
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा, २८ साउन । पोखरा–१३, आर्वा अमलाचौरमा युवाहरूले खेलकुदका माध्यमबाट संकलन गरेर बचेको रकम शिक्षा क्षेत्रमा सहयोग गरेका छन् । आर्वा अमलाचौरका युवाहरुको सक्रिय समन्वयमा आयोजित प्रथम अमलाचौर चापडाँडा भेन्टास भलिबल प्रतियोगिता–२०८१ बाट भएको आम्दानी शिक्षा क्षेत्रमा सहयोग गरिएको हो ।
अमलाचौरका युवाहरुले गत वर्ष फागुन २९ देखि चैत २ गतेसम्म प्रथम अमलाचौर चापडाँडा भेन्टास भलिवल प्रतियोगिता आयोजना गरेका थिए । भलिबल प्रेमीहरू, शुभचिन्तकहरू र स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले यो प्रतियोगिता निकै सफल भएको थियो । आयोजकहरूले यो कार्यक्रममार्फत् शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेका थिए, जसलाई उनीहरूले उल्लेखनीय रूपमा कार्यान्वयन गरेका छन्।
प्रतियोगिताको आर्थिक पक्षलाई पारदर्शी रूपमा प्रस्तुत गर्दै आयोजकहरूले जनाएअनुसार, भलिबल प्रेमीहरू, साथीभाइ र शुभचिन्तकहरूबाट कुल २ लाख ७७ हजार ५ सय ९१ रुपैयाँ संकलन भएको थियो। खेलकुद आयोजनाका लागि २ लाख १७ हजार ५ रुपैयाँ खर्च भएको र बाँकी ६० हजार ५ सय ८६ रुपैयाँ बचत भएको थियो । त्यसैगरी, २०८१ चैत १ देखि २०८२ साउन २८ गतेसम्मको अवधिमा प्राप्त ७ सय ५० रुपैयाँ ब्याज जोड्दा कुल बचत रकम ६१ ह्जार ३ सय ३६ पुगेको छ । यो रकमले आयोजकहरूको पारदर्शिता र आर्थिक व्यवस्थापनको कुशलता प्रष्ट झल्किएको छ ।
आयोजक समितिले प्रतियोगिताबाट बचत भएको रकमलाई शिक्षा क्षेत्रमा लगानी गर्ने आफ्नो प्रतिबद्धतालाई साकार पार्दै स्थानीय विद्यालयहरूलाई सहयोग प्रदान गरेको छ। पोखरा–१३, आर्वा अमलाचौरस्थित अमरज्योति आधारभूत विद्यालयलाई रु १५ हजार रुपैयाँ नगद र ७ हजार ५ सय बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ। त्यस्तै, सिमला आधारभूत विद्यालय, पोखरा–१३, आर्वालाई १० हजार रुपैयाँ नगद सहयोग गरिएको छ।
यस्तै, आर्वा विजय माध्यमिक विद्यालय, पोखरा–१३, डाँडबेसीलाई पनि १५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ। यी सहयोगहरूले स्थानीय विद्यालयहरूको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यी सबै सहयोगपछि आयोजक समितिसँग १३ हजार ८ सय ३६ रुपैयाँ बचत रकम बाँकी रहेको छ, जुन भविष्यमा थप सामाजिक कार्यहरूमा उपयोग गरिने योजना युवाहरुको रहेको छ ।
यो प्रतियोगिताको सफलतामा आयोजक समितिको नेतृत्वदायी भूमिका उल्लेखनीय रहेको छ। कार्यक्रम संयोजकहरूमा देवेन्द्र परियार, सुरज अधिकारी र शम्भु सिग्देलले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। खेल संयोजकका रूपमा अमृत परियार र श्री अधिकारीले प्रतियोगितालाई व्यवस्थित र रोमाञ्चक बनाउन योगदान पुर्याए। त्यस्तै, आर्थिक संयोजकहरू रामप्रसाद बराल र लक्ष्मण प्रसाद बरालले आर्थिक व्यवस्थापनमा कुशलता देखाएका थिए । यी सबैको सामूहिक प्रयासले कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव छोडेको छ।
आयोजक समितिले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र शिक्षा क्षेत्रमा अझ ठूलो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। “हामीलाई सधैंझैं भलिबल प्रेमीहरू, शुभचिन्तकहरू र समुदायको साथ र सहयोगको अपेक्षा छ,” कार्यक्रम संयोजक देवेन्द्र परियारले भने। यो प्रतियोगिताले स्थानीय समुदायमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै युवाहरूको सामाजिक कार्यमा सक्रियता र एकताको उदाहरण प्रस्तुत गरेको छ।