
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
“कृष्ण केसीमाथिको कारबाही तत्काल फिर्ता नभए जिल्ला संगठनलाई ठूलो क्षति हुन्छ,”
पोखरा, ५ साउन । नेपाली कांग्रेसका इमानदार र विकासप्रेमी छवि भएका नेता कृष्ण केसीसहितका नेताहरूमाथि केन्द्रीय अनुशासन समितिले लगाएको ‘अन्यायपूर्ण’ कारबाहीले पार्टीभित्र रडाको मच्चिएको छ ।
कास्की कांग्रेसले यो कारबाहीलाई ‘गुटबन्दीको नमुना’ र ‘लोकतान्त्रिक मूल्यको हत्या’ भन्दै तत्काल बिनासर्त फुकुवा गर्न माग गरेको छ। निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुने र विपक्षी बलियो हुने चेतावनी दिइएको छ।
निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुने र विपक्षी बलियो हुने चेतावनी
कास्कीका पूर्वजिल्ला सभापति कृष्ण केसी, पूर्वआमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का र भावना श्रेष्ठसहितका नेताहरूलाई २०८२ असार २५ गते केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाको नेतृत्वमा कारबाही गरिएको थियो। यो कारबाही तीन वर्षअघिको निर्वाचनको विषयलाई लिएर गरिएको भन्दै कांग्रेसका नेता, कार्यकर्ता, र भातृ संगठनहरूले तीव्र आपत्ति जनाएका छन्।
यो कारबाही तीन वर्षअघिको निर्वाचनको विषयलाई लिएर गरिएको भन्दै कांग्रेसका नेता, कार्यकर्ता, र भातृ संगठनहरूले तीव्र आपत्ति जनाएका छन्।
कास्की क्षेत्र नं. १ ख को क्षेत्रीय कार्यसमितिको पूर्ण बैठकले सभापति कृष्णप्रसाद कोइरालासहित २८ जनाको हस्ताक्षरमा पत्र लेख्दै कारबाहीलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, र गुटबन्दीमा आधारित’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ। पत्रमा भनिएको छ, “यो कारबाही पार्टी विधान, लोकतान्त्रिक मूल्य, र सांगठनिक मर्यादाविपरीत छ। यसले सम्पूर्ण कांग्रेस कार्यकर्ता र जनतामा बितृष्णा पैदा गरेको छ।”
कास्की कांग्रेसका नेताहरूले यो कारबाहीलाई केही नेताहरूको ‘आन्तरिक स्वार्थ र सत्ता लोलुपता’ को परिणाम ठहर गरेका छन्। “कृष्ण केसीजस्ता स्वाभिमानी र कर्तव्यनिष्ठ नेतामाथिको कारबाहीले कांग्रेसको आत्मा र एकतामाथि प्रहार भएको छ,” एक नेताले भने। यो कारबाही १५औं महाधिवेशन र आगामी आम निर्वाचनको मुखमा आएकाले पार्टीको छवि र एकतामा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
कास्की क्षेत्र नं. १ ख को क्षेत्रीय कार्यसमितिको पूर्ण बैठकले सभापति कृष्णप्रसाद कोइरालासहित २८ जनाको हस्ताक्षरमा पत्र लेख्दै कारबाहीलाई ‘पूर्वाग्रही, प्रतिशोधपूर्ण, र गुटबन्दीमा आधारित’ भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।
कास्की क्षेत्रीय कार्यसमितिको पत्रमा भनिएको छ, “यो कारबाही नसच्चिए कांग्रेस कमजोर हुन्छ, विपक्षी बलियो हुन्छ। यो संगठनको एकतामाथिको चोट हो।” कार्यकर्ताहरूले निष्पक्ष छानबिन र लोकतान्त्रिक प्रक्रियामार्फत निर्णय गर्न माग गरेका छन्। “कृष्ण केसीमाथिको कारबाही तत्काल फिर्ता नभए जिल्ला संगठनलाई ठूलो क्षति हुन्छ,” पत्रमा उल्लेख छ।
कास्कीका नेताहरूले कारबाहीलाई ‘अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता’ को रूपमा चित्रण गरेका छन्। “यो निर्णयले कांग्रेसको नीति र सिद्धान्तलाई कुल्चिएको छ। केन्द्रीय नेतृत्वले गुटको दबाबमा यस्तो गल्ती गर्यो,” एक कार्यकर्ताले भने। उनीहरूले केन्द्रीय अनुशासन समितिलाई कारबाही पुनरावलोकन गरी खारेज गर्न जोडदार माग गरेका छन्।
कास्कीका नेताहरूले कारबाहीलाई ‘अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता’ को रूपमा चित्रण गरेका छन्।
यो विवादले नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। यदि केन्द्रीय नेतृत्वले कारबाही फिर्ता नगरे कास्की कांग्रेसले थप आन्दोलन गर्ने संकेत गरेको छ। “हामी न्याय र एकताको पक्षमा एकजुट छौं। यो अन्याय सहँदैनौं,” एक नेताले भने। यो काण्डले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनमा ठूलो प्रभाव पार्ने देखिन्छ।



१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर