
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
अधिकांश पदाधिकारीले भदौ २०–२१ लाई उपयुक्त ठाने, किनभने साधारणसभाका लागि प्रतिवेदन तयारी, निर्वाचन आयुक्त छनोट र निर्वाचन प्रक्रियालाई समय चाहिन्छ। तर, अध्यक्ष श्रेष्ठले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै “मिति पछि तय गरौँ” भन्दै बैठक समापनको घोषणा गरे।
लेखनाथ, ८ साउन । लेखनाथ उद्योग वाणिज्य संघ, जुन कुनै बेला व्यवसायीहरूको गौरवमय छाता संगठन थियो, यतिबेला लज्जास्पद विवादको कालो बादलमुनि छ । संघको १५औँ अधिवेशन र २९औँ साधारणसभाको मिति तोक्ने क्रममा अध्यक्ष विनोद श्रेष्ठले महासचिव जानुका अधिकारी पराजुलीमाथि गरेको अशोभनीय व्यवहारले संगठनको साखमाथि कालो दाग लागेको छ।
यो घटनाले नेतृत्वको नैतिकता, लैंगिक संवेदनशीलता र विधानको सम्मानमाथि गम्भीर प्रश्न उठाएको छ। पुराना सदस्य खारेजीको विवादले तातिएको माहोलमा अध्यक्षको यो हर्कतले आगोमा घिउ थपेको छ।
सोमबारको कार्यसमिति बैठकमा साधारणसभा र अधिवेशनको मिति तय गर्ने एजेन्डा थियो। छलफलको माहोल तात्दै थियो जब भदौ १४–१५ र भदौ २०–२१ को मितिमा बहस चर्कियो। अधिकांश पदाधिकारीले भदौ २०–२१ लाई उपयुक्त ठाने, किनभने साधारणसभाका लागि प्रतिवेदन तयारी, निर्वाचन आयुक्त छनोट र निर्वाचन प्रक्रियालाई समय चाहिन्छ। तर, अध्यक्ष श्रेष्ठले यो प्रस्तावलाई ठाडै अस्वीकार गर्दै “मिति पछि तय गरौँ” भन्दै बैठक समापनको घोषणा गरे।
यसपालि लेखनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा नयाँ इतिहास रच्ने भन्दैं नयाँ पुस्ता र व्यवसायीहरुमा महिला अध्यक्ष उमेदवारप्रति छुट्टै उत्साह देखिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको भवन ।।
यो एकलौटी रवैयाले बैठकको माहोल तनावग्रस्त बन्यो। बहुमत पदाधिकारीले महासचिव जानुका अधिकारीलाई निर्णय लेख्न आग्रह गरे। तर, जब महासचिवले विधानअनुसार भदौ २०–२१ को मिति लेख्न थालिन्, अध्यक्ष श्रेष्ठले उनको हातबाट निर्णय पुस्तिका खोस्ने निन्दनीय प्रयास गरे।
एक महिला महासचिव, जो आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकी थिइन्, माथि यस्तो व्यवहार! बैठकमा उपस्थित पदाधिकारीहरू यो दृश्यले स्तब्ध भए। एक सदस्यले आक्रोशित हुँदै भने, “यो त लज्जास्पद छ ! अध्यक्षजस्तो व्यक्तिबाट यस्तो व्यवहार? यो भद्रताको सीमा नाघ्ने काम हो!”
महासचिव जानुका अधिकारीले हिम्मत हारिनन्। उनले अन्य पदाधिकारीको साथमा निर्णय पुस्तिका खोस्नबाट जोगाइन् र बहुमतको सहमतिमा भदौ २०–२१ मा अधिवेशन र साधारणसभा गर्ने निर्णय लेखिन्। बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी, द्वितीय उपाध्यक्ष त्रिक्रम कर्माचार्य, उपमहासचिव भरत ओझा र कोषाध्यक्ष ध्रुव भट्टराईसहित सबै सदस्यले हस्ताक्षर गरे।
तर, अध्यक्ष श्रेष्ठले यो निर्णयलाई “अवैध” भन्दै बैठक छाडेर हिँडे। उनले भने, “मैले माइन्यूट खोसेको हो, किनभने मिटिङ सकिएको थियो। उहाँले जथाभावी लेख्न थाल्नुभयो।” यो बयानले उनको गैरजिम्मेवार रवैया र विधानविपरीतको अडानलाई उजागर गर्छ।
अध्यक्ष श्रेष्ठको यो व्यवहारले लैंगिक संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। एक महिला महासचिवमाथि यस्तो अशोभनीय हर्कत गर्नुले उनको नेतृत्व शैली र नैतिकतामाथि प्रश्नचिह्न खडा भएको छ। कार्यसमितिका एक सदस्यले भने, “यो केवल निर्णय पुस्तिका खोस्ने कुरा होइन, यो त शक्ति दुरुपयोग र लैंगिक भेदभावको स्पष्ट उदाहरण हो। यस्तो व्यवहारले संघको साखलाई तहसनहस बनाएको छ।”
यो विवादले संघको आसन्न निर्वाचनलाई थप पेचिलो बनाएको छ। व्यवसायीहरू दुई प्यानलमा विभाजित भएर प्रचारमा जुटेका छन्।
महासचिव जानुकासँग सम्पर्क हुन नसके पनि बैठकमा उपस्थित अन्य सदस्यहरूले यो घटनालाई संगठनको इतिहासमा कालो दिनको रूपमा लिएका छन्। यो घटनाले व्यवसायीहरूको विश्वासमाथि ठूलो आघात पुगेको छ। यो विवादले संघको आसन्न निर्वाचनलाई थप पेचिलो बनाएको छ। व्यवसायीहरू दुई प्यानलमा विभाजित भएर प्रचारमा जुटेका छन्।
व्यवसायीहरूको हित र संगठनको साख जोगाउन अबको निर्वाचनले लैंगिक संवेदनशीलता भएको, पारदर्शी, समावेशी र जिम्मेवार कुशल नेतृत्व चयन गर्नुपर्छ। यो लज्जास्पद अध्यायलाई पाठ बनाएर संघले आफ्नो गौरव फर्काउन सक्ला त ? यो प्रश्नको जवाफ समयले दिनेछ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी