
१फेवातालमा कार खस्दा अदित गुरुङको मृत्यु
२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
३प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
६नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
७रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
८घट्यो बाल मृत्युदर
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
१२पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
५आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
६गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
७गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
१०टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
११पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१२‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
नयाँ अडियोले मन्त्री अधिकारी, उनको छोरा मनोज अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको मिलेमतोमा डेढ करोडभन्दा बढी घुस लिएको दाबी
पोखरा, ३१ असार । पोखराको बाटुलचौरमा रहेको १३५ रोपनी जग्गा (लिच्ची बगान) व्यक्तिको नाममा दर्ता गर्ने काण्डमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको प्रत्यक्ष संलग्नता रहेको खुलासा भएको छ । बुधवार सार्वजनिक भएको नयाँ अडियोले मन्त्री अधिकारी, उनको छोरा मनोज अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको मिलेमतोमा डेढ करोडभन्दा बढी घुस लिएको दाबी गरेको छ । यो अडियोले मंगलबार राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई समेत थप विवादमा तानेको छ।
सार्वजनिक अडियोमा मन्त्री बलरामले पोखराको उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्न ३२ लाख घुस लिएको स्पष्ट उल्लेख छ। अडियोमा मन्त्री गुप्ताले ३५ लाख, सचिव पोखरेलले ५ लाख र अन्य व्यक्तिहरूसहित डेढ करोडभन्दा बढी रकम खर्च भइसकेको दाबी गरिएको छ। मन्त्री बलरामले आफ्ना छोरा मनोजमार्फत घुस लिएको र मन्त्री क्वाटरमै ३२ लाख बुझाइएको अडियोमा उल्लेख छ।
बुबा मन्त्री भएपछि नेपाल फर्केर मन्त्रालयको सरुवा र अन्य काममा पैसा उठाउने मुख्य भूमिका रहेको खुलासा
मनोज, जो सामान्यतया न्युजिल्याण्डमा बस्छन्, बुबा मन्त्री भएपछि नेपाल फर्केर मन्त्रालयको सरुवा र अन्य काममा पैसा उठाउने मुख्य भूमिकामा रहेको अडियोले खुलासा गरेको छ। अडियोमा मन्त्री बलरामले कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्रको सरुवा मनोजमार्फत पैसा लिएर गरेको र यो कुरा उनकै अर्का छोरा सुजनले पुष्टि गरेको दाबी छ।
मन्त्री गुप्ताको कसम र कबुल
मंगलबार राजीनामा दिएका मन्त्री गुप्ताले नयाँ अडियोमा पशुपतिनाथ र छोराको कसम खाँदै नयाँ सचिव “पहिलाको भन्दा बाप” भएको गुनासो गरेका छन्। अडियोमा उनले घुस दिने व्यक्तिलाई काठमाडौँ आएर भेट्न आग्रह गर्दै “तपाईँको समस्या मेरो समस्या हो, म काम गर्छु” भन्दै आश्वासन दिएका छन्। गुप्ताले राज्य व्यवस्था समितिको बैठक र प्रधानमन्त्री कार्यालयको कामपछि चार बजे “दुई भाइ मात्र” बसेर कुरा गर्ने प्रस्ताव राखेका छन्।
भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको प्रसङ्गमा मन्त्री बलरामले “सुजन भाइसँग पहिला किन नआएको, खेम पुनमा अडान लिएको भए म गर्थेँ नि” भन्दै घुसको लेनदेनमा आफ्नो सक्रियता देखाएको छ ।
मन्त्री बलरामको अस्वीकार र अडान
प्रतिनिधि सभामा मन्त्री बलरामले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै “जुन औँलामा विष लागेको हो, त्यही झर्छ” भन्दै सफाइ दिएका थिए। तर नयाँ अडियोले उनको दाबीलाई पूर्णतः खण्डन गरेको छ। अडियोमा भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिको प्रसङ्गमा मन्त्री बलरामले “सुजन भाइसँग पहिला किन नआएको, खेम पुनमा अडान लिएको भए म गर्थेँ नि” भन्दै घुसको लेनदेनमा आफ्नो सक्रियता देखाएको दाबी छ।
अडियोमा प्रकाश दाहाल र आर्यन शर्मा जस्ता व्यक्तिहरूले मन्त्री बलरामका छोरा मनोज पोखरा आएको बेला पैसा लिएर रामचन्द्रको सरुवा गरेको उल्लेख छ ।
जग्गा काण्डको जालो
अडियोमा प्रकाश दाहाल र आर्यन शर्मा जस्ता व्यक्तिहरूले मन्त्री बलरामका छोरा मनोज पोखरा आएको बेला पैसा लिएर रामचन्द्रको सरुवा गरेको उल्लेख छ । यो काण्डमा मालपोत कार्यालय, भूमि आयोग र मन्त्रालयका उच्च अधिकारीहरूको संलग्नता रहेको देखिन्छ । अडियोले यो काण्डलाई व्यवस्थित रूपमा सञ्चालित भ्रष्टाचारको सञ्जालको रूपमा प्रस्तुत गरेको छ, जहाँ मन्त्रीदेखि कर्मचारीसम्मले आ–आफ्नो हिस्सा लिएका छन् ।
यो काण्डमा मालपोत कार्यालय, भूमि आयोग र मन्त्रालयका उच्च अधिकारीहरूको संलग्नता
प्रश्नहरूको घेरामा सरकार
यो अडियोले सरकारको सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ । मन्त्री गुप्ताको राजीनामाले काण्डको सतह मात्र उजागर गरेको छ, तर मन्त्री बलराम, उनका छोरा र सचिवहरूको संलग्नताले यो काण्ड गहिरो र जटिल रहेको देखाएको छ ।