
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
७रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१०गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
सम्बन्ध बिग्रिसकेको अवस्थामा जबरजस्ती सँगै बस्नुपर्ने वा एक वर्ष कानुनी सम्बन्धमै बाँधिरहनुपर्ने बाध्यता हट्नेछ।
पोखरा, २१ असार । अहिले देशभर श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु हिंसा र ज्यानै लिने जस्ता घटनाहरू डरलाग्दो रूपमा बढिरहेका छन्। पछिल्लो समय श्रीमानले श्रीमतीको हत्या गर्ने घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन्। यस्ता हिंसात्मक घटना नहोस् भनेर सरकारले सम्बन्ध–विच्छेद प्रक्रिया सजिलो बनाउने कानुनी सुधार अघि सारेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको देवानी संहिता संशोधन मस्यौदामा श्रीमान्–श्रीमतीले संयुक्त रूपमा सम्बन्ध–विच्छेदको निवेदन दिएको खण्डमा एक वर्ष कुर्न नपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। हालको कानुनअनुसार सम्बन्ध–विच्छेदका लागि संयुक्त निवेदन परे पनि मेलमिलाप प्रयासपछि मात्र एक वर्षपछि मात्र छुट्टिन पाउने व्यवस्था छ।
कानुनी प्रक्रिया झन्झटिलो र ढिलो भएका कारण हिंसात्मक बाटो रोज्ने सम्भावना बढेको
नयाँ प्रस्तावले के भन्छ ?
संहिताको दफा ९६, ९८ लगायतका प्रावधान संशोधन गरी यदि दुवै जनाको सहमति छ भने तत्काल सम्बन्ध–विच्छेदको फैसला गर्न सकिने बनाइँदैछ। यो प्रावधान लागू भएपछि सम्बन्ध बिग्रिसकेको अवस्थामा जबरजस्ती सँगै बस्नुपर्ने वा एक वर्ष कानुनी सम्बन्धमै बाँधिरहनुपर्ने बाध्यता हट्नेछ।
कानुन मन्त्रालयका प्रवक्ता कोमलबहादुर खत्रीका अनुसार यो प्रस्ताव हिंसा, मानसिक पीडा वा थप दुव्र्यवहार हुन नदिन ल्याइएको हो। उनी भन्छन्, “विवाहजस्तो निजी निर्णयमा राज्यले एक वर्ष पर्खिनु भनेको स्वतन्त्रताको हनन हो। सम्बन्ध पूर्णतः चिसिइसकेको अवस्थामा जबरजस्ती मेलमिलाप प्रयास गर्नुले अझ पीडा थप्ने सम्भावना हुन्छ।”
किन आवश्यक भयो यस्तो संशोधन ?
अदालतका तथ्यांक अनुसार, आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी मुद्दा सम्बन्ध–विच्छेदका परेका थिए। जिल्ला अदालतमा मात्र ४० हजारभन्दा बढी यस्ता मुद्दा दर्ता भएका थिए। धेरै जोडीले मेलमिलापभन्दा छुट्टिने चाहना देखाए पनि कानुनी प्रक्रिया झन्झटिलो र ढिलो भएका कारण हिंसात्मक बाटो रोज्ने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
यो कानुनी संशोधन प्रस्ताव अहिलेको सामाजिक यथार्थ र घरेलु हिंसाको बढ्दो दरसँग मेल खाने गरी आएको छ। जबरजस्ती सम्बन्ध जोगाइराख्नुपर्दा मानसिक तथा शारीरिक हिंसा हुने सम्भावना बढ्ने भएकाले अब स्वतन्त्रता र मानव अधिकारलाई मध्यनजर गर्दै सम्बन्ध विच्छेद प्रक्रिया सहज बनाइँदैछ। यसलाई समयानुकूल सुधारको रूपमा हेरिएको छ, जसले धेरै पीडितलाई न्यायको ढोका खुला गर्ने विश्वास गरिएको छ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद