News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

कार्यालय सहयोगी ७ हजारसहित अख्तियारको फन्दामा !

'घुसको रकम कहाँ–कहाँ पुग्थ्यो?, हामी यो प्रकरणको गहिराइमा पुग्छौँ': प्रवक्ता पौडेल

पोखरा, ३१ असार । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको छ ।

जम्मा नगद ७ हजार घुससहित कार्यालय सहयोगी पौडेल रंगेहात पक्राउ परेका हुन् । यो घटनाले भ्रष्टाचारमा लिप्त ठुलामाछा सधैं उम्किने र अख्तियारले काम देखाउनका लागि नियोजित रुपमा यस्ता साना माछा समाउने गरेको आरोप अख्तियार कार्यालयमाथि लाग्दैं आईरहेको छ ।

मंगलबार अख्तियारको विशेष टोलीले पौडेललाई ठ्याक्कै घुस लिँदालिँदै नियन्त्रणमा लिएको थियो । उनले सेवाग्राहीसँग सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने, लिखित परीक्षा उत्तीर्ण गराइदिने र ट्रायल पास गरिदिने भन्दै नगद ७ हजारको जोहो गरिरहेका थिए ।

“हामीले उनलाई रकमसहित रंगेहात नियन्त्रणमा लिएका हौँ,” अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भने, “यो घुसखोरीको खेलमा उनको संलग्नता स्पष्ट छ ।”

पौडेलको यो काण्ड यातायात कार्यालयको भ्रष्टाचारको सानो पर्दा मात्र हुन सक्छ । उनले कति सेवाग्राहीलाई ठगे? यो घुसको रकम कहाँ–कहाँ पुग्थ्यो? यी प्रश्नहरूको जवाफ खोज्न अख्तियारले तीव्र अनुसन्धान थालेको छ। “हामी यो प्रकरणको गहिराइमा पुग्छौँ,” प्रवक्ता पौडेलले थपे।