
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा, २८ असार । पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको आरोपमा नेकपा एमालेका नेता तथा छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले आज शनिबार थप दुईजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ।
धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध स्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । प्रहरीले यस अघि मूख्य योजनाकार भन्दैं नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज सुजन विकलाई शुक्रबार साँझ नैं पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले थप दुईजना विद्यार्थी नेतालाई पक्राउ गरिएको बताए । एसपी ओलियाले भने–‘शुक्रबार विहान अध्यक्षमाथि कालोमोसो दल्ने दुबैजना विद्यार्थी नेता र यस घटनाका मुख्य योजनाकारसहित सबैलाई पक्राउ गरिएको छ ।’

विद्यार्थी नेता बासुदेव बुढालाई पोखरा–५, जिरोकिलोमिटर नजिकैबाट पक्राउ गर्दै सादा पोशाकका प्रहरी ।
पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको भन्दैं अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थीले सप्रमाण कारवाही गरेका थिए ।
गण्डकी प्रदेश समितिका संयोजक साउदको नेतृत्वमा गएको टोलीले २२ सय विद्यार्थी पढ्ने विद्यालयको मुख्य आम्दानीको स्रोत व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर निजी कम्पनीलाई ठेक्का दिने सम्झौंतामा हस्ताक्षर गरेको आरोप लगाउँदैं कालोमोसो दलेका थिए ।
जनकारवाही पश्चात् जारी विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश संयोजक साउदले अध्यक्ष पहारीलाई कालोमोसो दलेको जिम्मेवारी लिदैं सम्झौंतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई पनि तत्काल राजीनामा नदिए कारवाही गर्ने चेतावनी दिएका थिए ।
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो ।
पातले छाँगो ठेक्काको विवाद चुलिदैं गर्दा यसमा सबैभन्दा बढि चलखेल गर्ने गरेको आरोप निवर्तमान वडाध्यक्ष एवम् ठेकेदार तीर्थराज अधिकारी, तत्कालिन मेयर मानबहादुर जिसी र मेयर धनराज आचार्य लगायतको टोलीलाई लागेको छ । ठेकेदार अधिकारीको योजनामा नैं रातारात तत्कालिन विद्यालयका अध्यक्षलाई हटाएर पहारीलाई ल्याईएको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु