
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
खेमराज गौतम
बागलुङ (गलकोट) । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका सञ्चार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाइ गर्ने घटना हेरे सञ्चार र पत्रकारमाथि आएको सङ्कट बुझ्न काफी हुन्छ ।
उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन् । खाली समस्या मात्रै होइन, समाधानसमेत गराउन सक्ने हैसियत भएका देशभरका पत्रकार अहिले भने आफैँ चरम समस्या र सङ्कटमा छन् । समस्या भए पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिरहेका छैनन् ।
कोरोना महामारीका कारण पत्रकार निष्कासन हुनुपरेको, जबर्जस्त बिदाइमा परेर बेरोजगार हुनुपरेको, नियमित तलब नपाएको, कतिपय आधा तलबमा चित्त बुझाउनु परेकोजस्ता दर्जनौँ समस्या पत्रकारले झेलिरहेका छन् । योसँगै महत्वपूर्ण विषय त पत्रकार सञ्चारकर्मी कोरोना सङ्क्रमणको तीव्र जोखिमका बीच पनि महिनौँदेखि आफ्नो ज्यान जोखिममा राख्दै अग्रमोर्चामा उभिएर नागरिकलाई सही समयमा सही सूचना दिएर सचेत र सुरक्षित बन्ने बनाउने भूमिकामा छन् ।
बजार विज्ञापनमा टिकेको नेपाली मिडिया लामो समयको बन्दाबन्दीसँगै थलिएको छ । बागलुङमा कोरोना शुरु भएको गत वर्षको चैतदेखि आधा दर्जन पत्रकार विभिन्न बहानामा जागिरबाट निकालिने र भूमिका खुम्चिनेमा परेका छन् । यसका साथै नियमित पारिश्रमिक नपाएका र अबको जागिर थप धरापमा भएकाको सङ्ख्या पनि कम छैन । यद्यपि समस्या सङ्कटमा परेका पत्रकारले आजसम्म आधिकारिकरूपमा सम्बन्धित निकायमा कुनै गुनासो उजुरी भने गरेका छैनन् ।
अर्काको समस्यामा निरन्तर कलम चलाउँदै आएका पत्रकार आफ्नो समस्यामा मौन बस्न नहुने पत्रकार विजय राना बताउनहुन्छ । “राजधानीदेखि जिल्ला तहसम्मै पत्रकारले आफू समस्यामा पर्दा खुलेर समस्या राख्न सकिरहेका छैनन्, मालिकले के भन्लान् भन्दा पनि समाजले के भन्ला भन्ने प्रश्न र संशयबाट डराइरहेको बुझिन्छ”, रानाले भन्नुभयो ।
पत्रकारले समेत अहिलेको सङ्कटमा आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा बेरोजगारको अवस्था आउन थालेको पत्रकार प्रकाश बराल बताउनुहुन्छ । कोरोना समस्या मात्र नभई अवसरका रूपमा समेत आएकाले प्रविधिको उचित प्रयोग गर्न उहाँको सुझाव छ ।
वर्षौंदेखि नाफामा चल्दै आएका सञ्चार गृह कोरोना सङ्कटको चार पाँच महिनामै सञ्चारकर्मी निकाल्ने अवस्थामा आयो भन्ने विषय गम्भीर भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । “अहिले सञ्चार र सञ्चारकर्मी सङ्कटका दुई कारण देखा परेका छन्, एउटा बलियो सञ्चार माध्यम जसले पत्रकार नहटाए पनि हुन्थ्यो उसले हटाउन थालेको छ, अर्को आर्थिकरूपमा सङ्कटमा रहेको सञ्चार गृह जसले बाध्यताले समेत हटाएको छ”, राजभण्डारीले भन्नुभयो, “राज्यले समेत चौथो अङ्गका रूपमा परिचित गर्ने तर कोरोनामा अग्रमोर्चामा खटेका पत्रकारलाई धमाधम बेरोजगार बनाउँदा नदेखे जस्तो गर्नु अर्को गम्भीर समस्या हो ।” बागलुङमा बेतलवी, जबर्जस्त बिदामा राखेको, केही समयपछि सम्पर्क गर्ने भनेकोजस्ता समस्या रहेको सुन्नमा आए पनि पत्रकारनै खुल्न नसक्नु दुःखद् भएको उहाँको भनाइ छ ।
केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न मिडियाले बागलुङका केही पत्रकारलाई पाँच महिनादेखि सम्पर्क नगरेको पत्रकारहरूको अप्रत्यक्ष गुनासो छ । बागलुङमा कोरोनाका कारण केही पत्रकार सञ्चारकर्मीको समस्याबारे अप्रत्यक्षरूपमा गुनासो सुनिए पनि आधिकारिकरूपमा पत्रकार महासङ्घमा कसैको गुनासो उजुरी नपरेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो । महासङ्घले पत्रकार सञ्चारकर्मीलाई अन्याय या समस्या भएको विषयमा कानूनी प्रक्रिया र सञ्चार गृहलाई जवाफदेही बनाउन आधिकारिकरूपमा आउनुपर्ने शिरिषको भनाइ छ ।
“हामीले हल्ला सुनेकै भरमा संस्थागतरूपमा कदम चाल्ने भन्ने हुँदैन, समस्यामा परेका भनिएका केही साथीसँग महासङ्घले केही भूमिका खेल्नुपर्यो कि भनेर कुराकानी पनि गर्यौं, उहाँहरुले त्यस्तो अवस्था आए भन्छौँ भन्नुभएको छ, यदि लिखितरूपमा गुनासो आए महासङ्घ आवश्यक भूमिका खेल्न तयार र प्रतिबद्ध छ”, अध्यक्ष शिरिषले भन्नुभयो, “सञ्चारको बढ्दो सङ्कट सामनाका लागि अब सञ्चार गृह र राज्यलाई पनि थप जवाफदेही बनाउनुपर्ने अवस्था त छ नै, अहिलेको सङ्कटमा पत्रकारले पनि थप सिर्जनशील, उत्तरदायी भएर आफूलाई फेरि एकपटक योग्य सावित गर्नुपर्नेछ ।” रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी