
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडौँ, २१ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता शेखर कोइराला पक्षका नेताहरूले सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरेका छन्। साथै, मंसिरभित्रै महाधिवेशन गर्न दबाब दिएका छन्।
शुक्रबार बसेको बैठकमा कोइराला पक्षका डा. गोविन्द पोखरेलले सरकार नीतिगत रूपमा कमजोर भएको टिप्पणी गर्दै भने, “गठबन्धनले सरकार त टिकायो, तर नीति र मार्गदर्शन दिन सकेन। संविधान संशोधनजस्तो महत्वपूर्ण विषय पनि ओझेलमा पर्यो।”
पोखरेलले एक साताभित्र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र सुशासन तथा पारदर्शितामा पार्टीले उदाहरणीय भूमिका खेल्नुपर्ने बताए। देशको आर्थिक अवस्था कमजोर भएको, बेरोजगारी बढेको र जनतामा निराशा छाएको उनले उल्लेख गरे।
महाधिवेशनको मिति सार्ने कुराले पार्टी कमजोर हुने भन्दै कोइराला पक्षले मंसिरभित्रै १५औँ महाधिवेशन गर्न माग गर्यो। “देशमा अहिले महाधिवेशन रोक्नु पर्ने कुनै विशेष परिस्थिति छैन,” पोखरेलले भने, “अब ढिलो नगरी तालिका सार्वजनिक गरियोस्।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताका कारण फेरि कम्युनिस्ट एकताको सम्भावना रहेको चर्चा गर्दै उनले कांग्रेसले मिशन ०८४ लाई लिएर तत्काल गम्भीर रूपमा अघि बढ्नुपर्ने धारणा राखे। “लोकतन्त्र जोगाउन कांग्रेस गतिशील हुनैपर्छ,” उनले जोड दिए।
पोखरेलको धारणा समर्थन गर्दै अमृत अर्याल, सरिता प्रसाईं, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव ढुंगाना र उमेशजंग रायमाझीलगायत नेताहरूले पनि महाधिवेशन र पारदर्शिताको पक्षमा बोले।
संस्थापनको जवाफ : “महाधिवेशन समयमा नै हुन्छ”
संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशनको मिति अनावश्यक बहसको विषय नबनाउन आग्रह गर्दै भने, “महाधिवेशन हाम्रो जिम्मा हो, हामी समयमै गराउँछौं। मितिबारे प्रश्न गर्नुको साटो तयारीमा लागौं।”
उनले कांग्रेसकै नेतृत्वमा देशको भविष्य सुनिश्चित हुने भन्दै वडा तहदेखि अधिवेशन सुरु गर्नुपर्ने धारणा राखे। सुजाता परियार, रामहरि खतिवडा, सुशीला थिङ, डा. जीवन राना लगायतले पनि पार्टी एकता र अनुशासनमा जोड दिए।
सभापति खतिवडाको भनाई: “पार्टीले भने पद छाड्न तयार”
निजामती विधेयकको ‘कुलिङ पिरियड’ विवादमा परेका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बैठकमा पार्टीले निर्देशन दिए संसदीय समिति सभापति पद छाड्न तयार रहेको बताए। “यदि सभापतिको हैसियतमा गल्ती भयो भने, पार्टीले बाहिर बस् भने म तयार छु,” उनले भने।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी