
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
यो विपत्तिको जड कांग्रेस नेता दीपक गुरुङ (माइला) र उनको परिवारको ८ रोपनी जग्गा जोगाउन महानगरपालिकाले निर्माण गरेको पर्खाल नैं बनेको छ ।
पोखरा, ४ साउन । पोखरा महानगरपालिका–१३ को काहुँखोलामा नेताको निजी स्वार्थका लागि खोलाको मापदण्ड मिचेर बनाइएको रिटेनिङ वालले स्थानीयवासीलाई सास्ती दिएको छ ।
शनिबार रातिको भारी वर्षापछि आइतबार बिहान आएको बाढीले काहुँखोलामा विनाश निम्त्याउँदा दुई कोठा बगायो र ९–१० घर डुबानमा परे। यो विपत्तिको जड कांग्रेस नेता दीपक गुरुङ (माइला) र उनको परिवारको ८ रोपनी जग्गा जोगाउन महानगरपालिकाले निर्माण गरेको पर्खाल नैं बनेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाले ‘सिद्धकोथान काहुँखोला हुँदै खोला संरक्षण’ शीर्षकमा ३० लाख बजेट छुट्याएर काहुँखोलामा रिटेनिङ वाल बनायो। यो पर्खाल दीपक गुरुङ र उनकी फूपू तिलकुमारी गुरुङको जग्गा जोगाउन र घडेरी बनाएर बिक्री गर्ने योजनाका लागि बनाइएको स्थानीयको आरोप छ। खोलाको प्राकृतिक बहावलाई २० मिटर माथिबाट दुई भागमा विभाजन गरी बनाइएको यो संरचनाले बाढीको जोखिम बढायो। परिणामस्वरूप, पुरानो पर्खाल भत्कियो र स्थानीयका घर–आँगन डुबानमा परे।
“नेताको स्वार्थमा खोलाको प्राकृतिक बहाव मासियो, र आज हामीले त्यसको मूल्य चुकाउनुपर्यो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
स्थानीयले यो योजनाको सुरुदेखि नै विरोध गरेका थिए। तर, पोखरा महानगरपालिका र वडा नम्बर १३ का अध्यक्ष किरण बरालले “बाढीबाट जोगाउन” भन्दै विरोधलाई बेवास्ता गरे। “नेताको स्वार्थमा खोलाको प्राकृतिक बहाव मासियो, र आज हामीले त्यसको मूल्य चुकाउनुपर्यो,” एक स्थानीयले आक्रोश व्यक्त गरे।
यो योजनाको कार्यान्वयनमा पारदर्शिता र स्थानीय सहभागिता शून्य थियो। उपभोक्ता समितिको अध्यक्षमा दीपक माइलाका भाइ रोशन गुरुङ नियुक्त भए। उनले स्थानीयसँग कुनै समन्वय नगरी आफ्ना नातेदारलाई समितिमा राखेर काम अघि बढाए। २०७९ कात्तिक १२ मा वडा कार्यालयसँग सम्झौता भएको यो योजना कात्तिक १५ बाट सुरु भयो। खोलाबाट निकालिएको गेग्य्रानसमेत गुरुङ परिवारको जग्गामा थुपारिएको छ।
उपभोक्ता समितिको अध्यक्षमा दीपक माइलाका भाइ रोशन गुरुङ नियुक्त भए। उनले स्थानीयसँग कुनै समन्वय नगरी आफ्ना नातेदारलाई समितिमा राखेर काम अघि बढाए।
यो घटनाले पोखरा महानगरपालिकाको गैरजिम्मेवार रवैया र नेताको प्रभावमा नीति निर्माण हुने प्रवृत्तिलाई छताछुल्ल पारेको छ। स्थानीयको विरोधलाई बेवास्ता गर्दै खोलाको मापदण्ड मिचेर बनाइएको पर्खालले नेताको जग्गा त जोगियो, तर जनताको घर–आँगन जोखिममा पर्यो। “महानगरले जनताको हितलाई बेवास्ता गरी नेताको स्वार्थलाई प्राथमिकता दियो,” स्थानीयले गुनासो गरे।
“महानगरले जनताको हितलाई बेवास्ता गरी नेताको स्वार्थलाई प्राथमिकता दियो,” स्थानीयले गुनासो गरे।

१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी