
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
“कृष्ण केसीमाथिको कारबाही तत्काल फिर्ता नभए जिल्ला संगठनलाई ठूलो क्षति हुन्छ,”
पोखरा, ५ साउन । नेपाली कांग्रेसका इमानदार र विकासप्रेमी छवि भएका नेता कृष्ण केसीसहितका नेताहरूमाथि केन्द्रीय अनुशासन समितिले लगाएको ‘अन्यायपूर्ण’ कारबाहीले पार्टीभित्र रडाको मच्चिएको छ ।
कास्की कांग्रेसले यो कारबाहीलाई ‘गुटबन्दीको नमुना’ र ‘लोकतान्त्रिक मूल्यको हत्या’ भन्दै तत्काल बिनासर्त फुकुवा गर्न माग गरेको छ। निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुने र विपक्षी बलियो हुने चेतावनी दिइएको छ।
निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुने र विपक्षी बलियो हुने चेतावनी
कास्कीका पूर्वजिल्ला सभापति कृष्ण केसी, पूर्वआमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का र भावना श्रेष्ठसहितका नेताहरूलाई २०८२ असार २५ गते केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाको नेतृत्वमा कारबाही गरिएको थियो। यो कारबाही तीन वर्षअघिको निर्वाचनको विषयलाई लिएर गरिएको भन्दै कांग्रेसका नेता, कार्यकर्ता, र भातृ संगठनहरूले तीव्र आपत्ति जनाएका छन्।
यो कारबाही तीन वर्षअघिको निर्वाचनको विषयलाई लिएर गरिएको भन्दै कांग्रेसका नेता, कार्यकर्ता, र भातृ संगठनहरूले तीव्र आपत्ति जनाएका छन्।
कास्की क्षेत्र नं. १ ख को क्षेत्रीय कार्यसमितिको पूर्ण बैठकले सभापति कृष्णप्रसाद कोइरालासहित २८ जनाको हस्ताक्षरमा पत्र लेख्दै कारबाहीलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, र गुटबन्दीमा आधारित’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। पत्रमा भनिएको छ, “यो कारबाही पार्टी विधान, लोकतान्त्रिक मूल्य, र सांगठनिक मर्यादाविपरीत छ। यसले सम्पूर्ण कांग्रेस कार्यकर्ता र जनतामा बितृष्णा पैदा गरेको छ।”
कास्की कांग्रेसका नेताहरूले यो कारबाहीलाई केही नेताहरूको ‘आन्तरिक स्वार्थ र सत्ता लोलुपता’ को परिणाम ठहर गरेका छन्। “कृष्ण केसीजस्ता स्वाभिमानी र कर्तव्यनिष्ठ नेतामाथिको कारबाहीले कांग्रेसको आत्मा र एकतामाथि प्रहार भएको छ,” एक नेताले भने। यो कारबाही १५औं महाधिवेशन र आगामी आम निर्वाचनको मुखमा आएकाले पार्टीको छवि र एकतामा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
कास्की क्षेत्र नं. १ ख को क्षेत्रीय कार्यसमितिको पूर्ण बैठकले सभापति कृष्णप्रसाद कोइरालासहित २८ जनाको हस्ताक्षरमा पत्र लेख्दै कारबाहीलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, र गुटबन्दीमा आधारित’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।
कास्की क्षेत्रीय कार्यसमितिको पत्रमा भनिएको छ, “यो कारबाही नसच्चिए कांग्रेस कमजोर हुन्छ, विपक्षी बलियो हुन्छ। यो संगठनको एकतामाथिको चोट हो।” कार्यकर्ताहरूले निष्पक्ष छानबिन र लोकतान्त्रिक प्रक्रियामार्फत निर्णय गर्न माग गरेका छन्। “कृष्ण केसीमाथिको कारबाही तत्काल फिर्ता नभए जिल्ला संगठनलाई ठूलो क्षति हुन्छ,” पत्रमा उल्लेख छ।
कास्कीका नेताहरूले कारबाहीलाई ‘अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता’ को रूपमा चित्रण गरेका छन्। “यो निर्णयले कांग्रेसको नीति र सिद्धान्तलाई कुल्चिएको छ। केन्द्रीय नेतृत्वले गुटको दबाबमा यस्तो गल्ती गर्यो,” एक कार्यकर्ताले भने। उनीहरूले केन्द्रीय अनुशासन समितिलाई कारबाही पुनरावलोकन गरी खारेज गर्न जोडदार माग गरेका छन्।
कास्कीका नेताहरूले कारबाहीलाई ‘अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता’ को रूपमा चित्रण गरेका छन्।
यो विवादले नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। यदि केन्द्रीय नेतृत्वले कारबाही फिर्ता नगरे कास्की कांग्रेसले थप आन्दोलन गर्ने संकेत गरेको छ। “हामी न्याय र एकताको पक्षमा एकजुट छौं। यो अन्याय सहँदैनौं,” एक नेताले भने। यो काण्डले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनमा ठूलो प्रभाव पार्ने देखिन्छ।



१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक