
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
३मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
४‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१०पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
रसुवा, २४ असार । मंगलबार बिहान आएको भीषण बाढीले रसुवाको भोटेकोसी नदी किनारमा ठुलो क्षति पु¥याएको छ। बाढीले ३ जना प्रहरी, ९ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिकलाई बगाएको आशंका गरिएको छ। हालसम्म उनीहरू सम्पर्कविहीन छन्।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीले भन्सार यार्ड क्षेत्रमा रहेका धेरैलाई बगाएको हो। बेपत्तामा परेका प्रहरीहरूमा असई लालबहादुर श्रेष्ठ, मुन्ना ठाकर र लोकेन्द्र बोहरा छन्।
बाढीले मितेरी पुल पनि बगायो
नेपाल–चीन व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने मितेरी पुल बाढीले बगाएको छ। त्यससँगै भन्सार यार्डमा रहेका कन्टेनर, सवारीसाधन र टिमुरे ईभी चार्जिङ स्टेशनमा पनि ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी जलविद्युत आयोजनाको ड्यामसमेत क्षतिग्रस्त भएको छ।
उद्धारमा कठिनाई
सशस्त्र प्रहरी बलका अनुसार बाढीका कारण केहीको उद्धार गर्न सकिए पनि अझै थुप्रै फसेका छन्। चारैतिरबाट पानी आइरहेको हुँदा उद्धार कार्य कठिन बनेको छ। हाल ९४ जना प्रहरी परिचालन गरिएको छ।
बाढीका कारण धुन्चेदेखि टिमुरेसम्मको सडक अवरुद्ध भएको छ। यसले रसुवाको आवतजावत र आपतकालीन सहायता कार्यमा थप कठिनाइ थपेको छ।
चिनियाँ भूभागमा वर्षाले ल्यायो बाढी
प्रशासनका अनुसार चीनतर्फको भिषण वर्षाका कारण भोटेकोसीमा पानीको सतह एक्कासी बढेर बाढी आएको हो। नदीको बहाव अझै बढिरहेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
स्थिति अझै जटिल छ। उद्धार कार्य जारी छ। बेपत्ताको खोजी र क्षतिको मूल्याङ्कन भइरहेको छ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई