
१५३ मृतकका परिवारलाई ८ करोड राहत
२मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
३प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
४निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
७‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
९प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
नेपाल राष्ट्र बैंकको अनुसन्धानले एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ठगी गर्ने कार्यमा सबैभन्दा अगाडि रहेको देखाएको छ।
पोखरा, ९ साउन । नेपालमा सहकारी ठगीका कारण अर्बौं रुपैयाँ हिनामिना भएर सर्वसाधारणले दुख भोगिरहेका बेला, बैंक तथा वित्तीय संस्थाहरू पनि उस्तै ठगीधन्दा र गलत क्रियाकलापमा संलग्न भएको खुलासा भएको छ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा गरेको अनुसन्धानले एनआईसी एसिया बैंक, पोखरा फाइनान्स, सिटिजन्स बैंक इन्टरनेशनल र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गैरकानुनी गतिविधि गरेको पुष्टि भएपछि यी संस्थाहरूलाई कारबाही र जरिवाना गरेको छ।
एनआईसी एसिया बैंकले ऋणीहरूसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, व्याजदर (स्थिर वा परिवर्तनीय), र किस्ता सम्बन्धी व्यवस्था स्पष्ट र सरल भाषामा उल्लेख नगरेको पाइएको छ।
एनआईसी एसिया बैंकको ठगीधन्दा : ग्राहकमाथि अन्याय
नेपाल राष्ट्र बैंकको अनुसन्धानले एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ठगी गर्ने कार्यमा सबैभन्दा अगाडि रहेको देखाएको छ। यो बैंकले ऋणीहरूसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, व्याजदर (स्थिर वा परिवर्तनीय), र किस्ता सम्बन्धी व्यवस्था स्पष्ट र सरल भाषामा उल्लेख नगरेको पाइएको छ। त्यस्तै, व्याजदर परिवर्तन गर्दा ऋणीलाई जानकारी नदिई मनपरी ब्याज असुल गरेको र सहकारी ठगीको जस्तै फितलो व्यवस्थापनका कारण पटक–पटक विवादमा परेको छ।
राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई यस्ता गलत कार्य रोक्न सचेत गराएको छ। यी गतिविधिले बैंकमा कारोबार गर्ने ग्राहकहरू झस्किएका छन्। “हामीले विश्वास गरेर पैसा राखेका छौं, तर बैंकले नै यस्तो ठगी गर्छ भने हाम्रो बचत कहाँ सुरक्षित हुन्छ?” एक ग्राहकले आक्रोश व्यक्त गरे।
पोखरा फाइनान्सको लापरबाही : ३२ लाख जरिवाना
पोखराको नामुद मिटरब्याजी कारोबारीको संलग्नता रहेको भनिएको पोखरा फाइनान्सले पनि नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएको छ। राष्ट्र बैंकले यो फाइनान्सलाई २०८१ माघ २७ देखि चैत २३ सम्म न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ३२ लाख ७७ हजार रुपैयाँ जरिवाना गरेको छ। यस्तो लापरबाहीले फाइनान्सको वित्तीय अवस्था कमजोर भएको र बचतकर्ताको पैसा जोखिममा परेको देखिन्छ।
सिटिजन्स बैंकको गलत रणनीति
सिटिजन्स बैंक इन्टरनेशनलले पनि राष्ट्र बैंकको निर्देशनविपरीत गलत काम गरेको पाइएको छ। बैंकले प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गर्न करार सम्झौतामा अनधिकृत संशोधन गरेको, फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगमा आन्तरिक लेखापरीक्षण नगरेको, ब्याजदर गणनामा गल्ती गरेको र पुरानो कर्जा चुक्ता गर्न नयाँ कर्जा प्रवाह गरेको पाइएको छ। त्यस्तै, बैंक जमानतको भुक्तानी तोकिएको समयमा नगरेको र चालुपुँजी सम्बन्धी मार्गदर्शन पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।
गुहेश्वरी मर्चेन्टको अनियमितता
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले कर्मचारीको उपदान सम्बन्धी विनियमावलीमा राष्ट्र बैंकको स्वीकृतिबिना संशोधन गरेको र सञ्चालक नियुक्ति प्रक्रियामा पनि लापरबाही गरेको पाइएको छ। वार्षिक साधारण सभाअघि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको र सभा समापनपछि मात्र सञ्चालक नियुक्त गरेको भन्दै राष्ट्र बैंकले सञ्चालक समितिलाई सचेत गराएको छ।
यो घटनाले नेपालको बैंकिङ क्षेत्रमा गम्भीर अनियमितता र ठगीधन्दा मौलाएको देखाएको छ। सहकारी ठगीले पहिल्यै सर्वसाधारणको अर्बौं रकम डुबाएको अवस्थामा बैंकहरूको यस्तो गैरजिम्मेवार व्यवहारले बचतकर्ताहरूको विश्वास गुम्ने खतरा बढेको छ। नेपाल राष्ट्र बैंकले यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाहीको प्रक्रिया सुरु गरेको भए पनि बचतकर्ताहरूलाई आफ्नो पैसा सुरक्षित राख्न सचेत रहन जरुरी छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी