
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो।
पोखरा, १३ साउन । पोखराको सडकमा एक युवतीको इज्जत लुटिनबाट जोगाउँदा ज्यान मार्ने उद्योगको झूठो आरोपमा फसाइएका पोखरा–२२ का लोकबहादुर थापालाई कास्की जिल्ला अदालतले मंगलबार ५० हजार धरौटीमा रिहा गरेको छ।
न्यायाधीश नवराज दाहालको एकल इजलासले थापालाई धरौंटीमा रिहा गर्ने आदेश दिएको हो। थापाको पक्षबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले प्रतिरक्षा बहस गरेका थिए ।
गत असार १४ गते राति पोखरा–८, रत्नचोकस्थित सेभेन स्टार रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया युवतीमाथि दुई शिक्षकले बलात्कारको प्रयास गरेका थिए।
गत असार १४ गते राति पोखरा–८, रत्नचोकस्थित सेभेन स्टार रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया युवतीमाथि दुई शिक्षकले बलात्कारको प्रयास गरेका थिए। विन्दवासिनी माविका सहायक प्रधानाध्यापक ५२ वर्षीय भेषराज पौडेल (स्याङ्जा, आँधिखोला–४, हाल पोखरा–१५) र भारतीय पेन्सन क्याम्पका आईटी अफिसर ४५ वर्षीय दीपक सापकोटा (पोखरा–१५) ले रक्सीको नशामा युवतीमाथि यौन दुर्व्यवहार र बलात्कारको प्रयास गरेका थिए।
थापाको पक्षबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले प्रतिरक्षा बहस गरेका थिए ।
रेस्टुरेन्टभित्रै युवतीका संवेदनशील अंगमा छुने, समात्ने र यौन प्रस्ताव राख्ने यी दुईले युवतीले अस्वीकार गरेपछि उनको घर फर्कने समय कुरेर नियोजित रूपमा ढुकेर बसे। त्यो झरीको रात, युवती आफ्ना अभिभावकको पर्खाइमा सडकमा उभिएकी थिइन्।
भेषराज र दीपकले अन्य कर्मचारीले गुहार नदिऊन् भनेर रेस्टुरेन्टको मुख्य ढोका बाहिरबाट बन्द गरिदिए। त्यसपछि, उनीहरूले युवतीलाई खेद्दै गण्डकी प्रदेश प्रमुखको निवास नजिकैको अँध्यारो ग्यारेजमा पुर्याएर बलात्कारको प्रयास गरे। युवती भागेर रेस्टुरेन्ट नजिकै पुग्दा चिच्याएर गुहार मागिन्।
युवतीको हारगुहार सुनेर लोकबहादुर थापा, जो सेभेन स्टार नजिकै खाजा घर सञ्चालक हुन्, काखमा च्यापेकी छोरी श्रीमतीलाई सुम्पेर तत्काल दौडिए। रुँदै आएकी युवतीको पीडा देखेर उनको मन थामिएन।पछि लाग्दै आएका भेषराजलाई उनले एक थप्पड हाने, रक्सीले लठ्ठिएका भेषराज सडकमा ढले। प्रहरीले भेषराज र भाग्न खोजेका दीपकलाई गण्डकी मेडिकल कलेजमा भर्ना गर्यो, तर उनीहरू बिहान प्रहरीलाई खबर नगरी भागे।
रुँदै आएकी युवतीको पीडा देखेर उनको मन थामिएन। पछि लाग्दै आएका भेषराजलाई उनले एक थप्पड हाने, रक्सीले लठ्ठिएका भेषराज सडकमा ढले।
भोलिपल्ट दीपकले लोकबहादुरकी श्रीमतीसँग माफी माग्दै वैदाम प्रहरी चौकीमा मिलापत्र गरे। तर, भेषराज र उनको परिवारले यो घटनालाई ढाकछोप गर्न ठूलो षड्यन्त्र रचे। भेषराजकी श्रीमती पार्वतीदेवी शर्माले उल्टै लोकबहादुरविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिइन्, जसले एक थप्पडको आधारमा उनलाई फसाउने प्रयास भयो।
भेषराजले रक्सीको नशामा यस्ता घृणित हर्कत बारम्बार दोहोर्याउने गरेको उनलाई चिन्नेजान्ने र नजिकैंका छिमेकीहरु बताउँछन् । उनको टाउकाको पहिलादेखि नैं समस्या भएको र उपचारका लागि काठमाडौं अस्पतालमा बारम्बार जाने गरेका तस्विरहरु आफैंले सामाजिक सञ्जालमा राख्दैं आईरहेका थिए । तर लोकबहादुरलाई फसाउन उनको परिवारले सकेजति प्रयास गरे पनि अदालत सामु भने असफल हुन पुगे ।
भेषराजले रक्सीको नशामा यस्ता घृणित हर्कत बारम्बार दोहोर्याउने गरेको र टाउकाको पहिलादेखि नैं समस्या भएकोले उपचारका लागि काठमाडौं अस्पतालमा बारम्बार जाने गरेका तस्विरहरु आफैंले सामाजिक सञ्जालमा राख्दैं आईरहेका थिए ।
भेषराजले रेस्टुरेन्टमा रक्सी खाएर बिलसमेत तिर्न नसकेपछि उनको स्कुटी र चाबी धितोमा राखिएको थियो। पछि उनकी बुहारीले बिल तिरेर स्कुटी फिर्ता लगिन्। भेषराजको परिवारले यी सबै हर्कत ढाक्न एक युट्युबरमार्फत गलत सूचना फैलाउने कोसिस गरे।
तर, डन न्यूजको टोलीले प्रत्यक्षदर्शी र सिसिक्यामेरा फुटेजको गहन अध्ययनपछि सत्य उजागर गर्यो, जसले लोकबहादुरको साहस र मानवतालाई सबैका सामु प्रस्तुत गर्यो।
भेषराजको परिवारले लोकबहादुरलाई फसाएर निजी अस्पतालको खर्च तिराउने र यौनहिंसाको अपराध लुकाउने प्रयासलाई सिसिक्यामेरा र सत्यको बलले विफल बनाएको छ।
लोकबहादुरको रिहाइले पोखरामा न्यायको जीत भएको स्थानीयले बताएका छन्। भेषराजको परिवारले उनलाई फसाएर निजी अस्पतालको खर्च तिराउने र यौनहिंसाको अपराध लुकाउने प्रयासलाई सिसिक्यामेरा र सत्यको बलले विफल बनाएको छ। यो घटनाले समाजमा साहसी र इमानदार व्यक्तिहरूको सम्मान बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यो घटनामा शिक्षक दीपक सापकोटालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मुख्य अभियुक्त भेषराज भने विरामी भएका कारण घरमा आराम गरिरहेका छन् । भेषराजलाई पीडित युवतीले जबरजस्ती करणीमा मुद्दा दायर गर्ने गरी कानुनी लडाईको तयारीमा जुटिरहेकी छिन् । अदालतले यो घटनामा मुख्य योजनाकार भेषराज देखिएको भन्दैं अर्का शिक्षक दीपकलाई सामान्य तारेखमा रिहा गरिदिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु