
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
‘चिनियाँहरूले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गर्ने र पछि यौन शोषण वा अलपत्र पार्ने प्रवृत्ति देखिएको छ।’ एसपी श्यामबाबु ओलिया
पोखरा, ८ साउन । पोखराको रमणीय तालतलैया र हिमालको काखमा अपराधको कालो छायाँ मडारिन थालेको छ। नेपालका प्रमुख शहरहरू काठमाडौं, पोखरा, चितवनलगायतका क्षेत्रमा चिनियाँ नागरिकहरूको उपस्थिति बाक्लिँदै जाँदा उनीहरूको संलग्नता विभिन्न अवैध गतिविधिमा पनि उत्तिकै बढ्दो छ।
पोखराको शान्त वातावरणमा चिनियाँ नागरिकहरूको अपराधले कालो बादल मडारिन थालेको छ। मानव बेचबिखन, यौन शोषण, राजस्व छली, र ठगी जस्ता अपराधहरूले नेपाली समाजलाई गम्भीर चुनौती दिइरहेको छ।
विशेषगरी, मानव बेचबिखन, यौन शोषण, ठगी, राजस्व छली, र सामाजिक सञ्जालमार्फत ठूलो टोली बनाएर लुटपाट गर्ने जस्ता अपराधमा चिनियाँ नागरिकहरूको नाम जोडिन थालेको छ। मानव बेचबिखन तथा ओसार पोसार र बलात्कार मुद्दामा पोखराबाट मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर एक वर्ष भित्रमा ४ जनालाई चलाई सकेको छ । यतिबेला ति चाइनिज नागरिकहरु कास्की कारागारमा थुनामा छन् ।
“उनीहरूले बिचौलियामार्फत विपन्न परिवारका युवतीहरू पहिचान गर्छन्। विवाहको प्रलोभनमा पारेर यौन शोषण गर्छन् वा अलपत्र पार्छन् ।”
चीन पुर्याएर अमानवीय यौन हिंसाको यातना
नेपालबाट विवाहको प्रलोभनमा पारेर चीन पुर्याइएकी एक नेपाली महिलाको कथा सुन्दा जोकोहीको मन कटक्क खान्छ। डन न्यूजसँगको कुराकानीमा उनले आफूमाथि भएको अमानवीय यातनाको चीत्कारपूर्ण वर्णन गरिन्।
“यहाँबाट विवाहको सपना बोकेर गएँ, तर त्यहाँ मेरो जीवन नर्क बन्यो। श्रीमान्, उनको भाइ, बुबा र छिमेकीहरूले समेत मलाई जबरजस्ती यौन सम्बन्ध राख्न बाध्य बनाउँथे। यो यौन हिंसाको यातना अकल्पनीय र कहालीलाग्दो थियो,” उनले आँसुले भिजेको स्वरमा भनिन्।
उनको अनुभवले चिनियाँ नागरिकहरूले नेपाली सिधासाझा महिलाहरूलाई यौन प्यास मेटाउने साधनका रूपमा प्रयोग गरेको डरलाग्दो यथार्थ उजागर गर्दछ । “विहे गर्ने वाहनामा आउने चिनियाँसँग भुलेर पनि सम्बन्ध राख्नु हुँदैन। उनीहरू अपराधिक मानसिकताले हाम्रै गाउँघरमा नेपाली बिचौलियाको सहयोगमा यस्तो सञ्जाल चलाउँदै छन्,” उनले भनिन्।
धनी बन्ने लोभमा फस्दै नेपाली युवतीहरू
पोखराको बुद्धचोकस्थित एक पार्टी प्यालेसमा सविना (नाम परिवर्तन) को जीवनले नयाँ मोड लियो। तिलकुमारी विक नामकी एक महिलाले उनलाई चिनियाँ नागरिकसँग विवाहको प्रस्ताव ल्याइन्।
“राम्रो केटा छ, पोखरामै घर बनाएर बस्छ, तिमीलाई सुख दिन्छ,” भन्दै तिलकुमारीले सविनालाई फकाइन्। सुरुमा आनाकानी गरेकी सविना महिनादिनको करबलपछि राजी भइन्। जेठ ११ गते उनको विवाह सम्पन्न भयो, तर एक महिनापछि उनले थाहा पाइन्– यो विवाह ‘फेक’ थियो। “मलाई थाहा भयो, यो त केवल देखावटी थियो। त्यही पार्टी प्यालेसमा एकै महिनामा ८–९ नेपाली युवतीको चिनियाँसँग यस्तै विवाह गराइएको रहेछ,” सविनाले आँसु झार्दै सुनाइन्।
३३ वर्षीय चिनियाँ नागरिक लि मिङ मिङसँग विवाह गराइयो। तर, केही समयपछि मिङले रविनालाई जबरजस्ती यौन शोषण गर्न थाले। “मलाई कुटपिट गर्थे, घाँटी अठ्याउँथे।
यस्तै, अर्की युवती रविना (नाम परिवर्तन) लाई शान्ति नेपालीले गत असोज १४ मा लेकसाइडको चिनियाँ रेष्टुरेण्टमा लगिन्। त्यहाँ उनलाई दुलहीको पोसाक लगाएर ३३ वर्षीय चिनियाँ नागरिक लि मिङ मिङसँग विवाह गराइयो। तर, केही समयपछि मिङले रविनालाई जबरजस्ती यौन शोषण गर्न थाले। “मलाई कुटपिट गर्थे, घाँटी अठ्याउँथे।
तँसँग विवाह गर्न ६ लाख तिरेको छु, पैसा फिर्ता गर भनेर यातना दिन्थे,” रविनाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। यी घटनाहरू केवल उदाहरण हुन्। पोखरामा यस्ता ‘विवाह’ को नाममा मानव बेचबिखन र यौन शोषणको सञ्जाल सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
पोखरामा यस्ता ‘विवाह’ को नाममा मानव बेचबिखन र यौन शोषणको सञ्जाल सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा चिनियाँ नागरिक संलग्न चारवटा मुद्दा दर्ता भएका छन्। यीमध्ये दुईवटा मानव बेचबिखन र ओसारपसार र दुईवटा जबरजस्ती करणीका छन्। पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन्, जो पुर्पक्षका लागि कारागार चलान भएका छन्।
“चिनियाँहरूले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गर्ने र पछि यौन शोषण वा अलपत्र पार्ने प्रवृत्ति देखिएको छ। दुई केसमा त नाबालिग बालिका पनि संलग्न छन्,” ओलियाले भने।
चिनियाँ अपराधको विस्तार : मानव बेचबिखनदेखि राजस्व छलीसम्म
पोखरामा मात्र होइन, काठमाडौं, वीरगञ्ज, नेपालगन्ज जस्ता शहरहरूमा पनि चिनियाँ नागरिकहरूको अवैध गतिविधि बढ्दो छ। काठमाडौंको पुरानो सिनामंगलमा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङलाई प्रहरीले २ करोड १९ लाख ७६ हजार रूपैयाँ बराबरको बिना बिलका ल्यापटप, ब्याट्री, सिसी क्यामेरा र अन्य सामानसहित पक्राउ गरेको थियो। यस्ता सामानहरू राजस्व छली गरेर नेपाल भित्र्याइएको प्रहरीको दाबी छ।
यस्तै, ठमेलमा अवैध सुनको कारोबारमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले ठमेलस्थित होटलमा बसेर सुन किन्ने ग्राहक खोजिरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गरेको हो। यी घटनाहरूले चिनियाँ नागरिकहरूले नेपाललाई अवैध व्यापारको केन्द्र बनाउन थालेको संकेत गर्छ।
यी घटनाहरूले चिनियाँ नागरिकहरूले नेपाललाई अवैध व्यापारको केन्द्र बनाउन थालेको संकेत गर्छ।
मानव बेचबिखनको सवालमा, चिनियाँ नागरिकहरूले नेपाली दलालहरूसँग मिलेर सञ्जाल बनाएको देखिन्छ। अधिवक्ता भगवती पहारीका अनुसार, पोखरामा ‘कोर्ट म्यारिज’ को नाममा हुने विवाहहरूमा कागजातको कडाइ नहुँदा समस्या बढेको छ। “कतिपय विवाह विनाकागजात हुन्छन्। यो मानव बेचबिखनको नयाँ रूप हो। सिन्धुपाल्चोकमा जस्तै यहाँ पनि दलालहरू सक्रिय छन्,” उनले भनिन्।
हिमालखबरको एक रिपोर्टअनुसार, म्यानमारमा ‘साइबर स्क्यामिङ’ का लागि नेपाली युवाहरूलाई बन्धक बनाउने चिनियाँ गिरोह सक्रिय छन्। यस्ता गिरोहले सामाजिक सञ्जालमार्फत नक्कली आइडी बनाएर ठगी गर्ने गरेको पाइएको छ। यी गतिविधिहरूले नेपालमा चिनियाँ अपराधको जटिल सञ्जाललाई उजागर गर्छ।
पोखरामा चिनियाँ नागरिकहरूको उपस्थिति पर्यटक, व्यापारी, र रेष्टुरेण्ट सञ्चालकका रूपमा देखिन्छ। लेकसाइड, बुद्धचोक, र जरेबर क्षेत्रमा चिनियाँ रेष्टुरेण्ट र होटलहरूको सङ्ख्या बढ्दो छ। यी मध्ये कतिपय वैध व्यवसायमा संलग्न छन्, तर प्रहरीका अनुसार धेरैजसो अवैध गतिविधिमा जोडिएका छन्।
पोखरामा चिनियाँको बाक्लो उपस्थिति
पोखरामा चिनियाँ नागरिकहरूको उपस्थिति पर्यटक, व्यापारी, र रेष्टुरेण्ट सञ्चालकका रूपमा देखिन्छ। लेकसाइड, बुद्धचोक, र जरेबर क्षेत्रमा चिनियाँ रेष्टुरेण्ट र होटलहरूको सङ्ख्या बढ्दो छ। यी मध्ये कतिपय वैध व्यवसायमा संलग्न छन्, तर प्रहरीका अनुसार धेरैजसो अवैध गतिविधिमा जोडिएका छन्।
“उनीहरूले बिचौलियामार्फत विपन्न परिवारका युवतीहरू पहिचान गर्छन्। विवाहको प्रलोभनमा पारेर यौन शोषण गर्छन् वा अलपत्र पार्छन्,” प्रहरी प्रमुख ओलियाले भने।
पोखरामा यस्ता घटना बढेपछि प्रहरीले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालेको छ। तर, धेरै घटनाहरू प्रहरीसम्म पुग्दैनन्। “कतिपय युवतीहरू लज्जा वा डरले उजुरी दिँदैनन्। केहीलाई त चीन लगिएको छ, तर उनीहरूको अवस्था अज्ञात छ,” ओलियाले थपे।
अधिवक्ता भगवती पहारीले तत्काल सचेतनामूलक कार्यक्रम र कडा कानुनी कारबाहीको आवश्यकता रहेको बताइन्। “यस्ता घटनालाई मानव बेचबिखनको रूपमा गम्भीरतापूर्वक लिनुपर्छ। नत्र पोखरामा सिन्धुपाल्चोकजस्तै भयावह अवस्था आउन सक्छ,” उनले चेतावनी दिइन्।
नेपालमा चिनियाँ नागरिकहरूको आवागमनलाई नियमन गर्न अध्यागमन विभाग र प्रहरीको भूमिका महत्त्वपूर्ण छ। तर, प्रहरी र अध्यागमन विभाग लामो समयसम्म यस्ता गतिविधिबारे अनभिज्ञ रहनुले गम्भीर प्रश्न उठाएको छ। अधिवक्ता पहारीले तत्काल सचेतनामूलक कार्यक्रम र कडा कानुनी कारबाहीको आवश्यकता रहेको बताइन्। “यस्ता घटनालाई मानव बेचबिखनको रूपमा गम्भीरतापूर्वक लिनुपर्छ। नत्र पोखरामा सिन्धुपाल्चोकजस्तै भयावह अवस्था आउन सक्छ,” उनले चेतावनी दिइन्।
नेपाली युवतीहरूलाई यस्ता प्रलोभनबाट जोगाउन सचेतनामूलक कार्यक्रमहरू व्यापक बनाउनुपर्ने देखिन्छ।
नेपाल पुलिसको तथ्याङ्कअनुसार, मानव बेचबिखनका घटनाहरूको उजुरी दर्ता कम हुने गरेको छ, जसले वास्तविक तथ्य पत्ता लगाउन कठिनाइ भएको छ। यस्ता अपराध नियन्त्रण गर्न स्थानीय प्रशासन, प्रहरी, र गैरसरकारी संस्थाहरूको संयुक्त प्रयास आवश्यक छ। साथै, नेपाली युवतीहरूलाई यस्ता प्रलोभनबाट जोगाउन सचेतनामूलक कार्यक्रमहरू व्यापक बनाउनुपर्ने देखिन्छ।
यस्ता गतिविधिलाई रोक्न तत्काल कडा कानुनी कारबाही, सचेतना, र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।
पोखराको शान्त वातावरणमा चिनियाँ नागरिकहरूको अपराधले कालो बादल मडारिन थालेको छ। मानव बेचबिखन, यौन शोषण, राजस्व छली, र ठगी जस्ता अपराधहरूले नेपाली समाजलाई गम्भीर चुनौती दिइरहेको छ। यस्ता गतिविधिलाई रोक्न तत्काल कडा कानुनी कारबाही, सचेतना, र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। नत्र, नेपालको पर्यटकीय नगरी पोखराको सुन्दरता अपराधको कालो छायाँमा हराउन सक्छ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने