
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
पोखरा, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पोखरामा आयोजित रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन्। मन्त्री नियुक्तिपछि पहिलो पटक पोखरा पुगेकी उनले शनिबार पोखरा इभेन्ट सेन्टरमा आयोजित फेस्टको अवलोकन गरिन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका र यूएनडीपीका प्रतिनिधिहरूले उनको स्वागत गरे।
फेस्टमा पुराना प्लास्टिक, सिसा, कपडा आदि फोहोरबाट बनाइएका सामग्रीहरू प्रदर्शन गरिएको थियो। मन्त्री न्यौपानेले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना भएकोमा प्रशंसा गर्दै भनिन्, “यो फेस्टले फोहोर व्यवस्थापन मात्र होइन, रोजगारी सिर्जनाको उदाहरण पनि प्रस्तुत गरेको छ। यो परियोजना नेपालका अन्य सहरका लागि पनि अनुकरणीय बन्न सक्छ।” उनले फेस्टमा सहभागी आरयू उद्यमीहरूलाई प्रोत्साहनसमेत गरिन्।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना’ परियोजना (जीसीआरयू) अन्तर्गत यो फेस्ट शुक्रबारदेखि सुरु भएको थियो।
फेस्टको अन्तिम दिन शनिबार उत्पादकहरूलाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउन संवाद सत्र आयोजना गरियो। अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा उद्योग वाणिज्य संघ, वातावरणविद् र व्यवसायीहरूसँग छलफल चलाए।
फेस्टमा कम गुणस्तरका प्लास्टिकबाट घरायसी सामान, काठको विकल्पमा रिसाइकल प्लास्टिक, र प्लास्टिकबाट कालोपत्र बनाउने प्रविधिको प्रदर्शन गरियो। फोहोरबाट निर्मित कपडा र अन्य सामग्रीहरू पनि प्रदर्शनीमा राखिए। दुई दिनसम्म चलेको फेस्टमा करिब ५ हजार जनाले अवलोकन गरे। फेस्टको उद्घाटन शुक्रबार मेयर आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ र यूएनडीपीका प्रतिनिधि जुलियन चेभीलार्डले गरेका थिए।
फेस्टमा नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्राविधिक डेमो, जलवायु, दिगो पर्यटन, हरित उद्यमशीलता, प्लास्टिक टू रोड प्रविधि, युवा कार्यशाला, सार्वजनिक कला प्रदर्शनी र दक्षिण कोरियाको अनुभवबारे विशेष संवाद सत्रहरू सञ्चालित भए।
परियोजना अन्तर्गत कोइकाको ९.८ मिलियन र यूएनडीपीको ०.८७ मिलियन अमेरिकी डलर सहयोगमा पोखरामा ग्रिन भेन्चर जोन (जिभिजेड) सेन्टर निर्माण भइरहेको छ। महानगरपालिका क्षेत्रमा १३६ सामुदायिक समूहलाई तालिम र प्राविधिक सहयोग प्रदान गरिएको छ। मेयर आचार्यले भने, “यो परियोजनाले युवालाई रोजगारीमा जोड्नुका साथै हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ।”
यो परियोजनाले फोहोर व्यवस्थापनमार्फत हरित रोजगारी र चक्रीय अर्थतन्त्रको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। महानगरपालिकाले दिगो नीतिमार्फत परियोजनाको स्वामित्व लिनेछ र आगामी दुई वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने योजना छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन