
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
रसुवा, २५ असार । मंगलबार बिहान अचानक आएको बाढीले रसुवाको रसुवागढी क्षेत्रमा भीषण विनाश मच्चाएको छ। ल्हेन्दे खोला हुँदै आएको लेदोसहितको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवागढी–केरुङ सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन्। मृतकमध्ये नेपाली र चिनियाँ नागरिक छन्। रसुवा, नुवाकोट र धादिङमा शव तथा मानव अंग फेला परेका छन्। उद्धार कार्यमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोली खटिएका छन्।
६४ सवारीसाधन बगाए बाढीले, भन्सार र जलविद्युत् ठप्प
टिमुरे ड्राइपोर्टमा पार्क गरिएका २३ कन्टेनर ट्रक, ३५ विद्युतीय सवारीसाधन र ६ सिनोट्रकसहित ६४ सवारीसाधन बाढीले बगाएको छ। रसुवा भन्सार कार्यालय, अध्यागमन यार्ड, र बगर क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त छन्।
बाढीले १११ मेगावाटको रसुवागढी र २० मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। माथिल्लो त्रिशूली ’ए’ को ड्याममा पनि क्षति पुगेको छ।
के कारण भयो यति ठूलो बाढी?
सरकारी निकाय र विज्ञहरूका अनुसार बाढीको कारण असामान्य वर्षा होइन। मौसम विवरण अनुसार घटनाको २४ घण्टा भित्र लगभग वर्षा नभएको देखिएको छ।
संभावित कारणहरूमाः
ल्हेन्दे खोलाको मुहानमा रहेका हिमताल फुट्नु,
हिमपहिरो वा भू-स्खलन,
सडक निर्माणका कारण आकस्मिक अवरोध थुनिनु रहेका छन् । मौसम विज्ञहरूले भूउपग्रह तस्बिरको विश्लेषण जारी राखेका छन्।
सीमा बन्द, केरुङ नाका खुल्न अझै समय लाग्ने
मितेरीपुल बगेसँगै नेपाल–चीन व्यापारिक सडक सम्पर्क अवरुद्ध भएको छ। रसुवागढी नाका पुनः सञ्चालनमा आउन समय लाग्ने अनुमान छ।
तातोपानी नाकातर्फ पनि चीनको न्यालम क्षेत्रमा आएको बाढीले सडक अवरुद्ध गरेको छ।
नेपालतर्फ १५ गाडी र चीनतर्फ २३ कन्टेनर पानीमा डुबेको पुष्टि भएको छ।
सरकारको निर्णयः राहत, उद्धार र पुनर्निर्माणमा जोड
राष्ट्रिय विपत् परिषद्को बैठकले तत्काल राहत र उद्धार कार्य तीव्र बनाउन निर्देशन दिएको छ। मृतकका परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार र क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणका लागि सम्बन्धित मन्त्रालयलाई जिम्मा दिइएको छ। वैकल्पिक नाका खुलाउने विषयमा पनि छलफल सुरु भएको छ।
त्रिशूलीमा बाढीः चिता बगायो, वृद्ध दम्पती रुख चढेर बचे
धादिङको चरौँदीमा अन्त्येष्टि हुँदै गरेको चिता त्रिशूलीको बाढीले बगाएको छ। तीन शव र दुई वटा खुट्टा त्रिशूली किनारमा भेटिएका छन्।
नुवाकोटका एक वृद्ध दम्पती बाढीबाट बच्न सिसौको रुख चढेर दुई घण्टा बसेपछि सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
मनसुनको एक महिनामै २८ को मृत्यु
१५ जेठदेखि २४ असारसम्मको अवधिमा बाढी, पहिरो र चट्याङबाट देशभर २८ जनाले ज्यान गुमाइसकेका छन् भने १९ अझै बेपत्ता छन्। ७८ जना घाइते भएका छन्, १७ घर पूर्ण रूपमा र ४६ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई