
१‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
२कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
३स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
४१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
५प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
६गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
७जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
८गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
९केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
१०सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
११तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
१२ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
११नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
यो प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा मुछिएकी छन्।
पोखरा, ८ साउन । पोखराको बाटुलेचौरस्थित ‘लिची बगान’ को १३५ रोपनी बहुमूल्य जग्गा हत्याउने सुनियोजित षड्यन्त्रले सिङ्गो राजनीतिलाई नैं तरंगित बनाएको छ। यो प्रकरणमा पूर्वभूमि व्यवस्थामन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा मुछिएकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो घोटालाको गहिरो अनुसन्धान सुरु गरेको छ, जहाँ पूर्वमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामासँगै उनको पनि संलग्नता फेला परेको छ।
केही दिनअघि सार्वजनिक भएको एउटा अडियो ले यो घोटालालाई सतहमा ल्याएको हो। उक्त अडियोमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामा बीच भएको घूस डिलको कुराकानी स्पष्ट सुनिन्छ।
उनीहरूले ३३% जग्गा साबिकका भोगाधिकारीका हकवालालाई दिएर बाँकी आफूले हडप्ने प्रपञ्च रचेका थिए।
यो अडियो विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सक्कली भएको पुष्टि भएको छ। अख्तियारले गुप्ता र लामाको आवाज रेकर्ड गरेर दोहोरो परीक्षण गरेको छ, र अब रञ्जिता श्रेष्ठलाई पनि बयानका लागि बोलाउने तयारी भइरहेको छ।
अडियोमा मात्र होइन, म्यासेजमा पनि रञ्जिताको कालो कर्तुत पर्दाफास भएको छ । म्यासेजमा उनले “क्यास चाहियो, ड्राइभर पठाइदिऊँ?” भनेर लेखेर पठाएकी छिन् ।
एउटा म्यासेजमा रञ्जिताले लेखेकी छन्ः ‘सुजनजी, पशुपति पूजामा छु, क्यास चाहिएको छ। ड्राइभरलाई लिन पठाइदिऊँ?”
अनुसन्धानले रञ्जिता श्रेष्ठले मालपोत कार्यालय र भूमि समस्या समाधान आयोगमा आफू अनुकूलका कर्मचारी राखेर जग्गा हडप्ने योजना बनाएको देखाएको छ। उनले पोखराका विचौंलिया सुजन लामासँग बारम्बार सम्पर्क गरेर पैसा मागेको र मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदान गरेको तथ्य फेला परेको छ।
एउटा म्यासेजमा रञ्जिताले लेखेकी छन्ः ‘सुजनजी, पशुपति पूजामा छु, क्यास चाहिएको छ। ड्राइभरलाई लिन पठाइदिऊँ?”
अर्को म्यासेजमा उनले नरिवलको तेल र अन्य सामान मन्त्री गुप्ताका लागि मगाएको देखिन्छ। यी प्रमाणले उनको प्रत्यक्ष संलग्नता उजागर भएको छ।
अवसरको फाइदा उठाउँदै बिचौलिया गिरोहले सुरज ठकुरी, सुनील ठकुरी, भीमसेन ठकुरी र ओमबहादुर ठकुरीको नाममा जग्गा दर्ता गर्ने योजना बनाए।
राणाकालमा दुर्गादेवी शाह र लोकदिव्येश्वरी शाहको नाममा रहेको यो जग्गा २०१६ सालमा बिर्ता उन्मूलन भएपछि व्यक्तिका नाममा दर्ता भएको थिएन। यो अवसरको फाइदा उठाउँदै बिचौलिया गिरोहले सुरज ठकुरी, सुनील ठकुरी, भीमसेन ठकुरी र ओमबहादुर ठकुरीको नाममा जग्गा दर्ता गर्ने योजना बनाए। उनीहरूले ३३% जग्गा साबिकका भोगाधिकारीका हकवालालाई दिएर बाँकी आफूले हडप्ने प्रपञ्च रचेका थिए।
यो योजनामा रञ्जिता श्रेष्ठ, राजकुमार गुप्ता, हालका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र बिचौलिया सुजन लामा संलग्न रहेको अख्तियारको अनुसन्धानले देखाएको छ।
यो योजनामा रञ्जिता श्रेष्ठ, राजकुमार गुप्ता, हालका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र बिचौलिया सुजन लामा संलग्न रहेको अख्तियारको अनुसन्धानले देखाएको छ।
अख्तियारले यो प्रकरणमा विस्तृत अनुसन्धान गरिरहेको छ। गुप्ता र लामा सँग बयान सुरु भइसकेको छ, र रञ्जिता श्रेष्ठलाई पनि चाँडै बोलाउने तयारी छ। अख्तियारका एक अधिकारीले भने, “यो प्रकरणले राज्यको उपल्लो तहमा बसेकाहरू कसरी दुरुपयोगमा मुछिन्छन् भन्ने नग्न रूपमा उजागर गरेको छ।”
रञ्जिता श्रेष्ठले भनिन्, “मैले कसैसँग पैसा मागेको छैन। पोखराको जग्गाबारे मलाई केही थाहा छैन।”
रञ्जिता श्रेष्ठले आफूमाथिको आरोप अस्वीकार गर्दै पोखराका ती विचौंलिया सुजन लामासँग कहिल्यै सम्पर्क नभएको दाबी गरेकी छन् । उनले भनिन्, “मैले कसैसँग पैसा मागेको छैन। पोखराको जग्गाबारे मलाई केही थाहा छैन।”
तर, अख्तियारले प्राप्त गरेको म्यासेज र अडियोले उनको संलग्नता स्पष्ट पारेको छ। उनले मालपोत कार्यालय कास्कीमा रामचन्द्र अधिकारीलाई राख्न खोजेको र गुप्तासँग मिलेर यो खेलमा सक्रिय रहेको खुलासा भएको छ।
यो घोटालाको जालो कहाँसम्म र कतिसम्म फैलिएको छ? यसै भन्न सकिने अवस्था छैन ।
यो प्रकरणले नेपालको राज्य संयन्त्र कसरी दुरुपयोग हुन्छ भन्ने डरलाग्दो तस्बिर प्रस्तुत गरेको छ। मन्त्रीदेखि बिचौलियासम्मको संलग्नताले आम नागरिकको विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। अख्तियारको अनुसन्धानले यो घोटालाका सबै दोषीहरूलाई कठघरामा ल्याउने अपेक्षा गरिएको छ।
यो घोटालाको जालो कहाँसम्म र कतिसम्म फैलिएको छ? यसै भन्न सकिने अवस्था छैन । पूर्वमन्त्रीद्वय रञ्जिता र गुप्ता मात्रै होइन, अन्य मन्त्री, सचिव र विचौंलियाहरु को–को मुछिएका छन्? अवश्य पनि अख्तियारको अनुसन्धानले थप खुलासा गर्दै जाला ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद