
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा
पोखरा, २३ असार । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबार आज देशभर आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेपछि अस्पतालमा उपचार गराउन गएका सर्वसाधारण नागरिक ठूलो सास्तीमा परेका छन्।
काठमाडौंका वीर, पाटन, त्रिवि शिक्षण अस्पतालदेखि पोखरा लगायत देशभरका प्रमुख अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा नियमित चेकजाँच, फलोअप, अपरेसनको मिति पर्खिएका बिरामीहरू अलपत्र परेका छन्। अस्पतालको गेट बाहिर बिहानैदेखि बिरामीहरू छटपटिएको दृश्य देखिएको छ।
असार २४ गते सबै चिकित्सकको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा फिर्ता बुझाउने चेतावनी
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्ला फैसलालाई चिकित्सकहरूप्रति नियोजित हमला भनेको छ। संघका अनुसार ओम, हिमाल र ग्रान्डीसिटी अस्पतालका चिकित्सकलाई अदालतले क्षतिपूर्ति तिर्न लगाउने निर्णय अनुचित छ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्की भन्छन्, ‘चिकित्सकमाथि राज्यले प्रतिशोध स्वरूप कारबाही गरिरहेको छ। समस्याको समाधान नभएसम्म आन्दोलन जारी रहन्छ।’
स्वास्थ्य सेवा सरकारद्वारा ‘अत्यावश्यक सेवा’ घोषणा गरिएको क्षेत्र हो, जहाँ हडताल गर्न कानुनले रोक लगाएको छ। तर संघले त्यसलाई बेवास्ता गर्दै असार २० बाट आन्दोलन थालेको हो, जसको चरम रूप आज देखिएको छ।
संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा समेत चलिरहेको छ। पाटन उच्च अदालतले उनीविरुद्ध कारण देखाऊ आदेश जारी गरिसकेको छ।
संवेदनशील सेवा ठप्प पार्नु नै गलत
आन्दोलनको प्रत्यक्ष असर बिरामी र जनतामाथि परेको छ। देशका विभिन्न जिल्लाबाट राजधानी आएका गम्भीर बिरामी पनि उपचार नपाएर फर्किनुपरेको छ। कतिपयको महिनौँ पर्खेर पाएको अपरेसनको मिति आजै थियो, तर डाक्टर नआएपछि स्थगित भएको छ ।
एकातिर चिकित्सकहरू राज्यद्वारा अन्याय भएको भन्दै विरोधमा छन्, अर्कातिर उपचार नपाएर सर्वसाधारण नागरिक दुःख भोगिरहेका छन्। आम नागरिक र अधिकारकर्मीहरूले यस्तो संवेदनशील सेवा ठप्प पार्नु नै गलत भएको भन्दै कडा आलोचना गरेका छन्।
नेपाल चिकित्सक संघले अब असार २४ गते सबै चिकित्सकको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा फिर्ता बुझाउने चेतावनी दिएको छ।