
१आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
२रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
६युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
७महान्यायाधिवक्ताको विवादास्पद निर्णय
८नेपाली काँग्रेसको सभापतिमा गगन थापा
९तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१०पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
११राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
खेमराज गौतम
बागलुङ (गलकोट) । भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो । कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका सञ्चार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाइ गर्ने घटना हेरे सञ्चार र पत्रकारमाथि आएको सङ्कट बुझ्न काफी हुन्छ ।
उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन् । खाली समस्या मात्रै होइन, समाधानसमेत गराउन सक्ने हैसियत भएका देशभरका पत्रकार अहिले भने आफैँ चरम समस्या र सङ्कटमा छन् । समस्या भए पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिरहेका छैनन् ।
कोरोना महामारीका कारण पत्रकार निष्कासन हुनुपरेको, जबर्जस्त बिदाइमा परेर बेरोजगार हुनुपरेको, नियमित तलब नपाएको, कतिपय आधा तलबमा चित्त बुझाउनु परेकोजस्ता दर्जनौँ समस्या पत्रकारले झेलिरहेका छन् । योसँगै महत्वपूर्ण विषय त पत्रकार सञ्चारकर्मी कोरोना सङ्क्रमणको तीव्र जोखिमका बीच पनि महिनौँदेखि आफ्नो ज्यान जोखिममा राख्दै अग्रमोर्चामा उभिएर नागरिकलाई सही समयमा सही सूचना दिएर सचेत र सुरक्षित बन्ने बनाउने भूमिकामा छन् ।
बजार विज्ञापनमा टिकेको नेपाली मिडिया लामो समयको बन्दाबन्दीसँगै थलिएको छ । बागलुङमा कोरोना शुरु भएको गत वर्षको चैतदेखि आधा दर्जन पत्रकार विभिन्न बहानामा जागिरबाट निकालिने र भूमिका खुम्चिनेमा परेका छन् । यसका साथै नियमित पारिश्रमिक नपाएका र अबको जागिर थप धरापमा भएकाको सङ्ख्या पनि कम छैन । यद्यपि समस्या सङ्कटमा परेका पत्रकारले आजसम्म आधिकारिकरूपमा सम्बन्धित निकायमा कुनै गुनासो उजुरी भने गरेका छैनन् ।
अर्काको समस्यामा निरन्तर कलम चलाउँदै आएका पत्रकार आफ्नो समस्यामा मौन बस्न नहुने पत्रकार विजय राना बताउनहुन्छ । “राजधानीदेखि जिल्ला तहसम्मै पत्रकारले आफू समस्यामा पर्दा खुलेर समस्या राख्न सकिरहेका छैनन्, मालिकले के भन्लान् भन्दा पनि समाजले के भन्ला भन्ने प्रश्न र संशयबाट डराइरहेको बुझिन्छ”, रानाले भन्नुभयो ।
पत्रकारले समेत अहिलेको सङ्कटमा आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा बेरोजगारको अवस्था आउन थालेको पत्रकार प्रकाश बराल बताउनुहुन्छ । कोरोना समस्या मात्र नभई अवसरका रूपमा समेत आएकाले प्रविधिको उचित प्रयोग गर्न उहाँको सुझाव छ ।
वर्षौंदेखि नाफामा चल्दै आएका सञ्चार गृह कोरोना सङ्कटको चार पाँच महिनामै सञ्चारकर्मी निकाल्ने अवस्थामा आयो भन्ने विषय गम्भीर भएको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । “अहिले सञ्चार र सञ्चारकर्मी सङ्कटका दुई कारण देखा परेका छन्, एउटा बलियो सञ्चार माध्यम जसले पत्रकार नहटाए पनि हुन्थ्यो उसले हटाउन थालेको छ, अर्को आर्थिकरूपमा सङ्कटमा रहेको सञ्चार गृह जसले बाध्यताले समेत हटाएको छ”, राजभण्डारीले भन्नुभयो, “राज्यले समेत चौथो अङ्गका रूपमा परिचित गर्ने तर कोरोनामा अग्रमोर्चामा खटेका पत्रकारलाई धमाधम बेरोजगार बनाउँदा नदेखे जस्तो गर्नु अर्को गम्भीर समस्या हो ।” बागलुङमा बेतलवी, जबर्जस्त बिदामा राखेको, केही समयपछि सम्पर्क गर्ने भनेकोजस्ता समस्या रहेको सुन्नमा आए पनि पत्रकारनै खुल्न नसक्नु दुःखद् भएको उहाँको भनाइ छ ।
केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न मिडियाले बागलुङका केही पत्रकारलाई पाँच महिनादेखि सम्पर्क नगरेको पत्रकारहरूको अप्रत्यक्ष गुनासो छ । बागलुङमा कोरोनाका कारण केही पत्रकार सञ्चारकर्मीको समस्याबारे अप्रत्यक्षरूपमा गुनासो सुनिए पनि आधिकारिकरूपमा पत्रकार महासङ्घमा कसैको गुनासो उजुरी नपरेको नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउनुभयो । महासङ्घले पत्रकार सञ्चारकर्मीलाई अन्याय या समस्या भएको विषयमा कानूनी प्रक्रिया र सञ्चार गृहलाई जवाफदेही बनाउन आधिकारिकरूपमा आउनुपर्ने शिरिषको भनाइ छ ।
“हामीले हल्ला सुनेकै भरमा संस्थागतरूपमा कदम चाल्ने भन्ने हुँदैन, समस्यामा परेका भनिएका केही साथीसँग महासङ्घले केही भूमिका खेल्नुपर्यो कि भनेर कुराकानी पनि गर्यौं, उहाँहरुले त्यस्तो अवस्था आए भन्छौँ भन्नुभएको छ, यदि लिखितरूपमा गुनासो आए महासङ्घ आवश्यक भूमिका खेल्न तयार र प्रतिबद्ध छ”, अध्यक्ष शिरिषले भन्नुभयो, “सञ्चारको बढ्दो सङ्कट सामनाका लागि अब सञ्चार गृह र राज्यलाई पनि थप जवाफदेही बनाउनुपर्ने अवस्था त छ नै, अहिलेको सङ्कटमा पत्रकारले पनि थप सिर्जनशील, उत्तरदायी भएर आफूलाई फेरि एकपटक योग्य सावित गर्नुपर्नेछ ।” रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर