
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
अधिकांश पदाधिकारीले भदौ २०–२१ लाई उपयुक्त ठाने, किनभने साधारणसभाका लागि प्रतिवेदन तयारी, निर्वाचन आयुक्त छनोट र निर्वाचन प्रक्रियालाई समय चाहिन्छ। तर, अध्यक्ष श्रेष्ठले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै “मिति पछि तय गरौँ” भन्दै बैठक समापनको घोषणा गरे।
लेखनाथ, ८ साउन । लेखनाथ उद्योग वाणिज्य संघ, जुन कुनै बेला व्यवसायीहरूको गौरवमय छाता संगठन थियो, यतिबेला लज्जास्पद विवादको कालो बादलमुनि छ । संघको १५औँ अधिवेशन र २९औँ साधारणसभाको मिति तोक्ने क्रममा अध्यक्ष विनोद श्रेष्ठले महासचिव जानुका अधिकारी पराजुलीमाथि गरेको अशोभनीय व्यवहारले संगठनको साखमाथि कालो दाग लागेको छ।
यो घटनाले नेतृत्वको नैतिकता, लैंगिक संवेदनशीलता र विधानको सम्मानमाथि गम्भीर प्रश्न उठाएको छ। पुराना सदस्य खारेजीको विवादले तातिएको माहोलमा अध्यक्षको यो हर्कतले आगोमा घिउ थपेको छ।
सोमबारको कार्यसमिति बैठकमा साधारणसभा र अधिवेशनको मिति तय गर्ने एजेन्डा थियो। छलफलको माहोल तात्दै थियो जब भदौ १४–१५ र भदौ २०–२१ को मितिमा बहस चर्कियो। अधिकांश पदाधिकारीले भदौ २०–२१ लाई उपयुक्त ठाने, किनभने साधारणसभाका लागि प्रतिवेदन तयारी, निर्वाचन आयुक्त छनोट र निर्वाचन प्रक्रियालाई समय चाहिन्छ। तर, अध्यक्ष श्रेष्ठले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै “मिति पछि तय गरौँ” भन्दै बैठक समापनको घोषणा गरे।
यसपालि लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा नयाँ इतिहास रच्ने भन्दैं नयाँ पुस्ता र व्यवसायीहरुमा महिला अध्यक्ष उमेदवारप्रति छुट्टै उत्साह देखिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको भवन ।।
यो एकलौटी रवैयाले बैठकको माहोल तनावग्रस्त बन्यो। बहुमत पदाधिकारीले महासचिव जानुका अधिकारीलाई निर्णय लेख्न आग्रह गरे। तर, जब महासचिवले विधानअनुसार भदौ २०–२१ को मिति लेख्न थालिन्, अध्यक्ष श्रेष्ठले उनको हातबाट निर्णय पुस्तिका खोस्ने निन्दनीय प्रयास गरे।
एक महिला महासचिव, जो आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी थिइन्, माथि यस्तो व्यवहार! बैठकमा उपस्थित पदाधिकारीहरू यो दृश्यले स्तब्ध भए। एक सदस्यले आक्रोशित हुँदै भने, “यो त लज्जास्पद छ ! अध्यक्षजस्तो व्यक्तिबाट यस्तो व्यवहार? यो भद्रताको सीमा नाघ्ने काम हो!”
महासचिव जानुका अधिकारीले हिम्मत हारिनन्। उनले अन्य पदाधिकारीको साथमा निर्णय पुस्तिका खोस्नबाट जोगाइन् र बहुमतको सहमतिमा भदौ २०–२१ मा अधिवेशन र साधारणसभा गर्ने निर्णय लेखिन्। बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी, द्वितीय उपाध्यक्ष त्रिक्रम कर्माचार्य, उपमहासचिव भरत ओझा र कोषाध्यक्ष ध्रुव भट्टराईसहित सबै सदस्यले हस्ताक्षर गरे।
तर, अध्यक्ष श्रेष्ठले यो निर्णयलाई “अवैध” भन्दै बैठक छाडेर हिँडे। उनले भने, “मैले माइन्यूट खोसेको हो, किनभने मिटिङ सकिएको थियो। उहाँले जथाभावी लेख्न थाल्नुभयो।” यो बयानले उनको गैरजिम्मेवार रवैया र विधानविपरीतको अडानलाई उजागर गर्छ।
अध्यक्ष श्रेष्ठको यो व्यवहारले लैंगिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। एक महिला महासचिवमाथि यस्तो अशोभनीय हर्कत गर्नुले उनको नेतृत्व शैली र नैतिकतामाथि प्रश्नचिह्न खडा भएको छ। कार्यसमितिका एक सदस्यले भने, “यो केवल निर्णय पुस्तिका खोस्ने कुरा होइन, यो त शक्ति दुरुपयोग र लैंगिक भेदभावको स्पष्ट उदाहरण हो। यस्तो व्यवहारले संघको साखलाई तहसनहस बनाएको छ।”
यो विवादले संघको आसन्न निर्वाचनलाई थप पेचिलो बनाएको छ। व्यवसायीहरू दुई प्यानलमा विभाजित भएर प्रचारमा जुटेका छन्।
महासचिव जानुकासँग सम्पर्क हुन नसके पनि बैठकमा उपस्थित अन्य सदस्यहरूले यो घटनालाई संगठनको इतिहासमा कालो दिनको रूपमा लिएका छन्। यो घटनाले व्यवसायीहरूको विश्वासमाथि ठूलो आघात पुगेको छ। यो विवादले संघको आसन्न निर्वाचनलाई थप पेचिलो बनाएको छ। व्यवसायीहरू दुई प्यानलमा विभाजित भएर प्रचारमा जुटेका छन्।
व्यवसायीहरूको हित र संगठनको साख जोगाउन अबको निर्वाचनले लैंगिक संवेदनशीलता भएको, पारदर्शी, समावेशी र जिम्मेवार कुशल नेतृत्व चयन गर्नुपर्छ। यो लज्जास्पद अध्यायलाई पाठ बनाएर संघले आफ्नो गौरव फर्काउन सक्ला त ? यो प्रश्नको जवाफ समयले दिनेछ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी