइन्सको उडान भने विमान अभावले रोकिएको छ।
पोखरा विमानस्थल २२ अर्ब लागतमा बनेको हो र वार्षिक आठ लाख यात्रुको क्षमता राख्छ। यो विमानस्थल २०७९ पुस १७ मा उद्घाटन भएको थियो। यस्तै, भैरहवा विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि सञ्चालनमा आएको हो। सरकारले यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न ल्यान्डिङ, पार्किङ, न्याभिगेसन र यात्रु सेवा शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिएको छ। यो सुविधा २०८१ साउन २८ देखि लागू भएको हो।
नेपालले ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ। प्राधिकरणका अनुसार, चार्टर्ड उडानका लागि अनुमति सहज छ, तर नियमित उडानका लागि पोखरा र भैरहवालाई आधार बनाएर थप सम्झौता पुनरावलोकन गरिनेछ। यी उडानहरूले दुवै विमानस्थलको व्यावसायिक उपयोगिता बढ्ने र पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन