
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा नदिए कारवाही गर्ने धम्की
पोखरा, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का विद्यार्थीहरुले नेकपा एमालेका कार्यकर्ता बद्रीनाथ पहारीलाई शुक्रबार विहान कालोमोसो दलेका छन् । पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको भन्दैं अनेरास्ववियु(क्रान्तिकारी)का विद्यार्थीले जनकारवाही गरेका हुन् ।
धमेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउदको नेतृत्वमा गएको टोलीले २२ सय विद्यार्थी पढ्ने विद्यालयको मुख्य आम्दानीको स्रोत व्यक्तिगत स्वार्थपूर्तिका लागि माफियासँग मिलेर निजी कम्पनीलाई ठेक्का दिने सम्झौंतामा हस्ताक्षर गरेको आरोप लगाउँदैं कालोमोसो दलेका हुन् ।
जनकारवाही पश्चात् जारी विज्ञप्तिमा अनेरास्ववियु (क्रान्तिकारी)का गण्डकी प्रदेश इञ्चार्ज साउदले सम्झौंतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिनका लागि चेतावनी दिएको छ । यदि राजिनामा नदिएको खण्डमा संगठनले कडा कारवाही गर्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमालेका कार्यकर्ता पहारीलाई हस्ताक्षर नगर्न विद्यार्थी, पूर्वविद्यार्थी, स्थानीय र वडावासीहरुले विद्यालय, पोखरा महानगरपालिका, मालपोत कार्यालय र स्वयम् अध्यक्ष पहारीको घरसमेत घेराऊ गरेका थिए ।
सम्झौंतामा हस्ताक्षर गर्ने शर्तमा अध्यक्ष बनाईएका नेकपा एमालेका कार्यकर्ता बद्रीनाथ पहारी, पातले छाँगो सम्झौंतामा संलग्न तत्कालिन जनप्रतिनिधि, कर्मचारी, हालका जनप्रतिनिधि लगायत सबै मिलेर ठेक्का सम्झौंता तत्काल रद्द गरेर विद्यालयले भोगचलन गर्ने गरी पुनः सुचारु गर्न माग गरेको छ । साथै ठेक्का प्रक्रियामा रहेका सेती क्यान्यन प्रालिका अध्यक्ष कर्केन कुमार गुरुङलाई ठेक्कासम्बन्धी कामकारवाही तत्काल रोक्न चेतावनी समेत दिइएको छ ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा (बहुमत)का प्रभावशाली नेता सुजन विकलाई पक्राउ गरेको छ । प्रहरीले नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नामबाट कालोमोसो दल्न लगाउने मुख्य योजनाकार रहेको भन्दैं सुजनलाई पक्राउ गरेको हो ।
नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज समेत रहेका विकलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको र कालोमोसो दल्ने २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले बताए ।
सेती क्यान्यन प्रालिका अध्यक्ष कर्केन कुमार गुरुङलाई ठेक्कासम्बन्धी कामकारवाही तत्काल रोक्न चेतावनी
‘विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि कालोमोसो दलिएको देखिएको छ । विकलाई पक्राउ गरी अभद्र मुद्दामा अनुसन्धान अगाडि बढाएका छौं’, कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘अन्यमाथि पनि पक्राउ पुर्जी जारी गरी खोजि कार्य भइरहेको छ । मुख्य योजनाकार चाहिँ विक नै रहेको देखिन्छ ।’
विकको यसअघिको मुद्दा र विगतका घटना पनि अनुसन्धान भइरहको एसपी ओलियाले बताए । पूर्वजनमुक्ति सेना विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।
पोखराकै प्रमुख पर्यटकीय गन्तव्य रहेको पातले छाँगो २०३५ सालदेखि छोरेपाटन उच्च माविले भोगचलन तथा व्यवस्थापन गर्दै आएको थियो । पछिल्लो पटक महानगरले पाताले छाँगोमा सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिने तयारी गरेको थियो ।
नेकपा बहुमतले अबका दिनमा सम्झौंता गर्न महत्वपूर्ण भूमिका खेल्नेहरुलाई कस्तो जनकारवाही गर्छ त्यो भने हेर्न बाँकी नैं छ । तर पहारीलाई मात्र कारवाही भएमा यो भने अन्यायपूर्ण हुने स्थानीयवासीको भनाई छ ।
निजी कम्पनीलाई ४० वर्षका लागि सार्वजनिक सम्पदा सुम्पिन लागेको भन्दै चौतर्फी विरोध भएको थियो । विद्यालयले बर्सेनि आम्दानी गरिरहेको ३ करोड रुपैयाँ महानगरले दिने सहमति व्यवस्थापन समितिसँग गरेको थियो । विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति निजी कम्पनीलाई दिन अध्यक्ष नै सहयोगी बनेको र भ्रस्टाचार गरेको आरोप लगाउँदै कालोमोसो दलेको हो ।
पातले छाँगो ठेक्काको विवाद चुलिदैं गर्दा यसमा सबैभन्दा बढि चलखेल गर्ने गरेको आरोप निवर्तमान वडाध्यक्ष एवम् ठेकेदार तीर्थराज अधिकारी, तत्कालिन मेयर मानबहादुर जिसी र मेयर धनराज आचार्य लगायतको टोलीलाई लागेको छ । ठेकेदार अधिकारीको योजनामा नैं रातारात तत्कालिन विद्यालयका अध्यक्षलाई हटाएर पहारीलाई ल्याईएको थियो ।
जबरजस्ती ४० वर्षलाई ठेक्कामा दिने मतियारहरु भने निवर्तमान वडाध्यक्ष एवम् ठेकेदार तीर्थराज अधिकारी, तत्कालिन मेयर मानबहादुर जिसी र मेयर धनराज आचार्य लगायतको टोली हो ।
कुनै पनि हालतमा हस्ताक्षर नगर्न विद्यालय घेराऊ गर्दै पूर्वविद्यार्थी, विद्यार्थी, स्थानीय र जनस्तरबाट व्यापक दवाव हुँदा पनि पहारीले त्यसको मतलब नैं नगरी जुन शर्तमा अध्यक्ष बनाईएको थियो, सोही काम उनले गरेरै छाडे । जसको परिणाम उनलाई नेकपा (बहुमत)का विद्यार्थी नेताहरुले कालोमोसो दल्न पुगे ।
नेकपा एमालेका कार्यकर्ता पहारीलाई हस्ताक्षर नगर्न विद्यार्थी, पूर्वविद्यार्थी, स्थानीय र वडावासीहरुले विद्यालय, पोखरा महानगरपालिका, मालपोत कार्यालय र स्वयम् अध्यक्ष पहारीको घरसमेत घेराऊ गरेका थिए । नेकपा बहुमतले अबका दिनमा सम्झौंता गर्न महत्वपूर्ण भूमिका खेल्नेहरुलाई कस्तो जनकारवाही गर्छ त्यो भने हेर्न बाँकी नैं छ । तर पहारीलाई मात्र कारवाही भएमा यो भने अन्यायपूर्ण हुने स्थानीयवासीको भनाई छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई