
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, ३ भदौ । पोखराको रमणीय फेवाताल किनार र हिमाली काखमा आगामी असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदैछ । पोखरा–२२, पुम्दीभुम्दीमा पोखरा क्लिकको आयोजनामा हुने यो दौडले खेल पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । विश्व पर्यटन दिवसको अवसरमा आयोजित यो प्रतियोगितामा करिब २५० धावकले भाग लिने आयोजकको अपेक्षा छ ।
यो ८ किलोमिटरको दौड विश्वशान्ति स्तूपबाट सुरु हुनेछ । धावकहरूले पुम्दीकोटस्थित विशाल महादेवको मूर्तिको परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै निगालेडाँडाको कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन गर्नेछन् । अधिकांश बाटो पक्की भए पनि केही भाग ‘अफ रोड’ छ, जसले धावकलाई थप रोमाञ्चक अनुभव दिनेछ ।
प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार दौड ६ विधामा हुनेछः खुला, वडास्तरीय, महिला, यू–१६, भेट्रान्स (४० वर्षमाथि) र विदेशी । इच्छुक धावकले २ भदौदेखि २५ भदौसम्म अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।
यो वर्ष आयोजकले पुरस्कार राशि दोब्बर बनाएका छन् । खुला विधाको विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार र पाँचौंले ३ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । छैटौंदेखि दसौं स्थानसम्मकालाई १ हजार नगद, मेडल र प्रमाणपत्र दिइनेछ ।
वडास्तरीय, महिला र यू–१६ विधाका विजेताले १५ हजार र उपविजेताले ७ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स र विदेशी धावकतर्फ विजेतालाई पनि १५ हजार नगद पुरस्कार छ । कुल १८ जना पुरस्कृत हुँदा नगद पुरस्कारमा मात्रै २ लाख ६ हजार खर्च हुनेछ ।
गत वर्ष खुला विधामा एपिएफ क्लबका निरोज भट्ट क्षेत्रीले २५ हजार नगदसहित उपाधि जितेका थिए । त्यतिबेला बेलायत र ब्राजिलका धावकसहित १०४ जनाले दर्ता गरे पनि खराब मौसमका कारण ७९ जनाले मात्र दौड पूरा गरेका थिए ।
प्रतियोगिता संयोजक बरालले यो दौडलाई बिस्तारै म्याराथनकै स्वरूपमा विस्तार गर्ने योजना सुनाए । “हामी पोखरालाई खेल पर्यटनको गन्तव्य बनाउन चाहन्छौं,” उनले भने । विश्व पर्यटन दिवसको अवसरमा आयोजित यो दौडले पोखराको सौन्दर्य र संस्कृतिलाई विश्वमाझ चिनाउने अपेक्षा छ ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले यो प्रतियोगिताले आफ्नो वडालाई थप चिनाएको बताए । “पहिले विश्वशान्ति स्तूप, पछि विशाल महादेवको मूर्ति र बुद्ध पार्क, र अब यो पर्वतीय दौडले हाम्रो वडालाई नयाँ पहिचान दिएको छ,” उनले भने । उनले पोखरा–पञ्चासे ट्रयाक निर्माणको पहिलो चरण सुरु भएको जानकारी पनि दिए ।
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले यो दौडलाई पोखराको पर्यटकीय ‘प्रोडक्ट’का रूपमा हेरेका छन् । “यो प्रतियोगिताले पोखरालाई खेल र पर्यटनको उत्कृष्ट गन्तव्य बनाउनेछ,” उनले भने । अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बसुन्धरापार्कदेखि रानीवन हुँदै पञ्चासेसम्म दौडको रुट विस्तार गर्ने सुझाव दिए ।
विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङले दौडको सुरुवात स्तूपबाट हुने भएकाले आवश्यक व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । पोखरा–२२ युवा परिषद्का अध्यक्ष दिनेश बरालले स्वयंसेवक उपलब्ध गराएर प्रतियोगिता सफल बनाउने बताए । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले सञ्चारमाध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्राविधिक संयोजक ओम गुरुङले जस्तोसुकै मौसममा पनि दौड हुने बताए । “८ किमी होस् वा ४२ किमीको म्याराथन, हाम्रो नियम उस्तै हुन्छ,” उनले भने । धार्मिक र सांस्कृतिक महत्त्वका विश्वशान्ति स्तूप, महादेव मूर्ति र बुद्ध पार्क जोडिएको रुटमा धावकको व्यवस्थापन चुस्त बनाइने उनको भनाइ छ ।
आयोजकका अनुसार प्रतियोगिताको कुल खर्च १६ लाख ९१ हजार अनुमान गरिएको छ । खुला विधाको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश खेलकुद परिषद्, नेलम्बो नेपाल, ग्लेज नेचुरल स्प्रिङ वाटरलगायत प्रवद्र्धक र सहयोगी छन् ।
विश्वशान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, मजेष्टिक लेक फ्रन्ट होटल, हिमश्री फुड्स, पोखरा पर्यटन परिषद्, टान गण्डकी, सहारा स्पोर्टस् नेपाल, अटोवेज प्रालि, परिचय एड्भरटाइजिङ, पुइमे फास्ट फुडलगायतले सहयोग गरेका छन् ।
यो पर्वतीय दौडले पोखरालाई खेल र पर्यटनको विश्वस्तरीय गन्तव्य बनाउने बाटोमा महत्त्वपूर्ण कदम चालेको छ ।